प्रदेश १ एमाले संसदीय दलको बैठक : ३२ सांसद उपस्थित, माओवादीका आङ्बुहाङ पनि सहभागी

 न्यूज विराट
प्रदेश १ एमाले संसदीय दलको बैठक : ३२ सांसद उपस्थित, माओवादीका आङ्बुहाङ पनि सहभागी

विराटनगर, ११ चैत । विभिन्न तीनवटा निर्णय गर्दै प्रदेश १ को नेकपा (एमाले) संसदीय दलको बैठक सकिएको छ । प्रदेशसभास्थित संसदीय दलको कार्यालयमा बुधबार दलका नेता एवं प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बैठक बसेको थियो ।

बैठकले ९ फागुनमा प्रदेशसभामा टेबुल भएको मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावबाट हस्ताक्षर गरेका आफ्ना सांसदलाई ७ दिनभित्रमा हस्ताक्षर फिर्ता लिन निर्देशन दिने निर्णय गरेको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए ।

नेकपा हुँदा प्रचण्ड–नेपाल समूहका ३७ जना सांसदले हस्ताक्षर गर्दै १२ पुसमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । अविश्वास प्रस्तावमा एमालेका २१ जना सांसदको हस्ताक्षर थियो । त्यसमध्ये ६ जनाले हस्ताक्षर फिर्ता लिइसकेका छन् ।

सर्वोच्च अदालतको फैसलाले एमाले ब्युँतिएपछि बसेको केन्द्रीय कमिटी बैठकले विभिन्न प्रदेशमा आफ्नो दलका मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर गरिएको अविश्वास प्रस्तावबाट हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको भए पनि पार्टीभित्रको विवादका कारण प्रदेश १ मा १५ जनाले अझैसम्म हस्ताक्षर फिर्ता लिएका छैनन् ।

एमाले ब्युँतिएपछि प्रदेश १ मा एक्लै बहुमतमा रहे पनि आफ्नै पार्टीका सांसदले अविश्वास प्रस्तावबाट हस्ताक्षर फिर्ता नलिएपछि संसदीय दलको बैठकले आफ्ना सांसदलाई औपचारिक रूपमा सात दिनभित्रमा हस्ताक्षर फिर्ता लिन निर्देशन दिने निर्णय गरेको प्रमुख सचेतक राजभण्डारीले बताए ।

उनका अनुसार बैठकले एमाले संसदीय दलको विधानसमेत पारित गरेको छ । त्यस्तै, बैठकले दलका नेता मुख्यमन्त्री राईको संयोजकत्वमा १५ सदस्यीय संसदीय बोर्डसमेत गठन गरेको प्रमुख सचेतक राजभण्डारीले जानकारी दिए ।

‘संसदीय दलको आजको बैठकले तीनवटा निर्णय गरेको छ । पहिलो संसदीय दलको विधान पारित गरेको छ । दोस्रो १५ सदस्यीय संसदीय बोर्ड गठन भएको छ,’ उनले भने, ‘तेस्रो भनेको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नुभएका माननीयलाई सात दिनभित्र फिर्ता लिन निर्देशन दिने निर्णय गरेको छ ।’

बुधबार एमाले संसदीय दलले गठन गरेको संसदीय बोर्डमा अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका माधव नेपाल समूहका सांसदलाई पनि राखिएको छ । पार्टीभित्रको विवाद प्रदेशमा भित्रिन नदिने नेपाल पक्षका सांसदलाई पनि समेटिएको स्रोतले जनाएको छ ।

संसदीय बोर्डमा दलका नेता, उपनेता, प्रमुख सचेतक, सचेतक, सांसदहरू जसमाया गजमेर, आशारत्न जबेगु, यसोदा अधिकारी, बिमल कार्की, काजिमान कागते, बृखबहादुर प्रधान, ज्ञानेश्वर राजवंशी, तुलसीप्रसाद न्यौपाने, अम्बिका थापा, लिलाबल्लभ अधिकारी र निलम बस्नेत रहेका छन् ।

उक्त बोर्डमा नेपाल समूहबाट यसोदा अधिकारी, लिलाबल्लभ अधिकारी र तुलसीप्रसाद न्यौपानेलाई राखिएको छ । तीनै जनाले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा हस्तार गरेका थिए भने अहिलेसम्म फिर्ता लिएका छैनन् ।

एमालेको ५१ सांसद रहे पनि संसदीय दलको बैठकमा ३२ जना सांसदको मात्र सहभागिता रहेको थियो प्रमुख सचेतक राजभण्डारीले बताए । पार्टीमा ओली र खनाल–नेपाल पक्षको विवादका कारण अन्य सांसद उपस्थित नभएको स्रोतले जनाएको छ । यद्यपि, नेपाल पक्षका सांसदले संसदीय दलको बैठक बहिस्कार गरेको घोषणा भने गरेका छैनन् ।

