विराटनगर, १ जेठ । कोरोना महामारीले आक्रान्त बनाएको भारतको नयाँ दिल्लीका अस्पतालहरुमा अक्सिजन सप्लाईमा समस्या आउँदा बिरामीले ज्यान गुमाए । महाराष्ट्रको एक अस्पतालमा अक्सिजन ट्याङ्कर आधा घण्टा लिक हुँदा २२ संक्रमितको मृत्यु भयो । विराटनगरमा पनि दिल्लीको घटना दोहोरिन सक्ने चिकित्सकले चेतावनी दिएका छन् ।
‘सरकारले बढी बेड थप भन्छ, पब्लिकको पनि प्रेसर छ, हिजो दिल्लीमा अक्सिजन सप्लाईमा डिस्टर्भ भएका समाचारहरु सुन्यौं,’ नोबेल मेडिकल कलेजका अस्पताल निर्देशक डा. राजेश नेपाल भन्छन्, ‘इलास्टिक जसरी नै सेवालाई तन्काउँदा दिल्लीको दृश्य दोहोरिने जोखिम छ ।’ अनलाइन खबरबाट