इटहरी आइसोलेसनका एक युवकद्वारा स्यानिटाइजर पिएर आत्महत्या

 न्यूज विराट
इटहरी आइसोलेसनका एक युवकद्वारा स्यानिटाइजर पिएर आत्महत्या

विराटनगर, २ साउन । सुनसरीको इटहरीस्थित आइसोलेसनमा एक युवकले स्यानिटाइजर पिएर आत्महत्या गरेका छन् । इटहरी–१० स्थित उद्योग वाणिज्य संघद्वारा सञ्चालित आइसोलेसन सेन्टरमा सहयोगीका रुपमा कार्यरत ३२ वर्षीय प्रकाश भण्डारीले आत्महत्या गरेका हुन् ।

इटहरी–८ स्थित पुष्पलाल चौक घर भएका भण्डारीले शुक्रबार राति साढे आठ बजे आइसोलेसन सेन्टरमै स्यानिटाइजर पिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक गणेश भट्टराईले जानकारी दिए ।

सेनिटाइजर पिएर बिरामी भएका उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारका क्रममा रातिनै साढे ९ बजेतिर मृत्यु भएको हो ।

मृतक भण्डारी मदिराको कुलतमा फसेकाले परिवारजनले उनलाई आइसोलेसन सेन्टरमा काम गर्न लगाएको प्रहरीले जनाएको छ । मृतक भण्डारीले सेवन गरेको स्यानिटाइजरको ब्राण्ड पहिचान हुन नसकेको र अनुसन्धा भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

शुक्रवारदेखि मनकामना मन्दिर प्रवेशमा रोक

गोरखा, माघ ५ । गोरखाको मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइने भएको छ । देशभर तेस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको...

सरकारले भन्योः कोरोनाबाट जोगिन ‘एसएमएस’ गर्नुहोस्

काठमाडौं, १६ असार-कोरोना भाइरसबाट जोगिन लामो समय देश लकडाउन भयो । लकडाउन खुकुलो भएपछि भने दैनिक रुपमा संक्रमितको संख्या वढ्दो छ ।लकडाउनको मोडालिटी परिवर्तन गरेसँगै मानिसहरुको चहलपहल बाक्लिन थालेसँगै सरकारले भाइरसबाट जोगिन ‘एसएमएस’ अभियान ल्याएको...

एमाले कोशी प्रदेशको अधिवेशन : नयाँ नेतृत्वका लागि ९७७ जनाले गरे मतदान, दिउँसोबाट हुने गणना

विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा ९ सय ७७ मत खसेको छ। विराटनगरस्थित होटल मुनास्लुमा भएको मतदानमा ९९७ मध्ये ९७७ मत खसेको निर्वाचन कमिटीका अध्यक्ष चुणामणि आचार्यले जानकारी दिए...

क्वारेन्टानमा खान नपाउँदा गाउँपालिका घेराउ

दैलेख, १९ जेठ-२ दिनदेखि खानपिउन नपाएको जनाउँदै दैलेखको भैरवी गाउँपालिकाले बनाएको क्वारेन्टानमा बस्नेहरूले आइतबार साँझ गाउँपालिका घेरेका छन् । भारतबाट आएका करीब १०० जना जिल्लावासी सो क्वारेन्टिनमा १ हप्तादेखि बस्दै आएका छन् । क्वारेन्टानमा रहेका...

प्रतापपुर गाउँपालिका अध्यक्ष शर्माकाे दुर्घटनामा मृत्यु

काठमाडाैं, ३२ जेठ-नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको सवारी दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा गाउँपालिकाका सवारी चालक प्रतापपुर गाउँपालिका-५ का हरिलाल राजभर घाइते भएका जिल्ला प्रहरी कार्यालय पश्चिम नवलरासीले जनाएकाे छ । जिल्लास्थित...

एमसिसी नेपालको हितमा छ :अध्यक्ष थापा

काठमाडौं, फागुन ६–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) आयोजना नेपालको हितमा रहेको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै...

विराटनगरमा सयौँ मारवाडी समुदाय एमालेमा प्रवेश

विराटनगर, १६ पुस । विभिन्न पेशा व्यवसायमा क्रियाशील रही राजनीतिक दलहरुमा असंलग्न रहँदै आएका मारवाडी समुदायका सयौँ अगुवाहरु नेकपा (एमाले) मा प्रवेश गरेका छन् । नेपाल वामपन्थी मारवाडी युवा संगठनको अगुवाईमा सयाँ मारवाडी समुदायका अगुवाहरु...

औषधी व्यवसायी संघको स्थापना दिवसमा विविद्य कार्यक्रम

विराटनगर, असार ११-नेपाल औषधी व्यवसायी संघको ४७ औं स्थापना दिवसको अवसर पारेर विविद्य कार्यक्रम गरि मनाएको छ । नेपाल औषधी व्यवसायी संघ मोरङले आज दिनभरी विविद्य कार्यक्रम गरि स्थापना दिवस मनाएको हो । संघको भवनमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्