दियाली बन्धु सेवा समाजको सातौ साधारणसभा झापाको दमकमा सम्पन्न, अध्यक्षमा पुनः मानबहादुर दियाली

 न्यूज विराट
दियाली बन्धु सेवा समाजको सातौ साधारणसभा झापाको दमकमा सम्पन्न, अध्यक्षमा पुनः मानबहादुर दियाली

किशोर दियाली/विराटनगर, २९ चैत । दियाली बन्धु सेवा समाजको सातौँ साधारणसभा तथा तेस्रो महाधिवेशन सम्पन्न भएको छ । झापाको दमकस्थित कन्काई पार्टी प्यालेसमा शनिबार देशभरका दियाली बन्धुहरुको सहभागितामा भव्यताका साथ साधारणसभा तथा महाधिवेशन सम्पन्न भएको हो ।

साधारणसभाले पुनः सुनसरीको धरानका प्रतिष्ठीत व्यवसायी मानबहादुर दियालीलाई अध्यक्षमा चयन गरेको छ । उक्त साधारणसभाले अध्यक्षमा पुनः मानबहादुर दियाली, वरिष्ठ उपाध्यक्षमा पिवी दियाली, महासचिव हरि दियाली, सचिव रमेश दियालीलाई यथावत राख्दै अन्य नयाँ दियाली बन्धुहरुलाई समेटेर कार्यसमिति विस्तार गरेको हो ।

त्यस्तै समितिको उपाध्यक्षमा महेन्द्र र लेखबहादुर दियाली, सह–सचिबमा मानबहादुर दियाली, कोषाध्यक्षमा कुमार दियाली चयन भएका छन् । त्यसैगरी कार्यसमिति सदस्यहरुमा काठमाडौंका सुरेन्द्र दियाली, रबी, सुमन, बिमला, चक्र, सोम, डिकबहादुर, तुलसा, गुरुदेव, प्रेम, सीता, निर्मला, किशोर, सरिता, डोरबहादुर, बालकृष्ण, अनुप, निर्मल, बिन्दा, टंक, बुद्धि, छत्र र बिनिता दियाली चयन भएको वरिष्ठ उपाध्यक्ष पिवी दियालीले जानकारी दिए ।

उनका अनुसार सल्लाहकारमा इन्दिरा दियाली, राम दियाली, राजेन्द्र दियाली, भुपध्वज दियाली, सन्तबीर दियाली र तुलाराम दियालीलाई चयन गरिएको छ । कार्यसमिति तथा सल्लाहकार समितिको पदावधी तीन वर्षको हुने अध्यक्ष मानबहादुर दियालीले जानकारी दिए ।

साधारणसभाले विभिन्न क्षेत्रमा आवद्ध दियाली बन्धु, उत्कृष्ट अंकसहित उच्च शिक्षामा अध्ययनरत दियाली बन्धुका सन्ततीहरुलाई सम्मान गरिएको छ । उच्च शिक्षा अध्ययनरत दियाली बन्धुका सन्ततीहरु तथा भावि पूस्ता सुनसरीको इटहरी–५ स्थित ज्योती माबिमा सिभिल इन्जिनियरिङ विषयमा कक्षा ११ अध्ययनरत विद्यार्थी पावेल दियाली, झापाको स्कुलचौन माबिका मनोज, दमककी सुदेस्ना, आश्मा, सरिता, अनुप दियाली लगायत सात जनालाई अध्यक्ष मानबहादुर दियालीले दोसल्ला ओढाउँदै कदरपत्रले सम्मान गरेका थिए ।

त्यसैगरी दियाली बन्धुका ज्येष्ठ नागरिक तुलाराम दियाली, टिकाराम दियाली, नन्दलाल दियाली, धनबहादुर दियाली, प्रेम दियालीलगायत १० जना, राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय सदस्यसमेत रहेका वरिष्ठ पत्रकार एवम् नेपाल पत्रकार महासंघ १ नं. प्रदेश समिति सदस्यमा निर्वाचित दियाली बन्धु सेवा समाजका वरिष्ठ उपाध्यक्ष पिवी दियाली, राष्ट्रिय दलित पत्रकार संघ मोरङका अध्यक्ष तथा जागरण मिडिया सेन्टर प्रदेश १ का संयोजक किशोर दियालीलगायत विभिन्न क्षेत्र तथा पेशामा आवद्ध रहेर दियाली बन्धुको पहिचान स्थापित गराउने बन्धुहरुलाई पनि सम्मान गरिएको थियो ।

साधारणसभाको बन्दसत्रमा अध्यक्ष मानबहादुर दियालीले प्रस्तुत गरेको प्रगती प्रतिवेदन र महासचिव हरि दियालीले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन सर्वसम्मतरुपमा पारित भएको छ । त्यस्तै कोषाध्यक्ष कुमार दियालीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा समेत कुनै त्रुटी नरहेकाले सर्वसम्मतरुपमा पारित भएको कार्यक्रमका संयोजक डोरबहादुर दियालीले जानकारी दिए ।

