विराटनगरको त्रिमुर्ती चोकमा खुल्ला व्यायामशाला सञ्चालन, मेयर पराजुलीले गरे उद्घाटन्

 न्यूज विराट
विराटनगरको त्रिमुर्ती चोकमा खुल्ला व्यायामशाला सञ्चालन, मेयर पराजुलीले गरे उद्घाटन्

विराटनगर, २२ फागुन ‘व्यायाम गरौ, रोग भगाऔं’ नाराका विराटनगर महानगरपालिकाका–५ स्थित त्रिमूर्ति चोकमा आजदेखि खुल्ला व्यायाम सञ्चालनमा आएको छ । महानगरपालिका र लायन्स क्लव शुभमको रु सात लाख ५० हजार रुपैयाँको लगानीमा स्थापित उक्त्त व्यायामशालाको उपभोक्ता समितिले आगामी दुई वर्षसम्म रेखदेख, आवश्यक मर्मत सम्भार र सञ्चालन गर्ने भएको छ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले व्यायामशालाको उद्घाटन गर्दै नगरले उत्तर, दक्षिण, मध्य र अन्य स्थानमा खुल्ला व्यायामशालाको निर्माणका लागि चालु वर्षमा वजेटको व्यवस्था गरेको जानकारी दिदै सो केन्द्रको स्थापना समाजमा उदहारणीय भएको बताए ।
उनले रोग लाग्नु भन्दा अगाडि रोकथामको उपाय गर्नु उत्तम हुनाले हामीले हामीले खानपान, व्यायाम गर्नु आवश्यक भएको धारणा राख्दै नगरले प्रत्येक वडामा पार्क, व्यायामशाला र बालबालिकाको खेलक्षेत्र निर्माणको सोचले काम गरिरहेको बताए ।

लायन्स क्लव शुभमकी अध्यक्ष मनिका शर्माले व्यायाम गर्नका लागि रकम तिर्न नसक्ने उपभोक्तालाई निःशुल्क सञ्चालित यस व्यायामशालाको उपभोगबाट स्वस्थ्य रहन सहयोग पुग्ने हुनाले उद्देश्यले स्थापित गरिएको बताइन् ।

लायन्स क्लवका राजन खत्री ,चन्द्र श्रेष्ठ र उपभोक्ता समितिका अध्यक्ष देवीप्रसाद पोखरेलले व्यायामशाला स्थापनाबाट यस क्षेत्रका ज्येष्ठ नागरिक तथा युवायुवतीलाई स्वास्थ्यप्रति सचेत रहन जागरुक गराउने बताए । उपभोक्ता प्रमोद खतिवडाले व्यायामशाला स्थापनाले प्रातःकालमा हिडडुलका साथै व्यायाम गर्नाले स्वस्थ्य जीवन यापनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । स्थापित खुल्ला व्यायामशाला प्रदेश नं १ मा पहिलो रहेको हो ।

सम्बन्धित समाचार

एक्स्पोले आर्थिक क्षेत्र चलायमन बनाउँछ : नन्दकिशोर राठी

विराटनगर । उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले विराट एक्स्पोले आर्थिक क्षेत्र चलामयन बनाएर अगाडी लैजाने बताएका छन् । विराटनगरमा शनिबारदेखि सुरु भएको विराट एक्स्पोको उद्घाटन शत्रमा धन्यवाद ज्ञापन गर्दै उनले यस्तो बताएका हुन्...

मोरङमा ५(१) काँग्रेसका गयानन्द मण्डल निर्वाचित

विराटनगर । मोरङको क्षेत्र नं. ५(१) मा नेपाली काँग्रेसका गयानन्द मण्डल गनगाई निर्वाचित भएका छन् । १४ हजार ८ सय ४३ मत ल्याएर मण्डलले प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । यो विजयीसँगै नेपाली कांग्रेसले प्रदेश...

इष्टर्न कलेजमा भव्य भयो खेलकुद सप्ताह, एक दर्जन खेलकुदका कार्यक्रम

विराटनगर । विराटनगरस्थित इष्टर्न कलेजमा खेलकुद सप्ताह आयोजना गरेको छ । कलेज परिसरमा खेलकुद सप्ताह आयोजना गरेको थियो ।सप्ताह १८ चैतमा एक भव्य कार्यक्रम आयोजना गरी समापन गरिएको छ । कार्यक्रमको प्रमुख अतिथि पूर्वाञ्चल विश्व...

जनपुरधामका पूर्वमेयर गिरीको कोरोनाबाट निधन

जनकपुरधाम, २८ साउन-जनकपुरधामका पूर्वमेयर तथा होटल रामाका सञ्चालक कृष्ण गिरीको कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु भएको छ ।उनको मंगलबार राति मृत्यु भएको उनका छोरा डा. सन्तोष गिरीले जानकारी दिए । कोरोना पुष्टि भएपछि गिरी काठमाडौंको...

मजदुरलाई ३० केजी चामल २ प्याकेट नुन

असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असाह्यलाई उपलब्ध गराउने राहत सम्वन्धी मापदण्ड तय भएको छ ।कोरोना भाइरसको फैलावट रोक्नको लागि सरकारले लगाएको लकडाउने पारेको प्रभावलाई मध्यनजर गर्दै सरकारले आर्थिक र राहत प्याकेज  १६ चैतमा घोषणा...

मोर्डन एरा लिटिल च्याम्स भव्य, मानुश्री आचार्य भइन् मिस मोर्डन एरा

विराटनगर । विराटनगर ३ मा रहेको मोर्डनएरा स्कुलले तेस्रो संस्करणको मोर्डनएरा लिटिल च्याम्स प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरुमा भएको प्रतिभा उजार गर्ने उद्देश्यले आयोजना गरेको उक्त प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।विद्यालयमा अध्ययनरत ९...

प्रदेश १ मा ५५५ संक्रमणमुक्त, ४७८ संक्रमित थपिए

विराटनगर १७ असार । प्रदेश १ मा आज ५५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५१ महिला र ३०४ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार ७४३ पुगेको छ...

सोलुखुम्बुकाे तापक्रम माइनस १३ मा झर्‍याे, ७० प्रतिशत मानिसले गाउँ छाडे

सोलुखुम्बु, १० माघ । हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा दोस्रो पटक परेको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । खुम्बुपासाङ ल्हामु गाउँपालिका–४ खुम्जुङको तापक्रम माइनस १३ डिग्री सेल्सियसमा झरेको छ । यहाँका बासिन्दा घरबाट खासै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्