रतुवामाईमा पत्रकार हौँ भनेर रकम अशुल गर्दै हँडेका दुई जना पक्राउ

 न्यूज विराट
रतुवामाईमा पत्रकार हौँ भनेर रकम अशुल गर्दै हँडेका दुई जना पक्राउ

विराटनगर, ६ असार । मोरङ रतुवामाई नगरपालिका १० स्थितबाट वनको कर्मचारी तथा पत्रकार हौ भनि रकम ठगी गर्ने २ जनालाई ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका ६ जुटबिकास का ५० बर्षीय दधिराम चौहान र मोरङ सुन्दरहरैचा नगरपालिका ७ का ५६ बर्षीय पुष्प प्रसाद सिग्देल रहेका छन् । गत असार ४ गते बेलुका ६ बजे रतुवामाई १० स्थितमा रहेको पूर्ण बहादुर श्रेष्ठको माईवेनी स-मिलबाट रकम उठाउन आएको बेला प्रहरीले बिशेष सुचनाको आधारमा उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको साथबाट नगद रु.३२ हजार ९ सय ९५ रुपैया, सृष्टि साप्ताहिक तथा सन्देश दैनिक समाचार पत्र लेखिएको रसिद प्याड थान-१, उठाएको रकम अभिलेख भएको डायरी थान-१, कान्तिपुर पोष्टको बजार ब्यवस्थापक परिचय पत्र थान-१, जनमत साप्ताहिकको सम्वाददाता परिचय पत्र थान-१, बराह साप्ताहिकको सम्वाददाता परिचय पत्र थान-१ बरामद भएको छ ।

बरामद भएको रकम अभिलेख डायरीमा मोरङको बिभिन्न स्थानमा बस्ने २५ जनाबाट जनही १ हजार देखी ११ हजार ५ सय सम्म उठाएको उल्लेख गरिएको छ ।

उनिहरुले हामी बनको कर्मचारी र पत्रकार हौं कार्यालयमा तेलको आवश्यक छ सहयोग गर्नुहोस अन्यथा तपाईहरूलाई काम गर्न अप्ठेरो हुनेछ भन्ने डर त्रास देखाई विभिन्न काठ मिलहरूमा रकम उठाई ठगी गर्ने गरेको प्रारम्भिक अनुन्धानबाट खुलेको छ । पक्राउ परेका द्धय चौहान र सिग्देल उपर ठगी कसूरमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार

नेपालमा कोरोनाबाट थप १ जनाको जनाको मृत्यु

अर्घाखाँची, २९ जेठ-अर्घाखाँची, २९ जेठ-अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेर उपचारका लागि बुटवल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । परीक्षणका लागि पठाइएको स्वाब परीक्षण गर्दा आज रिपोर्ट पोजिटिभ आएको...

पाँच महिनामा १९७ जना फरार प्रतिवादी पक्राउ

विराटनगर । मोरङ प्रहरीले पाँच महिनामा झण्डै दुई सय जना फरार प्रतिवादी पक्राउ गरेको छ । चालु आर्थिक वर्षको साउन देखि मंसिर १२ गतेसम्म १९७ जना फरार प्रतिवादी पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन...

पाँचौ मिल्स गोल्डकप : उपाधि होल्डमा उदयपुरको फ्यूजन क्लब

विराटनगर । गाइघाटको फ्यूजन फुटबल क्लब विराटनगरमा जारी पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगरको जुट मिल खेल मैदानमा बिहीबार भएको पहिलो सेमिफाइलन खेलमा सुनसरी इटहरीको टीएफसी तालतलैयालाई ५–१ गोलअन्तरले पराजित...

क्वारेन्टाइनमा जन्मिए जुम्ल्याहा शिशु

बुटवल, २७ वैशाख-दाङमा क्वारेन्टाईनमा बसेकी १ महिलाले जुम्ल्याहा शिशु जन्माएकी छिन् । तुलसीपुर उपमहानगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा अनिता यादवले जुम्ल्याहा शिशु जन्माएकी हुन् । २ दिनदेखि क्वारेन्टाइनमा बसेकी यादवले शुक्रबार जुम्ल्याहा छोरीलाई जन्म दिएकी थिइन्...

विराटनगरमा एसईइ फुटबल प्रतियोगिता हुँदै, मोरङ र सुनसरीका ४५ विद्यालयको सहभागी हुने

विराटनगर । विराटनगरमा दोस्रो संस्करणको एसईइ अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । सभ्य कला समाज र सम्राट स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा विराटनगरमा असार ३० गतेदेखि उक्त प्रतियोगिता सुरु हुने भएको...

कुरुवाको एक लाख लुटपाट गर्नेलाई समात्न हिडेको प्रहरीले ठगी गर्ने गिरोह समातेपछ….

विराटनगर । श्रृंखलाबद्ध रुपमा ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । नक्कली सुन देखाई नगद तथा गरगहना ठगी गरेको आरोपमा भारतीय नागरिकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा संखुवासभा पाचखपन...

मोरङको सुनवर्षीमा सुतेकै ठाउँमा मृत भेटिए २८ वर्षे युवक

विराटनगर, २ वैशाख । मोरङमा  २८ वर्षे एक युवक सुतेकै ठाउँमा मृत भेटिएका छन् । सुनवर्षी नगरपालिका-६ स्थित हरि राजवंशीकाे घरमा सुतेका तीर्थ निरौला बिहीबार राति ९ः२५ बजे मृत फेला परेका प्रहरीले जनाएकाे छ । माेरङ प्रहरीका...

विराट गोल्डकप : घरेलु टोली सांग्रीला फाइनलमा, आज मच्छिन्द्र र सिक्किम भिड्दै

विराटनगर । सडनडेथमा जित निकाल्दै घरेलु टिम सांग्रीला मोरङ एफए आठौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।विराटनगरस्थित सहिद रंगशालामा बुधबार राती सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफललाई सडनडेथमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्