नगद सहित ब्राउन सुगर कारोबारमा संलग्न ४ जना पक्राउ

 न्यूज विराट
नगद सहित ब्राउन सुगर कारोबारमा संलग्न ४ जना पक्राउ

विराटनगर, १५ असार ।झापाको दमकबाट लागुऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । हिजो दिउसो सँवा ३ बजे दमक-६ थाना रोड स्थितबाट ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गौरादह ५ वालुवथान का २६ बर्षीय विवेक लिम्वु र २२ बर्षीय शौरभ राईको साथबाट लागूऔषध ब्राउन सुगर २ ग्राम फेला परेको थियो ।

प्रहरीले थप अनुसन्धान गर्ने क्रममा उनिहरुले खरिद गरि ल्याएको स्थान खुल्न आए सगै ईलाम चुलाचुली ४ घर भई हाल दमक ५ मा बस्ने ३१ बर्षीय विक्रम राई र ३७ बर्षीय जेम्स भन्ने खगेन्द्र सावाको कोठाबाट पाँच लाख चौध हजार तीन सय सहित पक्राउ गरि बिक्रम र खगेन्द्रलाई सोधपुछ गर्दा ईलामको घरमा लागूऔषध लुकाई राखेको भन्ने खुल्न आएकोले उनिहरुको घरमा गई खानतलासी गर्दा बिक्रम कोठाबाट लागूऔषध ५ ग्राम र खगेन्द्र सावाको कोठाबाट ब्राउन सुगर २ ग्राम ३०० मिलिग्राम बरामद गरेको हो । पक्राउ परेका चारैजना उपर ईलाका प्रहरी कार्यालय दमक झापाबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार

विराटनगरमा ९६ जना सहित प्रदेश १ मा मंगलबार १३९ नयाँ संक्रमित थपिए

विराटनगर, २ भदौ-प्रदेश १ मा मंगलबार १ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ५, झापामा २०, सुनसरीमा ६, संखुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश १ बाहिरका २ जनामा कोरोना...

सप्तरीमा आगलागीबाट तीन घर जलेर नष्ट

सप्तरी, माघ १–सप्तरीको तिलाठी कोलाडी गाउँपालिकामा आज बिहान आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । वडा नं ७ मा स्थानीय देवनारायण साहको घरबाट अचानक सल्केको आगो निजको एउटा घर पूर्णरूपमा जलेर नष्ट भएको...

चोटका कारण सानियाले युएस ओपन गुमाउने

एजेन्सी, ८ भदौ । भारतीय स्टार सानिया मिर्जा २९ अगस्टबाट सुरु हुने युएस ओपन टेनिस प्रतियोगिताबाट बाहिरिएकी छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत कुहिनोको चोटका कारण वर्षको अन्तिम ग्राण्डस्लाम टेनिस प्रतियोगिताबाट आफू बाहिरिएको घोषणा गरेकी...

करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर, १ असोर ।ओखलढुङगा सुनकोशी गाऊपालिका १० सोलुङपाखा का ५८ बर्षीय लोकनाथ गिरीको करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुका ५ बजे गिरी आफ्नै घरको भुईतलाको कोठा भित्र टर्चलाईट चार्ज गर्ने क्रममा करेण्ट लागी...

‘लक डाउन’ मा धरान सुनसान

विराटनगर, चैत ११–सरकारले लकडाउनको घोषणा गरेसँगै सहरका सडकहरु सुनसान जस्तै देखिएका छन् । सडकमा अत्यवश्यक बाहेकका सवारी साधन देखिदैनन् भने हिड्डुल गर्ने सर्वसाधारण समेत कमै देखिन्छन्। धरानमा मंगलबार नेपाल प्रहरी र नगर प्रहरीले सर्वसाधारणलाई आवागमन...

एसी मिलान बराबरीमा रोकियो, इब्राहिमोविचले गरे दुई गोल

एजेन्सी, ११ कात्तिक-इटालियन सिरी ए फुटबल अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको एसी मिलानले रोमासँग बराबरी खेल्दै अंक बाँडेको छ । घरेलु मैदानमा भएको खेलमा एसी मिलान रोमासँग ३–३ गोलको बराबरीमा रोकिएको हो । एसी...

मोरङमा मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

मोरङको बेलबारी नगरपालिका-६ सोमबारे जरुवा टोल स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटनाबाट  १ जनाको मृत्यु भएको छ । हिजो राती पौने ९ बजे पुर्बबाट पश्चिम तर्फ जादै गरेको को ११ प ९३१३ नम्बरको मोटरसाईकलले  ठक्कर...

दरबन्दी थप गरिनुपर्ने लगायतका तीन बुद्धे माग राख्दै पुर्व राष्ट्रपतिलाई चिकित्सकले बुझाए ज्ञापनपत्र

विराटनगर । नेपाल चिकित्सक संघ कोशी शाखाका पदाधिकारीहरुले पुर्व राष्ट्रपति विद्या देवी भण्डारीसंग भेटेर विभिन्न तीन बुद्धे माग राखेका छन् । उनीहरुले विराटनगरमा पुर्वराष्ट्रपति भण्डारीसँग भेटेर विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएका हुन् । पछिल्लो समयमा रेजिडेन्ट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्