३ दिनमा ३ दाजुभाइको निधन : घटना सुनेर दिदीको पनि मृत्यु, सिंगै गाऊँ शोकमग्न

 न्यूज विराट
३ दिनमा ३ दाजुभाइको निधन : घटना सुनेर दिदीको पनि मृत्यु, सिंगै गाऊँ शोकमग्न

बाँके, जेठ ६ । मुस्लिम समुदायमा एक महिने इदुल फित्र (इद) को पवित्र रोजा चलिरहेको बेला कोरोना संक्रमणबाट एकै परिवारका तीन दाजुभाईको मृत्यु भएपछि सिंगै गाउँ शोकमग्न भएको छ । नेपालगन्ज उपमहानगरपालिका ३ सदरलाइन (सुनार मण्डी) का सहोदर तीनभाइलाई रोजाकै बेला कोरोना संक्रमण भयो र ज्यान गयो। स्व.नजिर अहमद हल्वाई र फातिमा बानुका ७ भाइ छोरामध्ये काइलो ४८ वर्षका इम्तियाज अमहद, राइलो ४६ वर्षका एजाज अहमद र ४१ वर्षका कान्छो जहिर अहमदको ३६ घण्टाको अन्तरमा भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

जहिर क्रिकेटका राष्ट्रिय खेलाडी थिए। एजाज अदालती अभ्यासमा नभए पनि अधिवक्ता हुनहुन्थ्यो । इम्तियाजको लन्ड्री पसल रहेको छ। २२ वैशाखमा कान्छा जहिरको निधन भयो। अर्को दिन २३ वैशाखमा एजाजले ज्यान गुमाउनु भयो। २४ वैशाखमा इम्तियाजले पनि संसार छोडे। ३ भाइको निधनको शोकमा ५५ वर्षीया दिदी नूर अपसाको पनि घटनाको केही दिनमै मृत्यु भयो।

हट्टाकट्टा, खासै रोग नभएका एकै परिवारका तीन–तीन दाजुभाइको निधनले सुनारमण्डी टोल शोकमा डुब्यो। खबर नगरमा सनसनीपूर्ण रूपमा फैलियो। कोरोना केही पनि होइन भन्ने सबैलाई अहिले स्तब्ध बनाएको छ। झस्काएको छ। घटनाको झन्डै दुई सातासम्म पनि टोल शोकाकूल छ। अझै पनि आफन्तहरू घरमा आउन सकेका छैनन्। मृत्युको खबरले आफन्त धेरैले रोजा पूरा गर्न सकेनन्। इस्लाम धर्ममा बिरामी, अशक्त र बालबालिकालाई रोजा नगर्न पनि छुट हुन्छ।

कोरोनाले कसरी एक्कासि मान्छेको ज्यान लिँदोरहेछ, यो परिवार आश्चार्य चकित छ। ‘काका एजाजलाई मधुमेहको समस्या थियो। अरू कसैलाई दीर्घरोग थिएन। मधुमेहको रोगी भए पनि उहाँले औषधि सेवन गर्नु भएको थिएन। खानपिनबाटै मधुमेहलाई नियन्त्रणमा राख्नु भएको थियो’, भतिजा सहनाज आदिलले यर्थाथता दर्शाए। कान्छा जहिर क्रिकेट खेलाडी भएकाले हट्टाकट्टा नै थिए। अस्पतालमा भर्ना हुने दिनसम्म उनको अक्सिजन लेभल ९० थियो। एक्कासि सास फेर्न गाह्रो भएको थियो। तर, सुरुमा निधन उनकै भयो।

निधन भएका तीनवटै भाइलाई सुरुमा खोकी र ज्वरो आएको थियो। उनीहरूले त्यसको औषधि खाए तर निको भएन। शंका लागेर नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो। जटिल स्वास्थ्य समस्या नहुँदासम्म उनीहरू होम आइसोलेसनमै बसेका थिए। तीन भाइलाई कोरोना भएपछि अरू थप ४ जनाको कोरोना परीक्षण गरिएको थियो। मृतकद्वय काइला र कान्छाकी पत्नीलाई पनि कोरोना पुष्टि भयो तर उनीहरू होम आइसोलेसनमा बसेर निको भए। ती बाहेक अरु कसैलाई कोरोना संक्रमण भएन। अस्पतालमा कुर्ने छोरा भतिजाहरूमा पनि कोरोना भएन।

