प्रतिबन्धित रेडबुल बिक्री वितरण गर्ने चार जना पक्राउ

 न्यूज विराट
प्रतिबन्धित रेडबुल बिक्री वितरण गर्ने चार जना पक्राउ

प्रतिबन्धित क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थ रेडबुल बिक्री वितरण गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं बबरमहलका ४४ वर्षीय रवीन श्रेष्ठ, बाँके कोहलपुर घर भई हाल गंगबु बस्ने ३६ वर्षीय राजु पौडेल, ओखलढुंगा घर भई हाल रातोपुल बस्ने धनबहादुर श्रेष्ठ र सर्लाही घर भई हाल काठमाडौं गोठाटारका वीरेन्द्र चौधरी रहेको प्रहरीले जनाएको छ ।

रवीन श्रेष्ठ न्युरोडस्थित प्रविण स्टोरका सञ्चालक हुन् भने धनबहादुर कपनस्थित शक्ति स्टोर सञ्चालक । चौधरी र पौडेल भने रेडबुल ओसारपोसर गर्ने काममा संलग्न थिए ।

उनीहरूलाई उपत्यका अपराध अनुसन्धान नियन्त्रण कार्यालयको टोलीले मंगलबार पक्राउ गरेको हो । श्रेष्ठद्वयको स्टोरबाट समान ५९-५९ कार्टुन रेडबुल बरामद भएको उपत्यका अपराध अनुसन्धान नियन्त्रण कार्यालयका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिए ।

त्यस्तै चौधरीले चलाउँदै आएको बा २१ च १२५ नम्बरको पिकअप भ्यानबाट ८४ कार्टुन र पौडेलका साथबाट ३६ गरी कुल दुई सय दुई कार्टुन रेडबुल बरामद गरेको छ । सरकारले २ असार २०७६ मै क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थ नेपालमा बिक्री वितरणमा रोक लगाएको थियो । तर, उनीहरूले भारतीय सीमानाका हुँदै भन्सार छलेर ल्याएको खुलेको एसएसपी खापुङले बताए ।  उनीहरूमाथि प्रहरीले कालोबजारी अन्तर्गतको कसूरमा मुद्दा चलाउने जनाएको छ ।

सम्बन्धित समाचार

‘सामाजिक सुरक्षा कोष मजदुर र प्रतिष्ठानबीच साझा दस्तावेज हो’

विराटनगर । सामाजिक सुरक्षा कोष मजदुर र प्रतिष्ठानबिच साझा दस्तावेज भएकाले यो कार्यान्यवयनमा सबै पक्ष जिम्मेवारीपूर्व लाग्नु पर्ने सुझाव सरोकारवालहरुले जोड दिएका छन् ।राष्ट्रिय समावेशी आयोग काठमाडौ र विराटनगर महानगरपालिकाद्वारा आज विराटनगरमा आयोजित नेपालमा श्रम...

कोरोना सन्त्रासबीच भाइरल ज्वरोका बिरामी बढे

झिमरुक, १ वैशाख-प्युठान अस्पताल बिजुवारमा मौसममा भएको परिवर्तनसँंगै भाइरल ज्वरोका बिरामी बढ्दै छन् । अस्पतालमा उच्च ज्वरो र रुघाखोकीका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । कोभिड–१९ को संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका समयमा भाइरल...

औषधी व्यवसायी ढकालको दण्ड प्रणाम यात्रा

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष देशबन्धु ढकालले छठ पूजाका क्रममा सडकमा दण्ड प्रणाम गर्दै यात्रा गरेका छन् । मुलुकको शान्ति विकास र समबृद्धिको कामना गर्दै दण्ड प्रणाम यात्रा गरेको उनले बताए ।...

रौतहटमा एकै वडाका ७ जनामा कोरोना संक्रमण 

काठमाडौं, ४ जेठ-आज बिहान कोरोना संक्रमण पुष्टि भएका रौतहटका १० मध्ये ७ जना एकै वडाका बासिन्दा रहेको खुलेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा पुष्टि भएकामध्ये ७ जना रौतहटको राजपुर नगरपालिका फरहदवा–९ का...

तेस्रो प्याब्सन कप : ग्यालेक्सी र मोर्डन एरा सेमिफाइनलमा

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरको ग्यालेक्सी र मोर्डन एरा स्कुल सेमिफाइनलमा पुगेका छन् । विराटनगरको सहिद मैदानमा शनिबार भएको पहिलो खेलमा ग्यालेक्सी स्कुलले एभरेष्टलाई १–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो...

अनुसन्धानमा अब्बल प्रहरी सहयाक निरीक्षक विष्ट प्रहरी दिवसमा पुरस्कृत

विराटनगर । अपराध अनुसन्धानमा अब्बल ठहरिएका जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक भक्त बहादुर विष्ट पुरस्कृत भएका छन् । ६७ औँ प्रहरी दिवसको अवसरमा विराटनगरमा सोमबार एक भव्य समारोहमा विष्टलाई ५० हजार रुपैयाँ...

मिल्स फार्क नकआउट फुटबलको उपाधि रेडस्टारलाइ

विराटनगर । मिल्स फार्क नकआउट फुटबल प्रतियोगिताको उपाधि मोरङको पथरीस्थित रेडस्टार स्कुलले जितेको छ ।विराटनगरको रानीस्थित जुटमिलको खेल शनिबार सम्पन्न फाइनलमा विराटनगरको मोर्डन एरालाई २–० गोलले हराउँदै रेडस्टारले उपाधि जितेको हो ।जितसंगै रेडस्टारले ५१ हजार...

पाल्पा पहिरो अपडेट : मृतकको परिचय खुल्यो 

बुटवल, ९ असार-पाल्पाको तानसेन नगरपालिका-११ सम्मोबारीमा सोमबार भएको सवारी दुर्घटनामा मृत्यु हुनेको परिचय खुलेको छ । तानसेन रिडि सडकखण्डको ५ किलोमिटर पश्चिम सम्मोबारीमा गएको पहिरोमा परी ४ सवारी साधनमा रहेका ३ जनाको ज्यान गएको थियो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्