राष्ट्रिय सभा उपनिर्वाचन आज, नतिजा पनि आजै आउने

 न्यूज विराट
राष्ट्रिय सभा उपनिर्वाचन आज, नतिजा पनि आजै आउने

बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतदान केही बेरमा हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन हुनेछ । शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका हिसाबले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

उपनिर्वाचनमा बागमती प्रदेशसभा सदस्य ११० र बागमती प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८  मतदाता छन् ।

निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ । मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको छ ।

मतदाताको निर्वाचक मण्डलबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको उक्त निर्वाचनमा सहभागी हुन सबै मतदातालाई आयोगले अनुरोध गरेको छ । हेटौँडा उपमहानगरपालिका– ४ स्थित भुटनदेवी उच्च माध्यमिक विद्यालयमा कायम गरिएको केन्द्रमा मतदान हुनेछ ।

केन्द्रमा प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र कोभिड सङ्क्रमित मतदाताका लागि बेग्लाबेग्लै मतदानको व्यवस्था मिलाइएको छ । उपनिर्वाचनमा यसअघिका विभिन्न निर्वाचनमा जारी मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्र देखाएर मतदान गर्न सकिने छ । निर्वाचनमा नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र अन्य दलका तर्फबाट खीमलाल देवकोटा प्रतिस्पर्धामा छन् ।

त्यस्तै नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङले उम्मेदवारी दिएका छन् । निर्वाचन सकिनासाथ मतगणना हुने र नतिजा पनि आजै आउने आयोग स्रोतले जनाएको छ ।

नेकपाबाट निर्वाचित गृहमन्त्री थापालाई दल त्यागसम्बन्धी कानूनका आधारमा नेकपा माओवादी केन्द्रले पदमुक्त गरेपछि रिक्त स्थानमा यो निर्वाचन हुन लागेको हो । वर्तमान संविधान कार्यान्वयमा आएपछि राष्ट्रिय सभा सदस्यको पहिलो पटक उपनिर्वाचन हुन लागेको हो ।

नतिजा भर्चुअल माध्यमबाट

आज हुने राष्ट्रिय सभा उपनिर्वाचनको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन मिलाइएको छ ।प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठका अनुसार मतगणनाको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन गरिएको हो ।

मतदान स्थल भुटनदेवी माविमै मतगणना गरी सोको नतिजा भर्चुअल माध्यम (जुम) मार्फत सार्वजनिक गर्ने योजना बनाइएको छ । मतगणना साँझ ५ बजेदेखि सुरु गरिने छ । आजै बेलुकासम्ममा नतिजा आइसक्ने जनाइएको छ ।

मतदानका लागि कोभिड सङ्क्रमित मतदाताले भुटनदेवी माविको उत्तर गेटबाट मात्रै प्रवेश पाउनेछन् भने अन्यले पश्चिम गेटबाट प्रवेश पाउनेछन् ।

मतदाताहरूलाई सामान्य स्वास्थ्य जाँचपछि १० मिटरको दूरीमा होल्डिङ सेन्टरमा बसाइने प्रमुख निर्वाचन अधिकृत श्रेष्ठले बताए ।

प्रदेश निर्वाचन आयोगको कार्यालयका अनुसार कुल मतदातामध्ये यसअघि नै १३ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

मतदानबाट कसैलाई पनि वञ्चित नगर्न प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख÷उपप्रमुखहरुलाई पिसिआर रिपोर्ट अनिवार्य नगरिएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार

५० प्रतिशत घरभाडा मिनाहा गर्न घरबहाल सरोकार महासंघको माग

विराटनगर, १३ जेठ । घरबहाल सरोकार महासंघले घर बहाल मिनाह गर्न माग गरेको छ । घरबहाल सरोकार महासंघका अध्यक्ष अधिवक्ता बलभद्र खनालले एक विज्ञप्ति जारी गर्दै महामारीका कारण विभिन्न पेशा, रोजगारी, व्यापार, व्यवसाय, उद्योग, कलकारखानाका...

सामाजिक सञ्जाल विधेयकको विरोधमा विराटनगरमा प्रर्दशन

विराटनगर । विराटनगर नागरिक अभियानले विराटनगरमा सामाजिक सञ्जाल विधेयकका विरुद्धमा सांकेतिक विरोध कार्यक्रम गरेका छन् । आज उनीहरुले विराटनगरको ट्राफिक चोकमा भेला भएर विरोध प्रर्दशन गरेका हुन् । विरोध प्रर्दशनले सरकारी प्रस्तावित विधेयकको विवादास्पद प्रावधानहरूमाथि...

ग्रडेड स्कुलमा फुड फिस्टा

विराटनगर । विराटनगरमा रहेको ग्रेडेड स्कुलमा एक दिने फुड फिस्टा आयोजना गरेको छ । बिद्यालय परिसरमा उक्त फुट फिस्टा आयोजना गरेको हो । कार्यक्रममा कक्षा ६ देखि ८ सम्मका बिद्यार्थीहरु सहभागी भएका थिए । विद्यार्थीहरुलाइ...

कोबासमा नयाँ भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण

विराटनगर । विराटनगर –१० निलसदनस्थित कोबास कलेजले नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण कार्यक्रम गरेको छ । विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरी कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण गराएको...

मोरङ ५ का एकसय परिवारलाई राहात

गोपाल पोखरेल,विराटनगर ३१ बैशाख , मोरङ क्षेत्र न. ५ का एकसय एक परिवारलाई पुग्ने राहात सामाग्री समाजसेवी मनिस गु?ङले कांग्रेसका लोकप्रीय केन्द्रिय सदस्य अमृृत अर्याल लाई हस्तान्त्रण गर्नुभएको छ । सो सामाग्री आज हस्तान्त्रण गरिएको...

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन थप्ने सम्भावना

काठमाडौं, ४ जेठ-आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । लकडाउनबारे निर्णय गर्नका लागि बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । केही दिनयता लगातार संक्रमितको संख्या बढेसँगै आजको बैठकले लकडाउनको अवधि लम्बाइने...

आज थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ५० पुग्यो

काठमाडौं, १ जेठ-नेपालमा आज थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सर्लाही धान्कौल नगरपालिकाका ४५ वर्षीय पुरुष, धनुषाको जनकपुर नगरपालिकाका ४० वर्षीय पुरुष, मिथिला नगरपालिकाकी २० वर्षीया महिला,...

झापामा आजदेखि निषेधाज्ञा खुकुलो

झापा, १ भदौ । झापामा विगत दुई सातादेखि लगाइँदै आएको निषेधाज्ञा आजदेखि खुकुलो भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले बिहान १० देखि बेलुका ६ बजेसम्म सबैखाले पसल, सटर खुला गर्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्