प्रतिनिधिसभा बिघटन र प्रधानमन्त्री नियुक्ति प्रकरण : संवैधानिक इजलासमा आजबाट अन्तिम सुनुवाई हुँदै

 न्यूज विराट
प्रतिनिधिसभा बिघटन र प्रधानमन्त्री नियुक्ति प्रकरण : संवैधानिक इजलासमा आजबाट अन्तिम सुनुवाई हुँदै

काठमाडौं, असार ९ । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा बुधबारदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुावाइ सुरु हुँदैछ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासमेत १४६ निवर्तमान सांसद निवेदक रहेको मुद्दाको अन्तिम सुनुवाइ सुरु हुन लागेको हो । सर्वोच्चको संवैधानिक इजलासले जेठ २७ गते बुधबारदेखि सुनुवाइ गर्ने गरी आदेश गरेको थियो । विघटनको एक महिनापछि अन्तिम सुनुवाइ प्रारम्भ हुन लागेको हो।

आदेशअनुसार विपक्षी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटालगायतले लिखित जवाफ पेस गरिसक्नुभएको छ । राष्ट्रपति कार्यालयले धारा ७६ को कार्यान्वयनका क्रममा राष्ट्रपतिलाई कुनै पनि निकायको सिफारिस आवश्यक नपर्ने, विश्वासको मत प्राप्त गर्न सक्ने वा नसक्ने यकिन गर्ने अधिकार राष्ट्रपतिसँग भएको जिकिरसहित जवाफ पठाएको छ ।

यस्तै प्रधानमन्त्रीले अदालतले कुनै पनि अमूक व्यक्तिलाई प्रधानमन्त्री चयन गर्न आदेश गर्न नसक्ने, विघटन यसअघिको फागुन ११ गतेको फैसलाअनुसार नै भएको, उपधारा ५ को अवस्थामा पनि दलीय ह्विप लाग्नेलगायतका जिकिरसहित जवाफ अदालतमा पेस गर्नुभएको छ । सभामुख सापकोटाले निवेदकको मागअनुसार नै आदेश जारीको माग गर्दैै जवाफ पेस गर्नुभएको छ । उहाँले विश्वासको मतको परीक्षण संसद्मा मात्र हुने जिकिरसहित जवाफ पठाउनुभएको हो ।

संवैधानिक इजलासको आदेशअनुसार नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले पनि दुईरदुई जना एमिकस क्युरी सिफारिस गरिसकेका छन् । नेपाल बारले वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकलाई सिफारिस गरेको छ । यस्तै सर्वोच्च बारले वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई सिफारिस गरिसकेको छ । अदालतले यसअघि नै समय व्यवस्थापनबारे आदेश गरिसकेको छ । आदेशअनुसार निवेदकहरूलाई कुल १५ घण्टा समय तोकिएको छ ।

सुरु बहसका लागि १२ र विपक्षीको बहसपछि जवाफ फर्काउन तीन घण्टा समय दिइएको छ । यस्तै सरकारी वकिल र विपक्षीका तर्फबाट प्रतिनिधित्व गर्ने अन्य कानुन व्यवसायीलाई पनि १५ घण्टाको समय दिइएको छ । समय व्यवस्थापनमा सरकारी र प्रत्यार्थीका कानुन व्यवसायीबीच सहमति नभए दुवैले साढे सात घण्टाको समय पाउने पनि आदेशमा गरिएको छ । आजबाट सुनुवाई अघि बढाउँदै एक साताभित्रै अदालतले निर्णय दिने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार

बाँकेको नरैनापुरमा राति ८ बजेदेखि निषेधाज्ञा, सेना परिचालन गरिने

बुटवल, ११ जेठ-प्रदेश ५ को अति विकट मानिने बाँकेको नरैनापुरमा कोरोना संक्रमण रोकथामका लागि सेना परिचालन गरिने भएको छ । गाउँपालिकाले शनिबार मात्र कोरोना संक्रमण फैलिन सक्ने र स्थित भयावहक हुने भन्दै थप सुरक्षाकर्मी र...

विराटनगरका एमाले नेता पोखरेल माओवादीमा प्रवेश

विराटनगर । नेकपा एमालेका मोरङका पुराना नेता एवं व्यवसायी तुलसी पोखरेल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा एमाले मोरङको जिल्ला कमिटि सदस्य र सल्लाहकार रहिसकेका पोखरेल जनयुद्ध दिवसकै दिन बिहीबार माओवादीमा प्रवेश गरेका...

इलेक्ट्रा इलेक्ट्रिक कम्पनीको नयाँ उत्पादन सार्वजनिक

विराटनगर । इलेक्ट्रा इलेक्ट्रिक कम्पनीले नयाँ उत्पादन सार्वजनिक गरेको छ । उक्त ब्राण्डका एम्बेस्डर सुरज सिहं ठकुरीले इलेक्ट्रा इलेक्ट्रिकको नयाँ उत्पादन सेलिजको उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै ठकुरीले सधै विश्व प्रख्यत ब्राण्डसँग आवद्ध...

विराटनगरलाई सुकुम्वासी मुक्त्त शहर निर्माण गर्ने कांग्रेसको प्रतिवद्धता

विराटनगर,२५ वैशाख । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले विकासको सम्भावक पार्टीलाई स्थानीय तह निर्वाचनमा विजय गराउनु पर्ने बताउनु भएको छ। स्थानीय तह निर्वाचन अन्तर्गत विराटनगर महानगरपालिका–११ स्थित रासस चोकमा आज आयोजित कोण सभामा...

चर्चित बलिउड अभिनेता ऋषि कपुरको निधन

एजेन्सी, बैशाख १८–बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी...

विराटनगरमा निस्कियो रथयात्रा

विराटनगर । विराटनगरमा आज चार बजे राधाकृष्णको रथयात्रा निस्किएको छ । विराटनगर – १ राधाकृष्ण मन्दिरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पुजाअर्चना गरेपछि रथ निस्किएको हो ।श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट हरेक वर्ष विराटनगरमा निकालिने रथयात्रामा...

पूर्वबजेट छलफलमा करको दायरा बढाउन सुझाव

विराटनगर । विराटनगर महानगरपालिकाले पूर्वबजेट छलफल सुरु गरेको छ । विभिन्न क्षेत्रका व्यक्तिहरुलाई बोलाएर महानगरले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका बारेमा छलफल सुरु गरेको हो । महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला...

रोडम्याप बनाएर जनताको काम गर्नेछुः भीम पराजुली 

विराटनगर । मोरङ क्षेत्र नं. ४ (२) का उम्मेदवार तथा विराटनगर महानगरपालिका पूर्व मेयर भीम पराजुलीले आफूले चुनाव जितेर गएपछि पाँच वर्षे विकासको रोडम्याप बनाएर जनताको काम गर्ने बताएका छन् । मोरङको कटहरी आयोजना गरिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्