
विराटनगरमा चौथो नेवा महोत्सव सुरू, एकै ठाउँमा थरी–थरीका परिकार
विराटनगर । विराटनगरस्थित झीः पुचमा नेवा : त : मुँज्या र चौथो नेवा : महोत्सव सुरु भएको छ । नेपाल भाषा तथा सांस्कृतिक सङ्घ (झी पुचः) को आयोजनामा शुक्रबारदेखि नेवा : त: मुँज्या र चौथो...
काठमायौं, २६ जेठ । मनसुन भित्रिनै लागेको नेपालमा यसपालि मनसुनजन्य विपद् (मुख्यगरी बाढी पहिरो) बाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । गत वर्ष औषत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति बेहोरेको मुलुकसामु सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको यसपालिको मनसुनमा झन् चुनौतीपूर्ण रहने अनुमान मौसमविद्ले गरेका छन् ।
जल तथा मौसम विज्ञान विभागले यसअघि नै मुलुकमा मनसुनमा सरदरभन्दा बढी पानी पर्ने आंकलन सार्वजनिक गरिसकेको छ । उक्त चेतावनीसँगै आम नागरिक र सरोकार राख्ने निकाय थप सावधानी र सचेत हुनुपर्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउँछन् ।
‘मुख्यतः एक त बढी नै वर्षा हुने आँकलन छ, कोभिडको महामारीले विगतको भन्दा जोखिम छ, डढेलोले पहाड नाङ्गो पारिसकेकाले जोखिम क्षेत्रबाहेकमा पनि थप पहिरो खस्ने सम्भावना छ, गरिबी पनि बढेकाले मुलुक थप चुनौतीपूर्ण अवस्थामा गुज्रिएको छ’, पोखरेलले भने, ‘त्यसलाई केन्द्रित गरेर नै पूर्वतयारी र प्रतिकार्य याजना अघि बढाएका छौँ ।’
विगतको तथ्यांक विश्लेषणको आधारमा प्राधिकरणले यसपालि मनसुनमा १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरेको छ । प्राधिकरणका सिनियर डिभिजनल हाइड्रोलोजिष्ट राजेन्द्र शर्माले बाढीबाट १७ लाख र पहिरोबाट एक लाख २० हजार प्रभावित हुने अनुमान गरिएको जानकारी दिनुभयो । गत वर्ष १५ लाख प्रभावित हुने अनुमान गरिएको थियो ।
सरदर मात्रै पानी पर्ने अनुमान गरिएको गत वर्ष मनसुनजन्य विपद्बाट झण्डै ४०० मानिसको मृत्यु भएको थियो । एक हजार १०० बढी परिवार प्रत्यक्ष प्रभावित भएका थिए । यसपालि बढी पानी पर्ने पूर्वानुमानसँगै मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ तयार गरी स्थानीय तह, प्रदेश सरकार तथा सम्बद्ध सङ्घसंस्थासँगको समन्वयमा विगतको अनुभवबाट सिकेर आवश्यक पूर्वतयारी थालिसकिएको छ ।
प्राधिकरणका उपसचिव वेदनीधि खनाल भन्छन्, ‘विगतका वर्षको अनुभव हेर्दा साउनअसोजमा बढी प्रभाव पारेको देखिएको छ ।’ उनले बाढीपहिरोका दृष्टिले नेपालको सबै ठाउँ जोखिममा रहेको बताए । खनाल यसपटक विगतको भन्दा झण्डै १२ गुणा बढी आगलागी भएकाले थप क्षति हुनसक्ने सम्भावना देखाउँछन् ।
