रूपन्देहीमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालको पुतला दहन गरिएको छ । बुधबार साँझ एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले बुटवलको ट्राफिकचोकमा नेता माधव नेपालको पुतला दहन गरेको हो ।
प्रतिपक्ष दललाई साथ दिएर आफ्नै पार्टीको सरकार ढालेको भन्दै वरिष्ठ नेता नेपालको पुतला दहन गरिएको युवा संघका केन्द्रीय सचिव तुलबहादुर अधिकारीले बताए ।
युवा संघले नेता नेपालसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पनि पुतला दहन गरेको सचिव अधिकारीले बताए । उनका अनुसार संसद विघटनलाई बदर गरेर अदातलले राजनीति गरेको भन्दै प्रधानन्यायाधीश जबराको पुतला दहन गरिएको हो ।नेता नेपाल र प्रधानन्यायाधीशको पुतला दहन गर्ने क्रममा प्रहरीले युवा संघका कार्यकर्तालाई धरपकड समेत गरेको थियो ।