बुधबारदेखि सक्रिय हुँदै मनसुन

 न्यूज विराट
बुधबारदेखि सक्रिय हुँदै मनसुन

मौसम पूर्वानुमान महाशाखाले भोलि (बुधबार) देखि मनसुन सक्रिय हुने जानकारी दिएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराईनजिक रहने हुनाले मनसुन सक्रिय हुने महाशाखाको भनाइ छ ।

मनसुन सक्रिय भएसँगै प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा पानी पर्ने महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भने भारी वर्षा हुने छ ।

आज दिउँसो देशभर बदली रही अधिकांश स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ । प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा भने भारी वर्षा हुने छ । आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने महाशाखाले जानकारी दिएको छ ।

भोलि देशभर बदली रही देशका अधिकांश स्थानमा पानी पर्ने छ । त्यस्तै प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही भू-भागमा भारी वर्षा तथा केही स्थानमा अति भारी वर्षा हुने महाशाखाले जानकारी दिएको छ ।

त्यस्तै बिहीबार देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ भने प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी तथा अति भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।

सम्बन्धित समाचार

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

विराटनगर । झापाको बुद्धशान्ति गाउँपालिका(१ बुधवारे बजार स्थितमा करुवा प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ बर्षीय रघुनाथ मारुती गोरड रहेका छन । आज बिहान ३ बजे गोरडले...

कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला परेको छ । अस्पतालको मेडिकल वाडको शौचालयमा आज बिहान भर्खरै जन्मेको शिशु मृत फेला परेको हो । अबिवाहित युवतीबाट जन्मेको शिशु शौचालयमा फालेको आशंका गरिएको...

मापसे गरी एम्बुलेन्स हुइँक्याउँदा गौशालामा दुर्घटना

काठमाडौं २५ वैशाख-काठमाडौंको गौशालामा निजी कार र एम्बुलेन्स आपसमा ठोक्किँदा १ जना घाइते भएका छन् । साढे ३ बजेको समयमा गौशालास्थित सडकखण्डमा मित्रपार्कबाट एयरपोर्टतर्फ आउँदै गरेको बा१०च ८५१३ नम्बरको निजी कारलाई विपरीत दिशाबाट आएको बा८छ...

कर तिर्ने भाखा टर्‍यो, अर्को मिति अन्याेलमा

काठमाडौं, २९ जेठ-अब ७ असारभित्रै बुझाइसक्नुपर्ने सबै प्रकारका कर सोही समयभित्र बुझाउनु नपर्ने भएको छ । सरकारको यही असार ७ गतेभित्र बुझाइसक्नुपर्ने निर्देशन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको हो । न्यायाधीश अनिलकुमार सिन्हा र...

प्रदेश १ मा २५ जेठदेखि ७० हजारलाई भेरोसेल खोप लगाइने, भोलिसम्म सवै जिल्लामा खोप पुग्ने

विराटनगर, २३ जेठ । प्रदेश १ मा ७० हजारलाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाईने भएको छ । जेठ २५ गतेदेखि १४ वटै जिल्लामा खोप लगाईने भएको हो । ६० देखि ६४ वर्ष उमेर समूहका...

विराटनगरमा जुक्त चप्पल व्यापार मेला सुरु, १० करोडको कारोवार गर्ने अपेक्षा

विराटनगर, ५ चैत । प्रदेश १ को राजधानी विराटनगरमा बिहिबारदेखि जुत्ता चप्पल ब्यापार मेला शुरु भएको छ । एकमहिने मेलामा ६ लाख जोर जुत्ताचप्पल बिक्री गर्ने लक्ष्य राखिएको छ । ‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’...

लोकपर्व जितियाको व्रत सुरु थप

धनुषा, २५ भदौ-मैथिल समुदायका महिलाको महान् लोकपर्व जितियाको व्रत गएरातिदेखि सुरु भएको छ । यस व्रतमा थुक पनि निल्न नहुने र ३६ घण्टा निराहार उपवास  बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यस पर्वलाई...

विराटनगरबाटै लाइसेन्स लिन सकिने

विराटनगर । विराटनगरबाट पनि अब सवारी चालक लाइसेन्स लिन सकिने भएको छ। सोमबार मुख्यमन्त्री राजेन्द्र राईले विराटनगरस्थित ट्रायल सेन्टरको उद्घाटन गरेर सर्वसाधारणको सुविधाका लागि प्रदेश सरकारले यो प्रबन्ध गरेको जानकारी दिए। हालसम्म प्रदेश १ मा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्