साधारण सभाले दियाली बन्धुहरुलाई विरामी हुँदा अस्पतालसम्म सस्तो र सर्वसुलभ रुपमा पुर्याउनका लागि एम्बुलेन्स खरिद तथा दियाली बन्धु सेवा समाजको आफ्नै भवन निर्माणका लागि जग्गा खोजी गर्ने निर्णय गरेको अध्यक्ष मानबहादुर दियालीले बताए । सो अबसरमा दियाली बन्धु सेवा समाजले प्रकाशित गरेको २०७८ सालको भित्ते पात्रो बिमोचनसमेत गरिएको थियो।

साधारणसभाबाट नयाँ कार्यसमिति बनेकाले विधान संशोेधन, लेखापरिक्षण र अन्य आवश्यक कामका लागि वरिष्ठ उपाध्यक्ष पिवी दियालीलाई जिम्मेवारी प्रदान गरेको दियाली बन्धु सेवा समाजका प्रदेश अध्यक्ष सुनिल दियालीले जानकारी दिए । वरिष्ठ उपाध्यक्ष पिवी दियालीका अनुसार कोरोना महामारी (कोभिड–१९) का कारण गतवर्ष कुनै काम गर्न सकिएको थिएन।

सोही कारण बंशावली प्रकाशन, तथ्यांक संकलन, अवस्था बिष्लेषण गरेर हकअधिकारको बारेमा आफनो समुदायको मनोबल बढाई समाज सेवामा समर्पित हुने लक्ष अनुसार खासै प्रगति हुन नपाएको उनले बताए । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दियालीले एम्बुलेन्स परिचालन र संस्थाको भवन बनाउने सन्दर्भमा स्थानीय तथा अन्य निकायमा पहलकदमी हुन नपाएको बताए ।

साधारणसभालाई सम्बोधन गर्दै दियाली बन्धु सेवा समाजका अध्यक्ष मानबहादुर दियालीले देशभर छरिएर रहेका सम्पूर्ण दियाली बन्धुहरु एकजुट हुनुपर्नेमा जोड दिए । उनले दियालीहरुको अस्तित्व जोगाउन सवै दियाली बन्धुहरु एक जुट हुनुपर्ने बताए ।

अध्यक्ष दियालीले विभिन्न चुनौतीका वावजुद पनि दियाली बन्धु सेवा समाज सातौँ वर्षमा प्रवेश गरेको बताए । उनले सवै क्षेत्रमा आवद्ध दियाली बन्धुहरुले अप्ठ्यारा र कठिन परिस्थीतिमा रहेका आफ्ना दियाली बन्धुहरुलाई सकेको सहयोग गर्नुपर्ने समेत बताए ।

साधारणसभामा झापा, मोरङ, सुनसरी, धनकुटा, खोटाङ, काठमाण्डौ, संखुवासभा, भोजपुरलगायत देशभरीबाट करिब डेढ सय दियाली बन्धुहरुको सहभागिता रहेको रहेको थियो । साधारणसभा अशोक दियालीको पहलमा आर्थिक संकलन गरि दाजुभाईबाट उपलब्ध स्रोत साधनले सम्पन्न गरिएको जनाइएको छ ।

साधारणसभा दियालीकै जेष्ठ नागरिक ७८ वर्षिय टिकाराम दियालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । दियाली बन्धु सेवा समाजमा देशभरका करिब एक हजार दियाली बन्धुहरु आवद्ध रहेका छन् ।

यस्तो छ दियालीहरुको इतिहास्
दियाली बन्धु सेवा समाजका वरिष्ठ उपाध्यक्ष, वरिष्ठ पत्रकार तथा अनुसन्धानकर्ता पिवी दियालीका अनुसार नेपालमा दियाली बन्धुहरुको इतिहास कास्कीको घार्मीबाट सुरु भएको र सोही स्थानबाट विभिन्न कारणले देशका विभिन्न स्थानमा बसाई सरेर पुगेका हुन् । उनले कास्कीको घार्मीबाट केही दियाली परिवार खोटाङको मात्तिममा बसाई सरेर आएको र त्यहाँ पहिरोले पुरेपछि भाग्दै भोजपुर र खोटाङको सीमानामा पर्ने मुखिताम अर्थात हालको खोटेहाङ–६ मा बसोबास गरेको देखिएको बताए ।

दियालीको खस आर्यनहरुसँग मृत्यु, विवाह, जन्म संस्कार, रितिरिवाज, चाल चलन, संस्कार संस्कृती मिल्ने वरिष्ठ उपाध्यक्ष दियालीले बताए । उनले ६० को दशकदेखि केही दियाली परिवारले इसाई धर्म पनि मान्न थालेको तर, त्यो संख्या हिन्दुको तुलनामा न्युन रहेको बताए । उनका अनुसार दियालीको कुनैपनि ठाउँमा वाहुल्यता छैन । समाजमा मिश्रितरुपमा छरिएर रहेका छन् ।

