आर्थिक ऐन २०७७ ले दिएको छुट सुविधा उपयोग गर्न आन्तरिक राजश्व कार्यालय विराटनगरको आग्रह

 न्यूज विराट
आर्थिक ऐन २०७७ ले दिएको छुट सुविधा उपयोग गर्न आन्तरिक राजश्व कार्यालय विराटनगरको आग्रह

विराटनगर, १५ फागुन । उद्योगी, व्यापारी एवं करदाताहरुले आर्थिक ऐन–२०७७ ले दिएको छुट सुविधा उपयोग गर्न आन्तरिक राजस्व कार्यालय विराटनगरले अपिल गरेको छ । यो सुविधा फागुन मसान्तसम्म मात्र लागू हुने भएकोले सेवाग्राहीहरु समयमै आआफ्ना कर चुक्त्ता गरी सुविधा उपयोग गर्न कार्यालय प्रमुख विमल सापकोटाले आग्रह गरेका हुन् ।

उनले यस सुविधाबाट सरकारले प्राप्त गर्ने राजस्व पनि बढ्ने र करदाताहरु पनि नियमनमा बाँधिने भएकोले यसबाट सबैले सुविधा लिनु पर्ने उनले बताए । कार्यालयले जारी गरेको अपिलमाकुनै पनि व्यक्तिले स्थायी लेखा नं नलिई विगतमा कर लाग्ने आय आर्जन गरेको तर त्यसरी आर्जित आयमा कर नबुझाएको भए स्थायी लेखा नं लिई आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को आय विवरण र कर बुझाएमा शुल्क तथा ब्याज मिनाहा हुने छ ।

सो भन्दा अघिका आर्थिक वर्षहरुको आय विवरण र सोमा लाग्ने कर, शुल्क तथा ब्याज बुझाउनु पर्ने छैन । स्थायी लेखा नं लिई आय विवरण पेश नगर्ने वार्षिक रु५० लाख सम्मको कारोबार गर्ने प्राकृतिक व्यक्तिले आर्थिक वर्ष २०७३/७४, २०७४/७५ र २०७५/७६ को आय विवरण, आयकर र सोमा लाग्ने ब्याजको २५प्रतिशतले हुने रकम बुझाएमा सोभन्दा अघि वर्षहरुको आय विवरण पेश गर्नुपर्ने छैन र त्यस्तो आयमा लाग्ने कर, शुल्क तथा बाँकी ब्याज मिन्हा हने भनिएको छ ।

स्थायी लेखा नं लिई आर्थिक वर्ष २०७३/७४ वा सोभन्दा अघिको आय विवरण पेश नगर्ने वार्षिक रु.५० लाख भन्दा बढीको कारोबार गर्ने प्राकृतिक व्यक्ति वा निकायले आय विवरण, आयकर र सोमा लाग्ने ब्याजको २५प्रतिशतले हुने रकम बुझाएमा सोमा लाग्ने शुल्क तथा बाँकी ब्याज मिन्हा हुनेछ ।

विसं २०७५ असार मसन्तसम्मको मूल्य अभिवृद्धि कर विवरण पेश नगर्ने करदाताले बुझाउनु पर्ने कर विवरण, सो कर विवरण अनुसारको मूल्य अभिवृद्धि कर र सोमा लाग्ने ब्याजको ५० प्रतिशतले हुने रकम वुझाएमा सोमा लाग्ने जरिबाना, थप दस्तुर तथा बाँकी ब्याज मिन्हा हुने कार्यालयको अपिलमा छ ।

आयकर ऐन, २०५८ , मूल्य अभिवृद्धि कर ऐन, २०५२ र अन्तःशुल्क ऐन, २०५८ बमोजिम विसं २०७५ साल असार मसान्तभित्र भएको कर निर्धारण वा अन्तःशुल्क निर्धारण (झुट्टा तथा नक्कली बीजक सम्बन्धमा भएको कर निर्धारण बाहेक ) उपर मुद्दामा गई विचाराधीन रहेमा सम्बन्धित करदाताले मुद्दा फिर्ता लिई त्यस्तो निर्धारणबाट कायम भएको कर रकम र सोमा लागेको ब्याज बुझाएमा सोमा लागेको शुल्क, थप दस्तुर तथा जरिबाना मिन्हा दिइने भनिएको छ ।

यस्तै, सोही कार्यालयले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा रु.चार अर्व ५४ करोड ९१ लाख ८९ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु.चार अर्व ५१ करोड ९८ लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।

लक्ष्यमा रु.दुई करोड ९३ लाख ६४ हजार बढी राजस्व असुल गरेर कार्यालय प्रगतिउन्मुख भएको देखिएको छ । विगतमा कार्यालयले लक्ष्य हासिल गर्न धौधौ भइरहेको अवस्थामा लक्ष्य भन्दा बढी राजस्व असुल गर्नु र कार्यालयले सार्वजनिक अपिलले झन प्रगतिमा सुधार हुने विश्वास भएको प्रमुख सापकोटाले बताए ।