प्राधिकरणले पूर्व सूचना प्रणालीलाई थप व्यवस्थित र भरपर्दो बनाउने, अस्थायी आश्रयस्थल तथा तत्कालको राहतका लागि अहिलेदेखि नै व्यवस्थापन गर्ने, ठाउँठाउँ पुर्याउने, घर भत्कियो भने तत्कालै बनाएर आवास व्यवस्थापन गर्ने गरी योजना निर्माण गरिएको प्राधिकरण प्रमुख पोखरेल बताउँछन् । यसपालि प्रदेशको पनि कार्ययोजना बनाएर अघि बढाइएको छ भने केही हटस्पट भएको गाउँपालिकाको कार्य योजना पनि तयार पार्ने क्रममा रहेको प्राधिकरणले जनाएको छ ।
गत वर्षको विपद् क्षेत्रमा गएको हेलिकप्टरले मौसम खराब हुँदा उद्धार र राहतका काम गर्न सकेको थिएन । सडकमार्ग हुँदै गएका उद्धार टोली पनि पहिरो र बाढीका कारण समयमै घटनास्थल पुग्न सकेको थिएन । त्यसलाई सिकाइकै रुपमा लिँदै विपद् जोखिम पूर्व तयारी तथा प्रतिकार्य योजना तयार पारिएको छ । जोखिम क्षेत्रको जानकारीलाई पनि मौसम सूचना प्रणालीमा समावेश गरिनेछ । आवश्यक तयारीका लागि सरकारबाट कानूनी संरचना निर्माण र छिटो उद्धार कसरी गर्ने भन्नेर समिति समेत बनाइसकिएको र त्यसले काम गरिरहेको पोखरेल बताउँछन् ।
सोही पूर्वतयारीका लागि आज प्राधिकरणले समन्वयात्मक रुपमा भर्चुअल बैठकसमेत गरेको छ । उक्त छलफलमा भाग लिँदै विपद् पूर्वतयारी सञ्जाल नेपालका अध्यक्ष सूर्यबहादुर थापा क्षति न्यूनीकरण नै पहिलो लक्ष हुनुपर्नेमा जोड दिन्छन् । यसपालि सरदरभन्दा बढी पानी पर्ने आँकलन गरिएकाले यसपटकको मनसुनमा बढी नै तयारीमा लाग्नुपर्ने देखिँदा साझा प्रयासको खौँचो रहेको उनले औँल्याए ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् विभूति पोखरेलले यसपालि मनसुन सक्रिय नै हुने देखिएको जानकारी दिइन् । ‘प्रिमनसुनमा जसरी वर्षा हुनुपर्न थियो भएन, अहिले बङ्गालको खाडीमा न्यून चापीय क्षेत्र विकसित हुँदैछ जसका कारण देशभर मनसुन सक्रिय हुने देखिएको छ’, उनले भने ।
विभागको बाढी पूर्वानुमान महाशाखा प्रमुख विक्रम श्रेष्ठ हरेक वर्ष बाढीलाई फोकस गरेर २४ घण्टै पूर्व सूचना दिने गरिएको बताउँछन् । केही हप्ताअघि मनसुन आपतकालीन कार्ययोजना २०७८ जारी गरेर काम हुँदै आएको र दिनमा तीन पटक बाढीको सूचना दिने गरिएको उनले जानकारी दिए । ‘हामीले ठूला र साना खोलाको अबस्था कस्तो रहने छ भनेरसमेत दिने गरेका छौँ’, उनले थपे ।
संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि सारा बेस्लो नयन्टीले नेपालको विपद्मा संयुक्त राष्ट्रसंघको सधैँ साथ र सहयोग रहने उल्लेख गर्दै कोभिड—१९, त्यसको आर्थिक संकट र मनसुनजन्य विपद्मा सरकार र सबै निकाय मिलेर काम गर्नुपर्ने धारणा राखिन् । जलस्रोत तथा सिँचाइ विभागको नदी व्यवस्थापन शाखा प्रमुख विष्णुदेव यादवका अनुसार मसुलकका विभिन्न तटबन्ध र जोखिम क्षेत्रमा प्रभावकारी उपाय अपनाई बाढी तथा डुबानको जोखिम न्यूनीकरण गरिरहेको तथा आवश्यक तार जाली बोरा, भण्डारणको तयारी थालिएको छ ।
