सरकारलाई सर्वोच्चको आदेश- निषेधाज्ञाभर कर नबुझाए पनि जरिवाना नलिनू

 न्यूज विराट
सरकारलाई सर्वोच्चको आदेश- निषेधाज्ञाभर कर नबुझाए पनि जरिवाना नलिनू

सर्वोच्च अदालतले निषेधाज्ञा लागू भएको समयावधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगरे जरिवाना नतिराउन अन्तरिम आदेश दिएको छ ।

बुधबार न्यायाधीश मीरा खड्काको एकल इजलासले निषेधाज्ञा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र विवरण र कर बुझाउन सकिने व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

आदेशमा बाटोको म्यादबाहेक १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेस गर्न अर्थ मन्त्रालयलाई भनिएको छ ।

अधिवक्ता सिर्जना अधिकारीले सरकारको आन्तरिक राजस्व विभागको वेबसाइटमा कर विवरण बुझाउनेसम्बन्धमा कुनै सूचना वा जानकारी उपलब्ध नगराई जरिवाना लगाइएको जनाउँदै अदालतमा  निवेदन दायर गरेकी थिइन् ।

सम्बन्धित समाचार

कोभिड प्रोटोकल पूरा नभए त्रिवि परीक्षा स्थगित गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरुमा भौतिक दूरी कायम भए÷नभएको र परीक्षा कोठामा स्यानेटाइजर एथेष्ट मात्रामा भए नभएको अनुगमन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले बिहीबार त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरुमा...

निजी विद्यालयलाई शिक्षा मन्त्रालयले भन्यो : आफूखुसी शुल्क नलिनुहोस्   

काठमाडौं, ८ असार-निजी लगानीका विद्यालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुसी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हाल त्यस्तो कार्य नगर्नरनगराउन अनुरोध गरेको छ । निजी विद्यालय सञ्चालकका संस्थाले अभिभावकलाई सामाजिक दूरी...

उपचारका लागि धामीझाँक्रीका घर पुगेकी थिइन् कोरोनाबाट ज्यान गुमाएकी महिला

सिन्धुपाल्चोक, ४ जेठ-कोरोना भाइरस (कोभिड-१९) बाट धुलिखेल अस्पतालमा ज्यान गुमाएकी सुत्केरी महिला उपचारको लागि धामी झाँक्रीका घर गएको तथ्य बाहिर आएको छ । सुत्केरी महिलालाई झारफूक गर्न बाह्रबिसेका विभिन्न धामीको घरमा लगिएको स्थानीयले बताए ।...

कोरोना नियन्त्रणका लागि खटाएको ठाउँमा नजाने स्वास्थ्यकर्मी पक्राउ

काठमाडौं, १५ साउन-कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि खटाएको ठाउँमा नगएर बहानाबाजी गर्ने २५ जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । खटाइएको ठाउँमा नगएको भन्दै पर्सा प्रहरीले उनीहरूलाई बिहीबार दिउँसो पकाउ गरिएको हो । वीरगञ्ज...

लगानी सम्मेलन सफल बनाउन : नाटा अध्यक्ष भट्टराई

विराटनगर । कोशी प्रदेश सरकारले माघ ११ गतेदेखि विराटनगरमा सुरु गर्ने प्रदेश लगानी सम्मेलन सफल बनाउन लागि पर्न नेपाल ट्राभल्स एण्ड टुर्स एशोसिएसन (नाटा) कोशी प्रदेशले व्यवसायीहरुलाई आग्रह गरेको छ । नाटा कोशी प्रदेशका अध्यक्ष...

प्रदेश १ : कोरोना रोकथाम र नियन्त्रणमा भएको खर्च सार्बजनिक

विराटनगर, असार ९–प्रदेश–१ को सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा भएको खर्च सार्वजनिक गरेको छ । खर्च सार्वजनिक गर्न माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सोमबारको प्रदेश सभा वैठक अबरुद्ध पारेपछि प्रदेश सरकारले खर्च विवरण...

भूमी आयोगको काम द्रुत गतिमा अगाडी बढ्दै, १४ वटा पालिकामा अभिमुखिकरण

विराटनगर । भूमी समस्या समाधान आयोग मोरङका पदाधिकारीहरुले जिम्मेवारी सम्हालेसँगै काम द्रुत गतिमा अघि बढेको छ । आयोग मोरङका अध्यक्ष नविन पौडेल, सदस्यहरु विजय डाँगी र गणेश कुमार खड्का नियुक्त भएर आएसँगै काम तिब्र गतिमा...

लायन्स हेल्थ प्रोफेसनलको सप्ताहव्यापी कार्यक्रम सकियो, हप्ताभरी सामाजिक काम

विराटनगर । लायन्स क्लव अफ विराटनगर हेल्थ प्रोफेसनले सप्ताहव्यापी कार्यक्रम सकिएको छ । जुलाई १ देखि ७ गतेसम्म विभिन्न सामाजिक सेवामूलक कार्यक्रम गरी लायन्स हेल्थ प्रोफेसनलले सप्ताहव्यापी कार्यक्रम गरेको हो । डा. सुनिल रेग्मीले आफ्नो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्