माधव नेपालले प्रजातान्त्रिक पद्धतिको प्रणालीलाई नै विस्थापित गरिदिनु भयो : प्रदीप नेपाल

 न्यूज विराट
माधव नेपालले प्रजातान्त्रिक पद्धतिको प्रणालीलाई नै विस्थापित गरिदिनु भयो : प्रदीप नेपाल

काठमाडौं, साउन २ । एमाले नेता प्रदीप नेपालले पार्टी अध्यक्ष केपी ओलीलाई देखाइ दिने नाममा बरिष्ठ नेता माधवकुमार नेपालले गम्भीर अपराध गर्नुभएको ठोकुवा गर्नुभएको छ । पूर्वमन्त्रीसमेत रहनुभएका नेपाल निकट नेता प्रदिपले माधवले गर्नुभएको यो नराम्रो कामलाई इतिहासले कठोर मुल्यांकण गर्ने आफ्नो निश्कर्ष पनि राख्नुभएको छ ।

माधव नेपालले आफ्नो इगोको लागि गर्नै नहुने काम गरेको प्रदीपको भनाई छ । ‘जहाँसम्म माधव नेपालको कुरो छ, मैले यहाँ केही लेखिरहनु नपर्ला । संविधान बचाएँ भनेर उहाँले जति भने पनि प्रजातान्त्रिक पद्धतिमा भनिने शक्ति पृथकीको प्रणालीलाई नै विस्थापित गरिदिनु भयो, ‘माधव नेपालकै कारण सर्वाेच्चले संबिधानमाथि आक्रमण गरेको निश्कर्ष निकाल्दै सरकारी मुखपत्र गोरखापत्रमा नेपालले लेख्नुभएको छ ।

यस्तो छ प्रदीपको निचोड

यसपालि पनि न्यायलयको ओभरल्यापले अप्ठ्यारो निम्त्याउने खतरा छ । अदालतले केपी ओलीलाई ठेगानमा ल्याएर बाँकी काम संसद्को जिम्मा दिनुपथ्र्यो । सांसदले आफ्नो अधिकार खोसिएको टुलुटुलु हेरिरहनु पर्ने ! त्योभन्दा सजिलो त सधैँभरिका लागि अदालतले नै संसद्को व्यवस्थापन गर्ने साहसिक निर्णय गरे भइहाल्थ्यो !

फैसलापछि मैले तीन जनाको प्रतिक्रिया सुनेँ । एक जना वरिष्ठ अधिवक्ता । उहाँले फैसलाको प्रशंसामा गीत गाउनु स्वाभाविकै थियो । तर उहाँले जब प्रधानमन्त्रीसँगै राष्ट्रपतिले पनि राजीनामा दिनुपर्र्छ भन्नुभयो – म छक्क परें । वरिष्ठ अधिवक्ताको ज्ञान यस्तै हुन्छ ? मुद्दा व्यवस्थापिकाको हो । राष्ट्रपति कसरी जोडिन आउनुभयो त्यहाँ ? ! महिलालाई पहिलो पद दिनु हुँदैन भन्ने पुरुष मानसिकता मात्र हो यो । काँग्रेसका मान्छेहरू किन महिलालाई पहिलो पदमा आउन हुन्न भन्छन् ? पहिले प्रधानन्यायाधीश सुशिला कार्कीमाथि उहाँहरू महाअभियोग लगाउने चेतनामा पुग्नु भएको थियो, अब अहिले विद्या भण्डारीतिर आँखा गाडिएको छ उहाँहरूको । केपी ओलीको ‘मनपरी’ लाई रोक्नेसम्मको फैसलासम्म ठीक छ अदालतको । तर संसद्को अधिकारमाथि आफ्नो अधिकार थोपर्ने काम चाहिँ बेठीकै हो भन्ने मेरो निष्कर्ष हो ।