यादवले सीमावर्ती क्षेत्र तटबन्ध र अरु संरचनाले पुर्याएको अवरोधका सन्दर्भमा भारतसँगको समन्वयमा निकास निकाल्ने काम शुरु भएको बताए । सीमा क्षेत्रमा वर्षेनी डुबान हुँदै आएको छ । बजेटको अभाव भएकाले चुनौतीपूर्ण अवस्था कायमै रहेको उनले बताए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल विपद्को समयमा नागरिकलाई सचेत बनाउन मिडिया प्रभावकारी माध्याम हुने बताए । कोरोनाका बेला मास्कको प्रयोग गर्ने विषयमा ८५ प्रतिशत मानिसले मिडियाबाट जानकारी पाएको भन्ने अध्यययनबाट देखाएकाले विपद्का बेलामा पनि मिडियामार्फत सूचना जाँदा थप प्रभावकारी हुने उनको भनाइ थियो ।
विराटनगर । विराटनगरस्थित झीः पुचमा नेवा : त : मुँज्या र चौथो नेवा : महोत्सव सुरु भएको छ । नेपाल भाषा तथा सांस्कृतिक सङ्घ (झी पुचः) को आयोजनामा शुक्रबारदेखि नेवा : त: मुँज्या र चौथो...
विराटनगर । विराटनगर–१० मा रहेको कान्तिपुर कलेजले कम्प्युटर विज्ञान विषयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी आइटी तथा क्यारियर काउन्सिलिङ कार्यक्रम सुरु गरेको छ । तीन दिनसम्म चल्ने कार्यक्रममा कलेजमा अध्ययरत व्यवस्थापन तथा विज्ञान सङ्कायका कम्प्युटर विज्ञान...
काठमाडौं, साउन २ । सर्वाेच्च अदालतले संबिधान नै अपत्यक्ष रुपमा संशोधन गरी परमादेश धारा थप गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेपछि राष्ट्रिय सभामा सत्तापक्ष अल्पमतमा परेको छ । प्रतिनिधिसभामा समेत अर्काे दलको सांसदलाई आधार बनाएर अल्पमतमा...
काठमाडौं, ५ फागुन । ज्यान्सेन (जे एण्ड जे) खोप लगाएका व्यक्तिले पनि बुस्टर मात्रा लगाउन मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रष्ट्याएको छ । जिल्ला-जिल्लाबाट पहिलो मात्रा लगाए पुग्ने जे एण्ड जे खोप लगाएकाले के गर्ने...
काठमाडाैं, २४ असार-कोरोना भाइरस ‘हावाबाट फैलिने’ प्रमाण फेला परेको छ । यस्तो प्रमाण भेटिएको कुरा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) स्वीकार गरेको छ ।यसअघि वैज्ञानिकहरूको समूहले डब्लूएसओलाई पत्र पठाउँदै आफ्नो विद्यमान दिशानिर्देशमा सुधार गर्न अपिल गरेको...
काठमाडौं, २२ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद हल गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पुनः छलफलमा बसेका छन् । आगमी असार २४ गते ११ बजेसम्मका लागि जारी स्थायी समिति...
विराटनगर । समाजवादी मोर्चाले विराटनगरमा ‘सन्देश सभा’ गर्ने भएको छ । सोमबार विराटनगरस्थित मनास्लु होटमा सभा गर्ने भएको हो । समाजवादी मोर्चाले विराटनगरमा शनिबार पत्रकार सम्मेलन गरी मोर्चाले गर्ने सन्देश सभाको तयारी पुरा भएको जानकारी...
विराटनगर । विराटनगर – ७ महावीर रोडस्थित अनिल साहको गोदाममा छापा हानेर ठुलो परिमाणमा तस्करीको कपडा बरामद गरेको छ । कपडाको व्यापारी साहको गोदाममा शुक्रवार दिउँसो विराटनगर भन्सार कार्यालय र प्रहरीले छापा हानेर ठुलो परिमाणको...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.