मुख्यमन्त्री राईले दिए बुद्ध जयन्ती र उभौली पर्वको शुभकामना

 न्यूज विराट
मुख्यमन्त्री राईले दिए बुद्ध जयन्ती र उभौली पर्वको शुभकामना

विराटनगर, जेठ १२ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बुद्ध जयन्ती तथा किराँत समुदायको महान साँस्कृतिक चाड उभौली (साकेला, साकेन्वा, चासोक तङनाम, चासुवा, फोलस्याँदर) २०७८ को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले विश्व शान्तिका अग्रदूत गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय रहेको उल्लेख गरेका छन् । ‘शान्ति, अहिंसाका प्रतिमूर्ति गौतम बुद्धबाट व्यक्त सत्य वचनहरुको महत्व आजको विश्व परिवेशमा झनै बढेको छ ।’ मुख्यमन्त्री राईले भनेका छन्,‘बुद्धको उपदेशलाई आत्मसात गर्न सकिए राष्ट्र र विश्वमा नै बन्धुत्व, सद्भाव र दीगो शान्ति स्थापना हुने मेरो विश्वास छ ।’

त्यस्तै सन्देशमा मुख्यमन्त्री राईले उभौली जस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख गरेका छन् ।

हिमाल, पहाड र तराईमा बस्ने सबै नेपालीबीच बन्धुत्व, भाइचारा र एकताको भावना बढाउन यस प्रकारका चाडपर्वले उर्जा प्रदान गर्दै आएको मुख्यमन्त्री राईको भनाई छ । साथै, यस प्रकारका मौलिक साँस्कृतिक चाडपर्वहरुले सामाजिक एवम् पारिवारिक जमघट गराउने र समुदायबीचमा आपसी सद्भाव सुमधुर बनाउन सहयोग समेत गरेको उहाँले आफ्नो सन्देशमा उल्लेख गरेका छन् ।

बढ्दो रुपमा फैलिएको कोरोना भाइरस का कारण यी चाडपर्व खुला र भव्य रुपमा मनाउन सम्भव नभएको बताउँदै मुख्यमन्त्री राईले भाइरसको संक्रमणबाट बच्न र सुरक्षित रहन अपील समेत गरेका छन् ।

सम्बन्धित समाचार

कोइराला निवासमा विपी जयन्तीका अवसरमा कविगोष्ठी

विराटनगर । साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ११० औं जन्मजयन्तीका अवसरमा नेपाली लेखक संघ मोरङले कवि गोष्ठी आयोजना गरेको छ ।संघले राणा शासनविरुद्ध आन्दोलनको विगुल फुक्ने कोइराला निवासमा कविगोष्ठी आयोजना गरेको हो । विराटनगर महानगरपालिकाका मेयर नागेश...

प्रचण्डलाई काम गर्न नदिएर विवाद निम्तिएको होः सांसद मण्डल

विराटनगर, साउन १६–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सांसद शिवकुमार मण्डलले कार्यकारी अध्यक्षलाई काम गर्न नदिएकाले पार्टी भित्र विवाद निम्तीको बताएका छन् । प्रचण्ड पक्षिय नेतासमेत रहेका सांसद मण्डलले एक टेलिभिजनसँगको अन्तरवार्तामा प्रचण्डलाई...

उदयपुरको भुल्केका थप ८ जनामा कोरोना पोजेटिभ, बीपी प्रतिष्ठानमा पुनः परीक्षण हुँदै

विराटनगर, ९ वैशाख-एकसाथ १२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के गाउँका थप ८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । उदयपुरबाट गत शनिबार संकलन गरी विराटनगर ल्याएको ६९ जनाको...

पोखरामा ४ हजार बढी विपन्नलाई निःशुल्क खाना

पोखरा, ११ वैशाख-लकडाउनका कारण आर्थिक संकटमा परेर खाना खान नपाएकालाई पोखराका युवाले निःशुल्क खाना खुवाने अभियान चलाएका छन् ।पौरखी स्वयम् सेवक समूह बनाएर युवाले खान नपाएका विपन्नलाई खाना पकाएर घरसम्म नै निःशुल्क पुर्‍याइदिने अभियान चलाएका...

सिटिभिटीले लिएको लेभल टूको परीक्षा विवादमा, केन्द्र सारेर पुनः परीक्षा लिन माग

विराटनगर । प्राबिधिक तथा व्यवसायिक तालिम परिषद् (सिटिभिटी) ले सौन्दर्यकर्मीहरुको लागि सुरू भएको लेभल टूको प्रयोगत्मक परीक्षा विवादमा परेको छ । ३ फागुनदेखि विराटनगरमा सुरु भएको प्रयोगत्मक परीक्षा विवादमा परेको हो । परीक्षा निष्पक्ष हुन...

मौद्रिक नीतिमार्फत घरजग्गा र सेयरधितो कर्जामा थप कडाइ

काठमाडौं- मौद्रिक नीतिमार्फत घरजग्गा र सेयरधितो कर्जामा थप कडाई गर्ने निष्कर्षमा नेपाल राष्ट्र बैंक पुगेको छ। जसका कारण सेयर बजार र घरजग्गा व्यवसायीका लागि आजदेखि सुरु भएको आर्थिक वर्ष पनि फलदायी नहुने देखिएकाे छ। नेपाल...

थप ७२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ सय ७५ पुग्यो

काठमाडौं, १२ जेठ-नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा, भेरी...

फेरी बढ्यो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौं, २८ माघ । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । बुधबार राती १२ बजेदेखि लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २/२ रुपैयाँले बढाएको हो । योसँगै काठमाडौं उपत्यकामा पेट्रोल १ सय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्