उनले शिप÷पौरखका धनी, हातहतियार, उपकरण बनाउन जान्ने दियालीहरु बाइसे–चौबीसे राज्य हुँदा युद्धका क्रममा राज्य र गैर राज्य पक्षको चपेटामा परेर भाग्दै संखुवासभा, इलाम, खोटाङ, धनकुटा, काठमाडौं, झापालगायत देशका विभिन्न ठाउँ विषेश गरेर उच्च पहाडी जिल्लाहरुमा बसाई सरेर पुगेको देखिएको जानकारी दिए ।

सम्बन्धित समाचार

माओवादी र समाजवादीका लागि कांग्रेसमा आगो लगाउँदैनौं, तालमेल गर्न जरुरी छैन : बलायर

डडेल्धरा, १४ चैत । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले अरूका लागि आफ्नो पार्टीमा आगो नलगाइने बताउनुभएको छ । प्रदेशमा कांग्रेस एक्लै निर्वाचन लड्न सक्षम भएको बताउँदै उहाँले कुनै पार्टीसँग तालमेल गर्न जरुरी नरहेको बताउनुभयो...

विद्यार्थीको रोजाइमा कान्तिपुर कलेज, भर्ना लिन मङ्गलवार प्रवेश परीक्षा

विराटनगर । विराटनगरस्थित कान्तिपुर कलेज गुणस्तरीय शिक्षा प्रदान गरी अभिभावक र विद्यार्थीको रोजाइमा परेको छ । दक्ष, एवं योग्य प्राध्यापक र शिक्षकहरूबाट पठनपाठन हुने कान्तिपुर अहिले विद्यार्थीको पहिलो रोजाइको केन्द्रमा पर्ने गरेको हो । विज्ञान,...

मोरङको रंगेलीमा एमाले उम्मेदवार दिलिप बगडीयाको अग्रता, गठबन्धनका घिमिरे पछिपछि

विराटनगर, ३१ वैशाख । मोरङको रंगेली नगरपालिकामा पनि एमालेले अग्रता कायम गरेको छ । हालसम्मको मतगणनामा एमालेका उम्मेदवार दिलिप बगडीया ४८० मतसहित अग्रस्थानमा छन् । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसले मोदराज धिमिरेले ३७३...

कोशी क्रिकेट महोत्सव २०२५ विराटनगरमा सम्पन्न

विराटनगर । कोशी प्रदेश क्रिकेट संघको प्रवद्र्धन तथा नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा एमसिसि फाउण्डेशन र क्रिकेट विथ आउट बाउन्ड्रिजको समन्वयमा तथा मोरङ जिल्ला क्रिकेट संघको सहयोगमा कोशी क्रिकेट महोत्सव २०२५ सम्पन्न भएको छ । विराटनगर...

गाईको बाछाे काटेर खाएको आरोपमा ३ जना पक्राउ

झापा, जेठ ५-झापाको गौरादह-४ स्थितमा गाईको बाछाे काटेको आरोपमा ३ जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा गौरादह-४ का २८ वर्षीय रमेश दर्जी, ५० वर्षीय रमेश सतार र सोही स्थानका ६० वर्षीय मद्रासी सतार रहेका छन् ।...

आदर्श माबि रंगेलीमा मासिक रुपमा बिधार्थिहरु संग रकम असुली

रबिन्द्र बराल माेरङ काे रंगेली नगरपालिका ७ स्थित आदर्श माध्यमिक बिधालय मा बिधार्थि हरु संग विभिन्न बहनामा रकम लिने गरेको खुलासा भएको छ । नेपाल सरकारले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्ने र सरकारी बिधालय मा...

सरकारले अस्वीकार गर्‍यो ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट

काठमाडौं, १४ मंसिर-ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले राजनीतिक पूर्वाग्रह राखेर रिपोर्ट तयार पारेको भन्दै सरकारले अस्वीकार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले केही दिनअघि सार्वजनिक गरेको रिपोर्ट तथ्यहीन र राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको भन्दै सरकारले अस्वीकार गरेको हो...

प्रतिनिधिसभा बिघटन र प्रधानमन्त्री नियुक्ति प्रकरण : संवैधानिक इजलासमा आजबाट अन्तिम सुनुवाई हुँदै

काठमाडौं, असार ९ । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा बुधबारदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुावाइ सुरु हुँदैछ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासमेत १४६ निवर्तमान सांसद निवेदक रहेको मुद्दाको अन्तिम सुनुवाइ सुरु हुन लागेको हो । सर्वोच्चको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्