ताप्लेजुङको दोभान बजारमा लागेको आगो नियन्त्रणमा, ४९ घर जलेर नष्ट

 न्यूज विराट
ताप्लेजुङको दोभान बजारमा लागेको आगो नियन्त्रणमा, ४९ घर जलेर नष्ट

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजार लागेको आगो नियन्त्रणमा आएको छ । मंगलबार बिहान ९ बजेदेखि सुरु भएको आगलागी दिउँसो मात्रै नियन्त्रणमा आएको हो । ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले दमकल, स्थानीयबासी र सुरक्षाकर्मीको सहयोगमा आगलागी झण्डै पाँच घण्टापछि नियन्त्रण आएको जानकारी दिइन् ।

आगलागीबाट दोभान बजारका ४९ घर जलेर नष्ट हुँदा डेरा गरी बसेकासहित ७१ परिवार विस्थापित भएका छन् । ‘आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको छ ,’ ताप्लेजुङका सहायक प्रजिअ खड्काले शिलापत्रसँग भनिन्, ‘आगलागीबाट ४९ घर जलेर नष्ट भएका छन् । डेरावाल २२ परिवार पनि विस्थापित भएका छन् । ’

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने बुधबारसम्म आउने उनले बताइन् । ‘अहिले क्षतिको विवरण ठ्याक्कै यति नै भन्न सक्ने अवस्था छैन ,’ उनले भनिन् ।

सहयक प्रजिअ खड्काले आगलागीबाट विस्थापित परिवारलाई राहत उपलब्ध गराउन सुरु गरिएको बताइन् । उनले स्थानीय तह, रेडक्रस र उद्योग वाणिज्य संघसँगको समन्वयमा विस्थापितलाई राहतको काम थालिएको जानकारी दिइन् ।

‘विस्थापितको राहत र पुनर्स्थापनाको काम अघि बढाइएको छ । अहिले तत्काललाई लगाउने र सुत्ने लत्ताकपडा रेडक्रसले दिएको छ भने उद्योग वाणिज्य संघले अहिले खाने बस्ने व्यवस्था गरेको छ ,’ उनले भनिन् ।

उनका अनुसार बजार क्षेत्र भएका कारण आगलागीबाट कपडा पसल, कृषि सामग्रीका पसल, किराना पसलहरू तथा भण्डारण गरिएका अलैंची लगायतका कृषि उत्पादन जलेर पूर्णरुपमा नष्ट भएका छन् ।

आगलागीको कारण भने सुल्न नसकेको उनले बताइन् । ‘आगलागी कसरी भयो भन्ने विषय खुल्न सकेको छैन, ’ उनले भनिन्, ‘कतै विद्युत सर्ट भएर लागेको हुनसक्छ । ’ दोभान बजार ताप्लेजुङ सदरमुकाम फुङलिङदेखि करिब डेढ घण्टाको दूरीमा पर्दछ ।

सम्बन्धित समाचार

कोरोना संक्रमणबाट ३ जनाको मृत्यु

विराटनगर, १५ असोज–कोरोना भाइरसको संक्रमणबाट प्रदेश १ का छुट्छा छुट्टै स्थानमा थप तीन जनाको मृत्यु भएको छ । मोरङको उर्लाबारीमा बिहिबार बिहान एक बृद्धा, र बुधबार राती मोरङ कारागारका एक कैदी र इटहरी उपमहानगरपालिकाका एक...

प्रदेश १ मा शंकास्पद १० हजार बढीको परीक्षण गर्ने तयारी

विराटनगर, जेठ १–प्रदेश १ मा कोरोना भाईरसका शंकास्पद १० हजार बढीको परीक्षण गरिने भएको छ । १४ वटै जिल्लाका १० हजार बढीको परीक्षण गर्नका लागि मन्त्रालयले तयारी सुरु गरेको छ । विपी कोइराला स्वास्थ्य विज्ञान...

प्रदेश १ मा आत्महत्या विरुद्धको विशेष अभियान सुरु (फोटो फिचर)

विराटनगर । प्रदेश १ मा आत्महत्याले विकराल रूप लिएपछि आत्महत्या रोकथाम एवं नियन्त्रण गर्न विशेष अभियान सुरु भएको छ । १ नंं .प्रदेश प्रहरी कार्यालय विराटनगरले आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा प्रदेश १ मा...

जनताको साथ पाएका छौं, २०८४ मा माओवादीले कोहीसँग गठबन्धन गर्दैन : प्रचण्ड

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा गठबन्धन गर्दा कांग्रेस र एमालेलाई ठूलो पार्टी बनाउन माओवादीले सहयोग गरेको दाबी गर्दै २०८४ को निर्वाचनमा माओवादी एक्लै अगाडि बढ्ने संकल्प गरेको बताएका छन् ।...

विराटनगरमा थप दुईजनामा कोरोना संक्रमण

विराटनगर, असार १२-विराटनगरमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १० पुगेको छ । संक्रमितमध्ये ४ जना उपचारपछि घर फर्किएका छन् । विराटनगर–६ का ३१ वर्र्षीय पुरुष र विराटनगर६ कै २१ वर्षीया महिलामा कोरोना...

पीसीआर मेसिन वीरगञ्जमा जडान गर्ने तयारीसँगै मुख्यमन्त्री राउतको आलोचना

प्रदेश–२ का लागि संघीय सरकारले पठाएको कोरोना संक्रमण परीक्षण गर्ने पीसीआर मेसिन वीरगञ्जमा जडान गर्ने तयारी भएको छ ।यसअघि प्रादेशिक अस्पताल जनकपुरधाममा जडान हुने भनिएको सो मेसिन मुख्यमन्त्री लालबाबु राउतको दबाबमा वीरगञ्जमा जडान गर्ने तयारी...

विराटनगरमा तीन महिने निःशुल्क ब्यूटिसियन तालिम सुरु

विराटनगर । सौन्दर्य कला व्यवसायी संघ विराटनगरको आयोजनामा तीन महिने निःशुल्क ब्यूटिसियन तालिम सुरु भएको छ । विराटनगरमा शनिबारदेखि उक्त तालिम सुरु भएको हो । तीन महिनासम्म संचालन हुने तालिममा ५७ जना महिलाहरुको सहभागि रहेको...

विराटनगरमा शिक्षाका लागि संगीत कार्यक्रम सुरू

विराटनगर । मन्जिना मुभिज क्रीयसनको आयोजनामा शिक्षाका लागि संगीत कार्यक्रम सुरु भएको छ । हरेक बर्ष आयोजना गरिने लक्ष्यका साथ उक्त कार्यक्रम सुरु भएको हो । विराटनगरको सरस्वती माविमा शुक्रबार संगीतिक कार्यक्रम आयोजना गरी यो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्