अन्तर्राष्ट्रिय महिला दिवसमा १३ स्वास्थ्यकर्मी सम्मानित हुने

 न्यूज विराट
अन्तर्राष्ट्रिय महिला दिवसमा १३ स्वास्थ्यकर्मी सम्मानित हुने

विराटनगर, २१ फागुन । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रदेश १ सरकारले १३ जना स्वास्थ्यकर्मी महिला कर्मचारीलाई सम्मानित गर्ने भएको छ ।

कोभिड १९ को महामारीमा अग्रपंत्तिमा रहेर उल्लेखनीय भूमिका निर्वाह गर्ने कर्मचारीलाई सम्मानित गरिने सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी दिइन् । सामाजिक विकास मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले कोभिड अस्पताल, ल्यावमा कार्यरत कर्मचारीहरुलाई सम्मानित गरिने बताइन् ।

सामाजिक विकास मन्त्रालय र सामाजिक संघ÷संस्थाहरुको आयोजनामा दिवस मनाईने उनले बताइन् । उनका अनुसार फागुन २४ गते विहान जिल्ला प्रशासन प्राङ्गणबाट विहान ७ वजे शुरु हुने र्याली आदर्श माविमा आएर कार्यक्रममा परिणत हुनेछ । साँझ विराटनगर ट्राफिक चौकमा दिपप्रज्वलन गरि कार्यक्रम समापन गरिने सामाजिक विकास महाशाखा प्रमुख बरालले बताइन् । १११ औं अन्र्तराष्ट्रिय महिला दिवस महिलाको सुरक्षा, सम्मान रोजगार ःसमृद्ध नेपालको आधार भन्ने नाराका साथ ८ मार्च अर्थात फागुन २४ गते मनाईदैछ ।

सम्बन्धित समाचार

संविधानको रक्षा गर्दै अगाडि बढ्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

 काठमाडौं, ३ असोज-पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादउन्मुख संविधानको रक्षा गर्दै अगाडि बढ्न सबैलाई आह्वान गरेका छन् । संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले अथक संघर्षबाट प्राप्त लोकतान्त्रिक, समावेशी र समाजवादउन्मुख संविधानको रक्षा गर्दै अगाडि...

प्रदेश १ का स्थानीय तहमा सवैभन्दा धेरै भ्रष्टाचार

विराटनगर, ११ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश स्तरको बार्षिक प्रतिवेदन प्रदेश १ का प्रदेश प्रमुखलाई बुझाएको छ । आइतबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा अख्तियारको कार्यलय इटहरीले प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)लाई आर्थिक...

झापामा एउटै गाउँपालिकामा ७३ कोरोना संक्रमित

झापा, १६ जेठ-झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिका नागरिकमा कोभिड-१९ का संक्रमित भेटिएका छन् ।जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा रहेका ७९ संक्रमितमध्ये ७३ कचनकवल गाउँपालिकामा भेटिएका हुन् । बिहीबार मात्र कोशी अञ्चल अस्पताल विराटनगरको...

भरतपुर अस्पतालमा संक्रमित र अन्यको बाटाे अलग

चितवन, १ असार-सर्वसाधारण बिरामीको उपचार गर्ने भरतपुर अस्पतालमा राखिएका कोरोना संक्रमित र तीनको उपचारमा संंलग्नलाई आवतजावत गर्ने प्रवेशद्वारा र बाटो अलग गरिएको छ । अस्पतालमा उपचार गर्न आउनेलाई सुरक्षित गर्न छुट्टै स्थानमा संक्रमितलाई राखिएको छ...

मोरङ ४ मा सत्ता गठबन्धनको चुनावी अभियान तीव्र (फोटो फिचर)

विराटनगर । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मोरङको क्षेत्र नं। ४ मा सत्ता गठबन्धनका उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । नेपाली काँग्रेस र माओवादी केन्द्रसहितको सत्ता गठबन्धन दलका उम्मेदवारले...

सञ्चारमन्त्री बाँस्कोटाले दिए राजीनामा

काठमाडौं, फागुन ८–सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् । सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बैठकमा यसबारे अनौपचारिक जानकारी गराएका हुन् । ‘सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नु भएको छ, राजीनामाको औपचारिक पत्र मात्रै आउन बाँकी...

देशव्यापी प्रदर्शनका लागि कांग्रेसले तोक्यो शीर्ष नेताको सम्बोधन क्षेत्र

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले २९ मंसिरमा गर्न थालेको देशव्यापी प्रदर्शनको लागि शीर्ष नेताको कार्यक्षेत्र तोकेको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले १० नाराका साथ शीर्ष नेता कुन जिल्लामा गएर सम्बाेधन गर्ने भन्ने विषय तोकिएको जानकारी दिए ।...

‘विद्यालयमा नर्स’ कार्यक्रम प्रभावकारी बन्दै

जितेन्द्रनारायण ठाकुर विराटनगर । विद्यालय औपचारिक शिक्षा हासिल गर्ने स्थान मात्र नभएर जीवनका यावत् मूल्य मान्यता सिक्दै सामाजिकीकरणमा अभ्यस्त हुने स्थल पनि हो । किताबी ज्ञानका साथै व्यावहारिक जानकारी प्रदान गर्दै विद्यालयलाई बहुआयामीक ज्ञान केन्द्र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्