प्रदेश १ः सांसद न्यौपानेले भने–यो सरकारले धराहरा पनि भत्काउने, रानी पोखरी भत्काउने र सगरमाथाको उचाई घटाउने हो ?

 न्यूज विराट
प्रदेश १ः सांसद न्यौपानेले भने–यो सरकारले धराहरा पनि भत्काउने, रानी पोखरी भत्काउने र सगरमाथाको उचाई घटाउने हो ?

विराटनगर, २१ साउन । संघीय सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको भन्दै प्रदेश १ को प्रदेशसभामा सत्तारुढ नेकपा एमालेका सांसदले आक्रोश पोखेका छन् ।

बिहीबारको प्रदेशसभा बैठकमा एमालेका सांसद तुलसीप्रसाद न्यौपानेले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेकोमा आक्रोश व्यक्त गरेका हुन् । परमादेशबाट बनेको कम्फटेबल सरकारले भूमि सम्बन्धी समास्या समाधान आयोग खारेज गरेर सुकुमबासी भूमिहिन अव्यवस्थित बसोबासी २० औं लाख गरिबको पेटमा लात बजारेको उनको आरोप छ ।

ओली सरकारले गरेका निर्णय र कामहरू उल्ट्याउँदै जाने हो भने देश अँध्यारो सुरूङ्मा जाने उनले दाबी गरे । अघिल्लो सरकारले गरेका निर्णयहरू उल्ट्याउँदै जाने भए धराहरा पनि भत्काउने ? रानी पोखरी भत्काउने ? सगरमाथाको उचाई घटाउने हो ? भन्दै उनले प्रदेश सभामा आक्रोश पोखे ।

‘यसअघिका सबै काम खारेज गर्दै जाने हो भने अरुण तेस्रो बन्द गर्नुपर्यो, उत्तरका नाकाहरु बन्द गरेर नेपाललाई कहिल्यै निस्किन नसक्ने गरी नाकाबन्दीको कालो युगमा धकेल्नु पर्यो त्यो सम्भव छ ?’ उनले भने ।

सम्बन्धित समाचार

दुईतिहाइको सरकारले दुई कौडीको काम गरेन : राजेन्द्र महतो

 काठमाडौं, २६ वैशाख-नवगठित जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले शक्तिशाली सरकारबाट जनताले केही नपाएको गुनासो गरेका छन् । शुक्रबारदेखि सुरु भएको बजेट अधिवेशनमा सम्बोधन गर्दै महतोले भने, 'दुईतिहाइको सरकारले दुई कौडीको पनि काम गर्न सकेन...

रूकुमको घटना कहाली लाग्दो र दर्दनाकः शान्ता चौधरी

काठमाडौं, जेठ १७–नेकपा सांसद शान्ता चौधरीले रूकुमको घटना कहाली लाग्दो र दर्दनाक भएको बताएकी छन् । उनले प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रूकुम घटनाका दोषीलाई कारबाही गर्न माग गरेकी हुन् । प्रेम विवाह अपराध नभएको उल्लेख...

निःशुल्क पाउने सेनिटाइजर बिक्री गरेपछि औषधि पसल बन्द

नेपालगञ्ज, ४ वैशाख-कोरोना सङ्क्रमण रोकथामका लागि सरकारलाई निःशुल्क उपलब्ध गराइएको ह्याण्ड सेनिटाइजर बिक्री गरेको अभियोगमा त्यहाँस्थित कमला मेडिसिन बन्द गराइएको छ । एसआर ड्रग कम्पनीले नेपाल सरकारमार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निःशुल्क उपलब्ध गराएको एसआर...

अपाङ्गता भएका व्यक्तिलाई समावेश गराउनुपर्नेमा जोड

बावुराम मुडियारीविराटनगर । अपाङ्गतमा भएका व्यक्तिहरूलाई राज्यको हरेक निकायमा समावेश गरिनुपर्ने एक कार्यक्रममा सरोकारवालाहरुले जोड दिएका छन् ।नेत्रहीन युवा संघ नेपाल मोरङले विराटनगरमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् । राज्यले बनाउने...

प्रदेश-१ का मुख्यमन्त्री राईकै वडामा नेकपा एस पराजित

विराटनगर, ५ जेठ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको वडामै नेकपा एकीकृत समाजवादी पार्टी पराजित भएको छ । नेकपा (एस) प्रदेश–१ को संसदीय दलका नेतासमेत रहेका उनकै वडामा पार्टी पराजित भएको हो । मुख्यमन्त्री...

स्थानीय चुनाव : ६४ जिल्लामा १ करोड ३२ लाख मतपत्र ढुवानी

स्थानीय तह सदस्य निर्वाचनका लागि ६४ जिल्लामा १ करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी भएको छ । मधेस प्रदेशका जिल्ला र बागमती प्रदेशका केही जिल्लामा ढुवानी गर्न बाँकी रहेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । ७ सय ५३ वटा स्थानीय...

संक्रमणमुक्त हुनेको संख्या ३० हजार नाघ्यो

काठमाडौं, २२ भदौ-नेपालमा कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किनेको संख्या बढ्दै गएको छ । आज थप १ हजार ७ सय ३६ जना संक्रमित डिस्चार्ज भएका घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त भएर फर्किनेको...

हावाहुरी र असिनाले पुर्‍याएको क्षतिको विवरण लिइने

चितवन, ८ वैशाख-शनिबार साँझ आएको हावाहुरी र असिनाले पूर्वी चितवनमा नगदे बालीमा पारेको असरको तत्काल लगत सङ्कलन गरिने भएको छ । जिल्ला समन्वय समिति चितवनले आइतबार यहाँ आयोजना गरेको कृषिजन्य उत्पादनका क्रियाकलापलाई सञ्चालन गर्नका लागि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्