एमालेमा आइसब्रेक हुनसक्ने, कार्यदल ब्युँताउने सहमतिपछि सदस्यहरूको बैठक बस्दै

 न्यूज विराट
एमालेमा आइसब्रेक हुनसक्ने, कार्यदल ब्युँताउने सहमतिपछि सदस्यहरूको बैठक बस्दै

एमालेको एकताका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालको मागअनुसार अध्‍यक्ष केपी शर्मा ओली कार्यदल ब्युँताउन सहमत भएपछि त्यसको बैठक बसेको हो ।

आइतबार राति बालुवाटारमा अध्यक्ष ओलीसँगको वार्तामा नेता भीम रावलले कार्यदल ब्युँताएर एकताको प्रक्रिया टुंग्‍याउनुबाहेकको अरु विकल्प नभएको बताएपछि ओली त्यसमा सहमत भएपछि गत ५ जेठदेखि निष्क्रिय रहेको कार्यदलको बैठक पुन: सुरु भएको हो । पार्टी एकतासम्बन्धी विवाद समाधानका लागि २ जेठमा कार्यदल गठन भएको थियो ।

कार्यदलमा ओलीका तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् । वरिष्ठ झलनाथ खनाल–माधवकुमार नेपाल समूहमा भीम रावलको संयोजकत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन् ।

अध्यक्ष ओलीले खनाल-नेपाल पक्षलाई प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गर्दै अदालतमा बुझाएको हस्ताक्षर फिर्ताका लागि सोमबार ५ बजेसम्मको समयसीमा दिएका थिए । यो समयभित्र हस्ताक्षर फिर्ता नभए एमाले एक नहुने उनको चेतावनी थियो । हस्ताक्षर गरेका २३ सांसदले यो समयभित्र फिर्ता भने गरेका छैनन् । ओलीले दिएको समयसीमा सकिएलगत्तै कार्यदलको बैठक बसेको हो ।

सम्बन्धित समाचार

२४ घन्टामा थप १३० जनामा कोरोना संक्रमण, ७५ जना डिस्चार्ज

काठमाडौं, ११ साउन-नेपालमा आइतबार थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले थप १३० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।  योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या...

कोशी प्रदेशमा एक वर्षमा साढे ९ हजारभन्दा बढी मुद्दा दर्ता, संगठित अपराधमा कमी

विराटनगर । कोशी प्रदेशमा पछिल्लो एक वर्षको अवधिमा ९ हजार ४ सय ६१ वटा मुद्दा प्रहरीमा दर्ता भएका छन् । २०८१ सालको वैशाखदेखि चैतसम्म यो संख्या अघिल्लो वर्षको तुलनामा ३ सय ३५ ले बढी हो...

आज र भोलि नदीमा पानीको बहाव बढ्ने, सतर्कता अपनाउन मौसमविद्को सुझाव

काठमाडौं, १५ वैशाख-जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज र भोलि देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । सोमबार र मंगलबार वर्षाको सम्भावना भएकाले सुदूरपश्चिम, कर्णाली, गण्डकी,...

काेराेना संक्रमणबाट प्रदेश २ मा ५२ जनाको मृत्यु

जनकपुर, ५ भदौ-मुलुकमै कोरोनाको प्रकोपबाट सबैभन्दा बढी प्रदेश २ प्रभावित भएको छ । यस प्रदेशमा अहिलेसम्ममा ८ हजारभन्दा बढी संक्रमित हुनुका साथै ५२ जनाको कोरोनाको संक्रमणको कारण मृत्यु भएको छ । यस प्रदेशअन्तर्गतका ८ वटै...

भारतबाट आएका थिए चितवनका संक्रमित दम्पति

हेटौँडा, १० जेठ-चितवनका कोरोना भाइरस (कोभिड–१९) संक्रमित दम्पति भारतबाट आएको खुलेको छ । भरतपुर महानगरपालिका–६ केशरबाघका ७४ वर्षीय वृद्ध र ७३ वर्षीया वृद्धालाई शुक्रबार कोभिड–१९ संक्रमणको पुष्टि भएको थियो । बागमती प्रदेशको सामाजि विकास मन्त्रालयले...

लक्षण नभएकालाई अस्पताल भर्ना नगरिने

काठमाडौं, ५ भदौ-अब लक्षण नभएका बिरामीलाई होम आइसोलेसनमै राखिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए । सरकारले लक्षण नभएका र सामान्य लक्षण नभएका व्यक्ति...

कोभिसिल्ड खोपको दोस्रो डोज २५ साउनदेखि लगाइने

काठमाडौं, २२ साउन । कोभिसिल्ड खोपको दोस्रो डोज २५ साउनदेखि लगाइने भएको छ । भुटानबाट शुक्रबार तीन लाख डोज एस्ट्राजेनेकाको खोप आएपछि कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेकालाई दोस्रो मात्रा लगाउन लागिएको हो । ‘२५ गतेदेखि...

भव्य कार्यक्रम गरी मनायो गौतमबुद्ध स्कुलले वार्षिकोत्सव

विराटनगर । विराटनगरमा रहेको गौतम बुद्ध स्कुलले ४२ औं वार्षिकोत्सव तथा तेस्रो फनफिस्टा विविद्य कार्यक्रम आयोजना गरी मनाएको छ । स्कुल परिसरमा सोमबार एक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो । वार्षिक उत्सवको उद्घाटन विराटनगर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्