त्यस्तै, नेपालगन्ज–५ को बच्चुपुरुवाका २८ वर्षका अशोक मौर्य (मुराउ)ले कोरोनाबाट ६५ वर्षका पिता रामगोपाल मुराउलाई भेरी अस्पतालमा उपचारको क्रममा गुमाए। बुबाको मृत्युको १४ घण्टामै ६० वर्षीया आमा सावित्रीदेवी मुराउको पनि मृत्यु भयो।

सम्बन्धित समाचार

सर्वोच्चकी पहिलो महिला न्यायाधीश सुशीला सिंहको निधन

काठमाडौं, १० जेठ-सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीश सुशीला सिंह (शिलु)को ८१ वर्षको उमेरमा निधन भएको छ । उनको ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पताल उपचारका क्रममा शुक्रबार निधन भएको हो । उनी २०५८ साल वैशाखदेखि २०६३...

एसियाली आईटीएफ तेक्वान्दोमा नेपालले २ स्वर्ण र १ रजत पदक जित्यो

विराटनगर । भारतको बैङ्लोरमा सम्पन्न १० औं एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालले २ स्वर्ण र १ रजत पदक जितेको छ । काभ्रेपलाञ्चोकका राजमन्दिर श्रेष्ठ र किशोरवरुण श्रेष्ठले स्वर्ण तथा झापाका चन्द्रबहादुर तामाङले रजत पदक प्राप्त...

युरोपको एक मात्र देश, जहाँ छैन कोरोना भाइरसको डर

एजेन्सी चैत १४-पछिल्ला केही सातादेखि युरोप कोरोना भाइरसको महामारीको केन्द्र बनेको छ । केही देशमा सरकारले नागरिकलाई घरभित्रै बस्न भनिरहेको छ र देश नै लकडाउन गरिएको छ । भाइरस फैलिन नदिन प्रतिबन्धहरू लगाइएको छ ।...

वैशाख कृष्ण औँसी आज, सामाजिक दूरी कायम गरेर आमाको अनुहार हेर्न सुझाव

काठमाडौं, ११ वैशाख-वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने दिन आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुसी पारी मनाइँदै छ । यो वर्ष कोरोना महामारी भएकाले सामाजिक दूरी...

संक्रमितको सम्पर्कमा आएको आशंकामा उदयपुर र वीरगञ्जका ५ सय ४९ जनाको कोरोना परीक्षण

उदयपुर र वीरगंजका संक्रमितको सम्पर्कमा आएका आशंकामा ५४९ जनाको नमुना संकलन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले उदयपुर र वीरगंजमा भेटिएका संक्रमितको कन्ट्रायक ट्रेसिङका आधारमा...

संघीय संसदको महासचिवमा गौतम सिफारिस

काठमाडौं, २२ वैशाख-संघीय संसदको महासचिवमा डा. भरतराज गौतम सिफारिस भएका छन् । गत २ चैतमा महासचिव मनोहरप्रसाद भट्टराईले अवकाश पाएपछि सो पद रिक्त थियो । संसदको बजेट अधिवेशन २६ वैशाखबाट सुरु हुने भएपछि गौतम महासचिवमा...

एकीकृत समाजवादीले संसदीय दलको नेता चयन गर्दै

काठमाडौं, १३ भदौ । संसदीय दलको नेता चयन गर्न नवगठित नेकपा (एकीकृत समाजवादी) को बैठक बस्दैछ । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको सांसद मेटमणि चौधरीले जानकारी दिए । बैठकले अध्यक्ष...

प्रदेश १ मा थप ७ जना संक्रमितको मृत्यु

विराटनगर, २९ असोज–प्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार र विराटनगरमा तीन कोरोना संक्रमितको मृत्यु भएको हो ।  धारास्थित बीपी कोइराला स्वास्थ्य...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्