एमाले संसदीय दलको बैठकमा सोही पार्टीमा प्रवेश गरेका माओवादी केन्द्रका सांसद टंक आङ्बुहाङसमेत सहभागि भएका छन् । उनलाई एमालेले महाधिवेशन आयोजक सदस्यको जिम्मेवारी दिएको छ । बैठकमा आङ्बुहाङ सहभागी भएको विषयमा प्रमुख सचेतक राजभण्डारीले एमालेमा प्रवेश गरिसकेका कारण आमन्त्रीत सदस्यको रूपमा सहभागी भएको बताए ।

‘उहाँ नेकपा एमालेमा प्रवेश गरिसक्नुभएको छ । अहिले उहाँ हाम्रो पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ,’ उनले भने, ‘उहाँलाई माओवादी केन्द्रले कारबाही नगरेको र दल त्याग नगरेको अवस्थामा आमन्त्रीत सदस्यका रूपमा बैठमा सहभागी हुनुभएको हो ।’ सांसद आङ्बुहाङलाई हालसम्म माओवादी केन्द्रले कारबाही गरेको छैन ।

एमालेको विवादका कारण मुख्यमन्त्री राईविरुद्धको प्रदेशसभामा टेबुल भएको अविश्वास प्रस्ताव अन्यौलमा परेको छ भने प्रदेशसभाको हिउँदे अधिवेशन पनि सहजरूपमा अघि बढ्न सकेको छैन ।

सम्बन्धित समाचार

वीरगञ्जमा थप १ कोरोना संक्रमित महिलाको मृत्यु

जनकपुरधाम,   ७ भदौ-कोरोना संक्रमणबाट बीरगञ्जमा थप १ महिलाको मृत्यु भएको छ । नारायणी अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा वीरगञ्ज महानगरपालिका-११ बस्ने ५६ वर्षीया महिलाको मृत्यु भएको हो । ज्वरो, खोकी र श्वासप्रश्वामा समस्या देखिएपछि...

विराटनगरस्थित प्रतिभा पुरस्कार प्रतिष्ठानद्वारा आठ साहित्यकार पुरस्कृत

विराटनगर । चार दशकभन्दा लामो समयदेखि भाषा साहित्यको क्षेत्रमा सक्रिय विराटनगरस्थित प्रतिभा पुरस्कार प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई नगदसहित सम्मान गरेको छ । बुधबार विराटनगरमा आयोजित कार्र्यक्रममा ‘प्रतिभा पुरस्कार’ अग्रज साहित्यकार प्रा.डा. लक्ष्मणप्रसाद गौतम,...

इम्बोस्ड नम्बर प्लेड जडान नगरे साउनदेखि जरिवाना

काठमाडौं, २० जेठ । सवारी साधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ । यातायात व्यवस्था विभागले शुक्रबार सूचना जारी गर्दै बागमती र गण्डकी प्रदेशमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने जनाएको हो । बागमती प्रदेशअन्तर्गत यातायात...

आज सरस्वती पूजा, अक्षरारम्भ गर्ने दिन

प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गरिन्छ । विद्यालयमा विशेष रूपमा सरस्वतीको पूजा...

मत्स्य जोन मोरङको संयोजकमा चौधरी

विराटनगर/ प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना मत्स्य जोन सञ्चालक समिति मोरङको संयोजकमा देबराज चौधरी चयन भएका छन् । समितिको विराटनगरमा बसेको बैठकले चौधरीलाई सर्वसम्मत रूपमा संयोजकमा चयन गरेको हो । चौधरी यसअघि समितिको सचिब रहेका थिए...

विराटनगरको बाटा रोडमा लागो आगो, एकघण्टापछि नियन्त्रणमा

विराटनगर । विराटनगर ९ बाटा रोडको मुख्य चोकको बिजुलीको पोलमा तार सर्ट भएर आगजनी भएको छ । आज झास अम्बिका वास्त्रालय अगाडी बिजुलीको पोलमा लागेको हो । पोलमा लागेको आगो एक घण्टापछि नियन्त्रणमा आएको हो...

अदालतको आदेश आकर्षित नहुने भाषा राखेर एमालेले सोध्यो २२ सांसदलाई स्पष्टीकरण

नेकपा एमालेले शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई सर्वोच्च अदालतको परमादेश आकर्षित नहुने भाषा मिलाएर स्पष्टीकरण सोधेको छ । साउन ५ गते पठाइएको २४ घण्टे स्पष्टीकरणमा शेरबहादुर देउवालाई विश्वासको मत दिएको विषय उल्लेख नगरी...

कात्तिक १४ गते एमाले मोरङको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम, ५ हजार बढीको सहभागीता हुने

विराटनगर । विगतको वर्षहरुमा जस्तै यसपालि पनि नेकपा (एमाले) मोरङले चाड पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । आगामी कात्तिक १४ गते विराटनगरस्थित पार्टी कार्यालय पाञ्चालीमा पार्टीका वरिष्ठ उपाध्यक्ष तथा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्