सिक्किममा चामलिङले गरे खरेलको कथासङ्ग्रह ‘टिलो’ सार्वजनिक

 न्यूज विराट
सिक्किममा चामलिङले गरे खरेलको कथासङ्ग्रह ‘टिलो’ सार्वजनिक

कथाकार शंकर खरेलको १७ औं कृति ‘टिलो’ कथासङ्ग्रह सिक्किममा सार्वजनिक भएको छ । सिक्किम राज्यमा २५ बर्ष मुख्यमन्त्री चलाएका सिक्किम प्रजातान्त्रि मोर्चाका अध्यक्ष पवन चामलिङले कथासङ्ग्रहको विमोचन गरे । सिक्किमको सुन्दरतम् नाम्जीमा आयोजित एक विशेष समारोहमा असंख्य नेपाली भाषीमाँझ ‘टिलो’ सार्वजनिक भएको हो ।

विमोचनमा विराटनगरका मेयर भीम पराजुली, एसपी सन्तोष खड्का, कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, सुमित खड्का, सुमन गिरीलगायतले साथ दिएका थिए ।

न्यू सृष्टि दैनिकले प्रकाशित गरेको कथासङ्ग्रहमा २१ कथा छन् । १५४ पृष्ठको पुस्तकमा कथाकार खरेलले समसामयिक विषयका कथा लेखेका छन् । खरेलका यसअघि उपन्यास, कथा, कविता, बायोग्राफीसहित १६ कृति सार्वजनिक भइसकेका छन् । ‘टिलो’ भनेको मान्छे मरेपछि शव अन्तिम संस्कारका लागि लग्दै गर्दा लाभा, अबिर, फूलसँगै सडकमा फ्यालिने मुद्रा हो । पुस्तकको आवरण चर्चित कलाकार विक्रम श्रिले तयार गरेका हुन भने भाषा सम्पादन चूणामणि नेपाल अकिञ्चनले गरेका छन् । कथासङ्ग्रहमा समाजकै कथा व्यथालाई सहज रुपमा चित्रण गर्न खोजिएको छ र, प्रस्तुति निकै रोचक रहेको समिक्षकहरूले बताएका छन् ।

कार्यक्रममा खरेलले नेपाली भाषीका लागि यो पुस्तकले धेरै खुराक दिने र आफुले फरक तरिकाले समाचार शैलीमा कथा लेखेको बताए । कार्यक्रममा सिक्किम प्रजातान्त्रि मोर्चाका केन्द्रीय उपाध्यक्ष तथा पूर्व मन्त्री गर्जमान गुरुङले कथामा नेपाली भाषीको व्यथा पनि उल्लेख भएको उल्लेख गरे । उनले कृतिको बिक्रीबाट संकलन भएको रकम सामाजिक कार्यमा लगाउने बताए ।

अध्यक्ष चामलिङले संसारमा रहेका नेपाली भाषी एक हुनुपर्ने आवश्यकता औल्याउँदै नेपालबाट नेपाली भाषी खोज्दै कथाकार खरेल सिक्किम आएर पुस्तक विमोचन गरेकोमा ज्यादै खुसी लागेको बताए । ‘मैले संसारमा कुनै पनि कुनामा रहेका नेपालीहरू एक भएर नेपाली भाषाको उत्थानका लागि एक अन्तर्राष्ट्रिय सम्मेलन नै गर्नुपर्छ भनेर भनेको छु’ चामलिङले भने ।

‘कथाकार खरेलसित मेरो पहिलेकै चिनजान हो र, उहाँले मलाई धेरैपटक विराटनगरका लागि निम्तो गरे पनि आउन सकेको छैन’ चामलिङले भने, ‘गत बर्ष आउँछु भनेर कार्यक्रम बनाए तर, कोरोना लकडाउनपछि जान सकिनँ, चाँडै अवसर मिलाएर म विराटनगर जानेछु, विराटनगरको धेरै बखान मैले सुनेको छु ।’