दोस्रो व्यक्ति हुनुहुन्थ्यो पुष्पकमल दाहाल–केपीलाई ठेगानमा ल्याइयो भन्ने निष्कर्ष उहाँको थियो । तर उहाँले कुन कुरा बिर्सनु भयो भने यो फैसलाले कुनै दिन उहाँलाई पनि यसरी नै दपेट्नेछ । जहाँसम्म माधव नेपालको कुरो छ, मैले यहाँ केही लेखिरहनु नपर्ला । संविधान बचाएँ भनेर उहाँले जति भने पनि प्रजातान्त्रिक पद्धतिमा भनिने शक्ति पृथकीको प्रणालीलाई नै विस्थापित गरिदिनु भयो ।

सम्बन्धित समाचार

वीरगञ्जको कोरोना विशेष अस्पतालमा १ जना बिरामीको मृत्यु

वीरगञ्ज, २२ साउन-पर्साको वीरगञ्जस्थित अस्थायी कोरोना विशेष अस्पतालमा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका–१०, आदर्शनगरका ५६ वर्षीय पुरुष छन् । मधुमेह र मुटुका रोगीसमेत रहेका उनी श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि नारायणी...

कोशी प्रदेशमा १२ हजार ९३९ अपराधी फरार , सबैभन्दा बढी मोरङमा

विराटनगर। चालु आर्थिक वर्षको पाँच महिनामा सबैभन्दा बढी २२६ जना फरार अपराधी मोरङ प्रहरीले पक्राउ गरेको छ । सोही अवधिमा झापाले ११५, सुनसरीले ५५, इलामले ३१, पाँचथरले १६, ताप्लेजुङले ५, धनकुटाले २१, तेह्रथुमले ७, भोजपुरले...

बुद्धोदयको आम्दानी १ करोड ५८ लाख

विराटनगर, १८ मंसिर–विराटनगर ३ को बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १ करोड ५८ लाखको आम्दानी गरेको छ । गत आर्थिक बर्ष २०७६–७७ मा सहकारीले १ करोड ५८ लाख २३ हजार ७८४ रुपैयाँ बराबरको...

भारतीय अतिक्रमणलाई लिएर युएनका लागि अमेरिकी राजदूतलाई ज्ञापनपत्र  

एजेन्सी, जेठ २७-भारतले नेपालको भूमि अतिक्रमण गरेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने क्रममा गैरआवासीय नेपाली सङ्घ, अमेरिकाज क्षेत्रले संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत केली क्राफ्टलाई ज्ञापनपत्र बुझाएको छ । राष्ट्रसङ्घ सुरक्षा परिषद्को महत्वपूर्ण देश अमेरिकाको तर्फबाट राष्ट्रसङ्घका...

वीरगञ्जका मेयर विजय सरावगीलाई कोरोना

वीरगञ्ज, १५ साउन-वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर सरावगीले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् । सरावगीले वीरगञ्जवासीलाई बचाउने प्रयास गर्दागर्दै आफैँ...

प्रदेश १ सरकार मन्त्रिपरिषद् बैठकः स्वयंसेवी अभियान कार्यविधि स्वीकृत

विराटनगर, १० साउन । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकारअन्तर्गतका अस्पताल तथा आयुर्वेद औषधालयहरूको नाम संशोधन गर्नेलगायत केही कार्यविधि एवं निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको...

भारतलाई नेपालको जवाफ : बुद्धको जन्मभूमिबारे विश्व समुदाय प्रष्ट छ

काठमाडौं, २५ साउन-सरकारले भगवान् गौतम बुद्धको जन्मस्थल नेपाल भएकोबारे विश्व समुदाय जानकार रहेको भन्दै यसमा कुनै भ्रम नरहेको स्पष्ट पारेको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बुद्धको जन्मभूमिबारे राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा कुनै बहस...

आयोगले थाल्याे निर्वाचनकाे तयारी

काठमाडौं, १२ पुस-निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका मतदाता नामवाली अद्यावधिक गर्न सुरु गरेको छ । आयोगका प्रवक्ता राजकुुमार श्रेष्ठका अनुुसार निर्वाचनका लागि सुरुका चरणमा गर्नुुपर्ने कामको तयारी प्रारम्भ भएको र मतदाता...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्