डोजरको बकेटले हिर्काएर वडाध्यक्षको हत्या

 न्यूज विराट
डोजरको बकेटले हिर्काएर वडाध्यक्षको हत्या

सर्लाही, १२ असार ।सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको गए राति हत्या भएको छ ।

प्रहरीका अनुसार वडामा रहेको मुखलाल दास पोखरीको सौन्दर्यकरणको निरीक्षण गर्न गएका वडाध्यक्ष श्रेष्ठको डोजरको बकेटले हानेर हत्या भएको हो ।

पोखरीको निरीक्षण गर्न गएका बेला विवाद भएपछि ५५ वर्षीय श्रेष्ठको हत्या भएको प्रहरीले जनाएको छ । जेसीभीका ठेकेदार प्रेम दाहालसँगै श्रेष्ठ पोखरीको निरीक्षणका लागि त्यहाँ पुगेका थिए ।

खाजा खाने क्रममा जेसीभीका चालक हर्कबहादुर तामाङ र वडाध्यक्षबीच विवाद भएको थियो । त्यसपछि उनीहरू पोखरी विस्तार भइरहेको ठाउँमा पुगेका थिए ।

विवादपछि आक्रोशित बनेका चालकले श्रेष्ठको टाउको र छातीमा जेसीभीको बकेटले हानेर हत्या गरेको नगरपालिकाका मेयर मनोज देबकोटाले बताए । उनका अनुसार हत्या गरेपछि वडाध्यक्षको शव पुरेर चालक भागेका थिए ।

प्रहरीले दाहाल तथा चालक तामाङलाई पक्राउ गरेको छ । श्रेष्ठको शव राति नै निकालेर जिल्ला अस्पताल मलङ्गवा लगिएको छ ।

सम्बन्धित समाचार

रतुवामाईमा रसायनिक मल अभाव

विराटनगर, बैशाख २१–मोरङको रतुवामाई नगरपालिकामा रसायनिक मल अभाव भएपछी कृषकहरु यतिबेला चिन्तीत बनेका छन् । धान जोन र मकैको ब्लक क्षेत्र रहेको सो नगरपालिकामा कृषकहरु यतिबेला रासायनिक मल नपाएर हैरान भएका हुन् । चैते धान...

लकडाउनमा उपभोक्ता ठग्नेबाट साढे ७० लाख जरिमाना

काठमाडौं, १९ वैशाख-लकडाउनको समयमा पनि उपभोक्ता ठगीमा पर्न थालेपछि सरकारले अनुगमनलाई तीव्रता दिएको छ । लकडाउनमा सीमित समयमा खुल्ने सीमित पसहरूले पनि ठगी गरेको गुनासो आएपछि अनुगमनलाई निरन्तरता दिइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले...

यसरी ब्युँतियो विराटनगरमा नेकपा (एमाले) मोरङको पार्टी कार्यालय

विराटनगर, २४ फागुन । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को एकतालाई बदर गरेसंगै मोरङ जिल्ला कार्यालयमा पूर्वएमालेहरूले नेकपा एमालेको बोर्ड राखेका छन् । विराटनगरको पाञ्चालीमा रहेको पार्टी कार्यालयमा बोर्ड राख्न संस्कृति, पर्यटन तथा...

एमालेको अवरोध कायमै, प्रतिनिधिसभा बैठक १९ असोजसम्मका लागि स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक १९ असोजसम्मका लागि स्थगित भएको छ । बिहीबार बसेको बैठकमा पनि एमालेले अवरोध जारी राखेको हो । बैठक सुरु हुनासाथ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै...

पूर्वसचिव भीम उपाध्याय २५ हजार धरौटीमा रिहा

काठमाडौं, १५ वैशाख-साइबर अपराधमा पक्राउ परेका पूर्वसचिव भीम उपाध्याय धरौटीमा छुटेका छन् । उनी २५ हजार रूपैयाँ धरौटीमा छुटेका हुन् । जिल्ला अदालत काठमाडौंले उनलाई धरौटीमा छोड्ने आदेश दिएको हो । साइबर ब्यूरो प्रमुख एसएसपी...

दक्षिण कोरियाले दियो किमको अवस्थाबारे जानकारी

एजेन्सी, बैशाख १५-दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनका वरिष्ठ सुरक्षा सल्लाहकारले उत्तर कोरियाका नेता किम जोङ उन स्वस्थ र जीवित रहेका जानकारी दिएका छन् । नेता किमको स्वास्थ्यका बारेमा अनेक अट्कलबाजी भइरहेका बेला दक्षिण कोरियाले...

कोशी अस्पतालको पिसिआर मेसिन विग्रियो

विराटनगर, साउन १३–कोरोना संक्रमण तीव्र रुपमा फैलन थालेकै समयमा कोशी अस्पताल विराटनगरको पीसीआर मेशिनमा बिग्रिएको छ । मेशिन बिग्रिएपछि त्यसको मर्मतका लागि काठमाण्डौं पठाउने तयारी थालिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले पीसीआर...

डाक्टर खोज्दाखोज्दै कोशीमा ५५ वर्षीया महिलाले गुमाइन् ज्यान, डाक्टर खरेलको नेतृत्वमा छानविन समिति गठन

विराटनगर  ।  विराटनगरस्थित कोशी अस्पतालको ओपीडी वार्डमा उपचार नपाएर ५५ बर्षीया एक महिलाको  मृत्यु भएको छ । अस्पतालले उपचारमा ढिलासुस्ती गरेको कारणले मोरङको जहदा गाउँपालिका १ की ५५ बर्षीया द्रोपतीदेवी राजवंशीको मृत्यु भएको परिवारको आरोप छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्