‘टिलो’ कथासङ्ग्रहको यो पहिलो विमोचन हो र, दोस्रो विमोचन विराटनगरमा हुनेछ । तेस्रो विमोचनको कार्यक्रम काठमाडौंमा राखिने न्यू सृष्टि दैनिकले जनाएको छ ।

सम्बन्धित समाचार

जलमग्न विराटनगरको दक्षिणी क्षेत्र

विराटनगर । वर्षासँगै विराटनगर जलमग्न हुन थालेको छ । केही दिनयतादेखि बर्षा सुरु भएपछि विराटनगरको दक्षिण क्षेत्र अधिकांश भागहरु जलमग्न भएका छन् । विराटनगर १५ र १६ नम्बर वडाका सडक र घरहरु जलमग्न भएका छन्...

कानूनि सचेतना जगाएर सबैलाई न्यायको पहुँचमा ल्याउन माग

विराटनगर । कानूनि साक्षरता र सचेतना अभावका कारण विभिन्न घटनाका पिडित र हिंसामा परेकाहरुले न्याय पाउनबाट बञ्चित हुन परेको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । उच्च सरकारी वकिल कार्यालय विराटनगरले यहि असार २५ गते मोरङको...

‘कोही अलपत्र हुनुहुन्छ भने सम्पर्क गर्नुहोला, हामी भोकै मर्न दिने छैनौँ’

भक्तपुर, ६ वैशाख-सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले कोरोना भाइरसका कारण कोही अलपत्र परेमा तत्काल आफूलाई सम्पर्क गर्न आह्वान गरेका छन् ।अलपत्रलाई भोकै हुन नदिने बताउँदै उनले सरकारले कोरोनाको सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनका...

उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्ने गृह मन्त्रालयले निर्णय

काठमाडौं, ८ जेठ-सरकारले काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्ने गृह मन्त्रालयले निर्णय गरेको छ । जेठ १ गते भएको उपत्यकाका जनप्रतिनिधिको छलफलपछि गृहले यस्तो निर्णय गरी कार्यान्वयनमा ल्याउन लागेको हो । काठमाडौं उपत्यका...

दुर्घटना रोक्न सार्वजानिक यातायतमा सचेतना स्टिकर

विराटनगर । सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले सार्वजानिक यातायतमा सचेतना मुलक स्टिकर टास्ने अभियान सुरु भएको छ ।विराटनगर बसपार्कबाट छुट्ने सार्वजानिक सवारी साधनमा आइतबार सचेतना मुलक स्टिगर टासेर यो अभियानको सुरु भएको हो ।यातायात क्षेत्रमा...

दोस्रो मिल्स भेट्रान्स गोल्डकप शनिबारदेखि, उद्घाटनमा ग्रामथान र उर्लाबारी भिड्दै

विराटनगर । दोस्रो संस्करणको कोशी प्रदेश स्तरीय मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरू हुने भएको छ । विराटनगर जुट मिलको खेल मैदानमा हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा ग्रामथान भेट्रान्स र उर्लाबारी भेट्रान्स फुटबल क्लबबीच...

पक्राउ परेको १८ घण्टापछि २७ पहिचानवादी नेता तथा कार्यकर्ता रिहा, बुधबारको आमहड्ताल फिर्ता

विराटनगर । आन्दोलनको नेतृत्व गरिरहका नागरिक उन्मुक्ति पार्टी (एकीकृत) का उपाध्यक्ष अशोक चेम्जोङ्ग लिम्बुलगायतका २७ जना पहिचानवादी नेता तथा कार्यकर्ताहरू रिहा भएका छन् । कोशी प्रदेश खारेजीको माग राख्दै आन्दोलनको क्रममा निषेधित क्षेत्र तोडेर अगाडी...

कोशी अस्पतालको पिसिआर मेसिन विग्रियो

विराटनगर, साउन १३–कोरोना संक्रमण तीव्र रुपमा फैलन थालेकै समयमा कोशी अस्पताल विराटनगरको पीसीआर मेशिनमा बिग्रिएको छ । मेशिन बिग्रिएपछि त्यसको मर्मतका लागि काठमाण्डौं पठाउने तयारी थालिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले पीसीआर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्