१५३ सांसदको समर्थनसहित वैकल्पिक सरकारमा ओलीको दाबी प्रस्तुत

 न्यूज विराट
१५३ सांसदको समर्थनसहित वैकल्पिक सरकारमा ओलीको दाबी प्रस्तुत

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि १५३ सांसदको हस्ताक्षरसहित राष्ट्रपति समक्ष दाबी पेश गरेका छन् ।

एमालेका १२१ र जसपाका ३२ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दावी पेश गरिएको प्रधानमन्त्रीका सल्लाहकार डा.राजन भट्टराईले  जानकारी दिए ।

जसपा अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले ओलीलाई समर्थन रहेको पत्र सहित शीतल निवासमा पेश गरिएको बताइएको छ । ओली दाबी प्रस्तुत गरेर शीतल निवासबाट बालुवाटार फर्केका छन् ।

सम्बन्धित समाचार

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बृक्षारोपण

विराटनगर, १९ साउन । रोटरी क्लब अफ विराटनगर डाउन टाउनले बृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिएको छ । क्लबले स्वच्छ वातावरणका लागि सुरु गरेको बृक्षारोपण कार्यक्रम अन्तर्गत दोस्रो चरणमा विभिन्न स्थानमा बृक्षारोपण गरेको हो । क्लबले उद्योग...

विराटनगर भावीपुस्ताले गर्व गर्न लायक बनाउन सकिन्छ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर बनाउने दायित्व र जिम्मेवारी हरेक महानगरवासीको भएको बताउनुभएको छ ।विराटनगरस्थित सन्सारीमाईस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी कृष्णप्रसाद मास्केले निर्माण गरेको एकतले भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै...

भारतमा ४ जेठसम्म लकडाउन लम्बियाे

एजेन्सी, बैशाख १९-वैशाख-भारत सरकारले लकडाउनको अवधि थप २ साता बढाएर ४ जेठसम्म पुर्‍याएकाे छ । लकडाउनका बाबजुद संक्रमितको संख्या निरन्तर बढेपछि २१ वैशाखसम्म अर्थात् ३ मेसम्मको अवधिलाई बढाएर १७ मेसम्म निरन्तरता दिने घोषणा प्रधानमन्त्री नरेन्द्र...

रिसोर्टमा युवतीको मृत्यु

डडेल्धुरा, १४ जेठ-डडेल्धुरा सदरमुकाम नजिकै रहेको रातो गुराँस रिसोर्टमा १ युवती मृत भेटिएकी छिन् । प्रहरी जवान पदमा कार्यरत युवकसँगै रिसोर्टमा बास बसेकी उनको शंकास्पद मृत्यु भएपछि आफन्तले उनको हत्या भएको बताएका छन् । डडेल्धुराको...

आजदेखि विदेशमा अलपत्र नेपालीको उद्धार, उपत्यकामा ७ ‘होल्डिङ सेन्टर’ तयार

काठमाडौं, २३ जेठ-विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्न उपत्यकामा ७ ‘होल्डिङ सेन्टर’ तयार गरिएका छन् । २ ‘होल्डिङ सेन्टर’ भने जगेडामा राखिएका छन् । विदशेबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टाइन वा सेल्फ क्वारेन्टाइनमा नजाँदासम्म बस्ने स्थान...

एमाले र राप्रपाले बहिष्कार गरेपछि कोशी प्रदेशसभा बैठक स्थगित

विराटनगर । नेकपा एमाले र राप्रपाको कोशी प्रदेशसभाको आजको बैठक बहिष्कार गरेपछि स्थगित भएको छ । बैठक सुरु भएलगत्तै एमाले र राप्रपाका सांसदहरू उठेर विरोध गरेपछि अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको हो ।...

एकै दिन ३ सय ९६ स्थानीय तहमा अस्पताल भवन शिलान्यास

गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ ३ सय ९६ स्थानीय तहमा अस्पताल निर्माणको प्रारम्भ गरिएको छ । चालू आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शय्यासम्मका...

देशभर आज थपिए २७९ कोरोना संक्रमित, हालसम्म ४ हजार ३६४ संक्रमण पुष्टि

काठमाडौं, २८ जेठ-नेपालमा थप २ सय ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गत २४ घण्टाको अवधिमा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ७९ जनामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्