घट्न थाल्यो सेबोनको विज्ञप्तिमा परेका कम्पनीको शेयरमूल्य, ४ कम्पनीमा नेगेटिभ सर्किट

 न्यूज विराट
घट्न थाल्यो सेबोनको विज्ञप्तिमा परेका कम्पनीको शेयरमूल्य, ४ कम्पनीमा नेगेटिभ सर्किट

काठमाडौं, २ असार । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले निकालेको विज्ञप्तिको प्रभाव बुधबारको बजारमा देखिएको छ । आज एकैदिन कारोबार खुलेको अढाई घण्टा नबित्दै चारवटा कम्पनीमा नेगेटिभ सर्किट लागिसकेको छ भने २५ कम्पनी सर्किट लाग्ने तरखरमा छन् ।  यसरी नेगेटिभ सर्किट लाग्नेमा अधिकांश हाइड्रो, फाइनान्स र विकास बैंक क्षेत्रका कम्पनीहरू छन् ।

सर्किट लाग्नेमा बेस्ट फाइनान्स, पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स र पाँचथर पावर कम्पनी रहेको छ । यी चारवटै कम्पनीको १० प्रतिशतले मूल्य घटिसकेको छ भने बाँकी २५ वटा कम्पनी पनि नकारात्मक सर्किट लाग्ने तरखरमा रहेका छन् ।

जलविद्युत‍्तर्फ जोशी हाइड्रोपावर, नेशनल हाइड्रोपावर, घलेम्दी हाइड्रो,  दिव्यश्वरी हाइड्रो, आँखुखोला जलविद्युत्, पंचकन्यामाई हाइड्रोपावर, छ्याङदी हाइड्रोपावर, लिवर्टी इनर्जी कम्पनी, पाँचथर पावर कम्पनीलगायतका कम्पनी रहेका छन् ।

बुधबार यो समाचार तयार पार्दा सम्म नेप्से सूचक २५ दशमलव ७१ अंकले घटेर २९९६ दशमलव ३६ अंकमा पुगिसकेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ३६ अंकले घटेर ५४६ दशमलव ९० अंकमा पुगेको छ ।

यस्तै, २ सय १४ कम्पनीको १ करोड ५० लाख ५२ हजार २ सय ८२ कित्ता शेयर ८ अर्ब ६९ करोड३५ लाख ६४ हजार ३९ रुपैयाँमा शेयर किनबेच भइसकेको छ ।

RITZबोर्डले मंगलबार जोखिमयुक्त ५१ कम्पनीको नाम सार्वजनिक गरेको थियो । जसमा आज ऋणात्मक हुने अधिकांश कम्पनी परेका छन् । नेप्सेले बोर्डको विज्ञप्तीमा प्यानिक भएर तत्काल शेयर नबेच्न आग्रह गरे पनि यतिबेला लगानीकर्ता प्यानिक सेल गरिरहेका छन् ।

बजार घटिरहेको अवस्थामा ६ दिन अगाडि मात्रै कारोबार सुरु गरेको सीइडीवीले भने ९ दशमलव ९० प्रतिशतले शेयरमूल्य बढाइसकेको छ । त्यस्तै सबैभन्दा धेरै कारोबार भने नेसनल हाइड्रोपावरको भइरहेको छ । यो कम्पनीको अहिलेसम्म ४४ करोड ८३ लाख ३८ हजार रुपैयाँको कारोबार भइसकेको छ ।

सम्बन्धित समाचार

अमेरिकामा ३ लाख संक्रमित कोरोना जितेर घर फर्किए

एजेन्सी, जेठ १-कोरोना भाइरसले सबैभन्दा बढी प्रभावित संयुक्त राज्य अमेरिकामा निको हुनेको संख्या ३ लाख १० हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ १४ हजार बढी व्यक्ति कोरोना जितेर घर फर्किएका छन् । अहिले...

कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो, अमेरिकामा एकैदिन २६ हजार थपिए

एजेन्सी, चैत २०-विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ९ लाख नाघेको छ । बुधबार एकै दिन ७६ हजार बढी संक्रमित थपिएसँगै यो संख्या ९ लाख नाघेको हो । पछिल्लो विवरण अनुसार विश्वका २०३...

मोरङमा ५.९५ प्रतिशत मत बदर, कुन क्षेत्रमा कति बदर ? (सुचिसहित)?

विराटनगर । मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा मोरङमा ५.९५ प्रतिशत मत बदर भएको छ । मोरङमा ४ लाख ८५ हजार ४९९ मत अर्थात ६६.१ प्रतिशत मत खसेको मध्ये १८ हजार ८६५...

दुबईमा नेपाली श्रमिक बेतलबी बिदामा बस्न बाध्य

काठमाडाैं, ४ वैशाख-दुबईमा धेरै नेपालीलाई राेजगारदाता कम्पनीले बेतलबी बिदामा बस्न बाध्य पारेकाे पाइएकाे छ । त्यहाँबाट नेपाल फर्किन चाहेका नेपालीमध्ये ७६ प्रतिशत बेरोजगार पाइएका हुन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले स्वदेश फर्किन चाहनेहरूको तथ्याङ्क थाहा...

सामूहिक बलात्कार प्रकरण : करातेका प्रशिक्षक राउत र सुवेदीको कसुर ठहर

विराटनगर । सामुहिक बलात्कार कसुरमा पुर्पक्षको लागि कारागारमा रहेका कराँते प्रशिक्षक विराटनगरका विनोद राउत र सुरज सुवेदीको अपराध ठहर भएको छ । मोरङ अदालतका न्यायाधीश अम्बिका प्रसाद दाहालको इजालशले राउत र सुवेदीले गरेको कसुर ठहर...

मिल्स गोल्डकप फुटबल ट्रष्टको अध्यक्षको विष्णु डंगोल चयन

विराटनगर । मिल्स गोल्डकप फुटबल ट्रष्टको अध्यक्षको विष्णु डंगोल अध्यक्षमा चयन भएका छन् । विराटनगरमा शुक्रबार भएको ट्रष्टको आठौं वार्षिक साधरणसभा तथा तेस्रो अधिवेशनबाट डंगोल सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । डंगोल खेलकुद क्षेत्रमा...

निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै रतुवामाईका मेयर रविन राई कांग्रेसको चुनावी प्रचारमा

विराटनगर, २० वैशाख । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितले स्थानीय कार्यपालिका र सोका सदस्यलाई पनि कुनैपनि राजनीतिक दल वा उम्मेदवारको पक्ष तथा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचार गर्न रोक लगाएको छ । त्यस्तै...

नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनियताको शपथ, विश्वकर्मा र दुगड हटाइए

काठमाडौं, १० पुस-प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद्मा केहीको जिम्मेवारी हेरफेर गर्दै नयाँ मन्त्रीसमेत थप गरेका छन् । प्रतिनिधिसभा विघटनपछि प्रचण्ड-नेपाल समूहबाट मन्त्रिपरिषद्मा सहभागीहरूले राजीनामा दिएपछि रिक्त स्थानमा ओलीले नयाँ मन्त्री नियुक्त गरेका हुन् । पूर्वमाओवादी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्