सङ्कलित राजस्वमा आयकर रु.एक अर्व ७७ करोड ५१ लाख ९६ हजार, मूल्यअभिवृद्धि कर रु.एक अर्व ३७ लाख ७७ लाख ३१ हजार र अन्तःशुल्क रु.एक अर्व ३९ करोड ६२ लाख ६२ हजार छन् । गएको साउन देखि माघसम्ममा कार्यालयले आयकरमा १३१ प्रतिशत, मूल्यअभिवृद्धिकरमा १६७ प्रतिशत र अन्तःशुल्कमा ६० प्रतिशत प्रगति हासिल गरेको छ ।

गएको वर्ष भन्दा यसवर्ष सो अवधिमा आयकरमा चार प्रतिशत, मूल्य अभिवृद्धिकरमा २६ प्रतिशत र अन्तःशुल्कमा पाँच प्रतिशत प्रगति वृद्धि हुनु राजस्वका लागि सुखद पक्ष रहेको प्रमुख सापकोटाको भनाई छ । आन्तरिक राजस्व कार्यलयको मातहतमा मोरङको विराटचोक, पथरीमा पनि सेवा कार्यालय स्थापना गरिसकेको छ भने यसबाट कुल ५२ हजार करदाता लाभान्वित हुने विश्वास लिइएको छ ।

सम्बन्धित समाचार

आरागन होटेल स्कूलले गर्यो एकै दिन विदाई तथा स्वागत

विराटनगर । विराटनगर – १० स्थीत सन्सारी माइस्थान मन्दिर नजिकै रहेको आरागन होटेल स्कूल तथा कोशी विद्या मन्दिरको प्लस टु होटेल मेनेजमेन्टले कलेजबाट विदाई गर्दै कलेजमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गरेको छ । आरागनको...

हाफ म्याराथुनको उपाधि सरोज र अंशुलाई

विराटनगर । मदन भण्डारी माध्यमिक विद्यालय स्तरीय खुल्ला ‘क्यापिटल हाफ म्याराथुन’ प्रतियोगिताको उपाधि सरोज सिंह र अंशु मण्डलले जितेकी छिन् ।नेपाल खेलकुद महासंघ मोरङले विराटनगरमा शनिबार आयोजना गरेको हाफ म्याराथुन प्रतियोगितामा दमक बहुमुखी क्याम्पसमा अध्ययनरत...

विदेशबाट उद्धार गरेका कामदारको खर्च रोजगारदाता, म्यानपावर र श्रमिकले ब्यहोर्नुपर्ने

काठमाडौं, १९ जेठ-सरकारले कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपाली उद्धार गर्ने सम्पूर्ण तयारी गरेको छ । विदेशबाट उद्धार गर्न लागिएका नागरिकको खर्चका बारेमा सरकारले छलफल र कार्यविधि बनाएको छ । वैदेशिक रोजगारीमा कार्यरत कामदारको...

२८ स्वास्थ्य सामग्रीको गुणस्तर र मापदण्ड तोकियो

काठमाडौं, २५ जेठ-नेपाल गुणस्तर तथा नापतौल विभागले स्वास्थ्यकर्मीले सुरक्षाका लागि लगाउने व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सहित २८ सामग्रीको गुणस्तर र मापदण्ड तोकेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अध्यक्षतामा आज बसेको नेपाल गुणस्तर...

शीर्ष नेतालाई शितल निवासमा राष्ट्रपतिको रात्री भोज

काठमाडौं, १० असार-संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै शीर्ष नेतालाई राष्ट्रपति बिद्यादेवी भण्डारीले रात्री भोज दिने भएकी छिन् ।नेकपा स्थायी समिति बैठक बस्नुअघि राष्ट्रपति भण्डारीले आज साँझ रात्री भोजका लागि निम्तो गरेकी हुन् । रात्री भोजका...

केन्द्रीय कमिटी बैठकको माग गैरजिम्मेवार : ओली

काठमाडौं, २० साउन-प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीका बीचमा केन्द्रीय कमिटी बैठक बोलाउन माग राखेर गैरजिम्मेवारी प्रदर्शन गरिरहेको बताएका छन् ।  बालुवाटारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी नेपालका...

नेपालगञ्जमा संक्रमितको संसर्गबाट १४ जनामा कोरोना संक्रमण

बाँके, २२ वैशाख -नेपालगञ्जमा १५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यहाँस्थित भेरी अस्पतालको आरटी पीसीआर यन्त्रमा परीक्षणका क्रममा आइतबार मात्रै १४ जनामा कोरोना संक्रमण देखिएको हो । यसअघि कोरोना संक्रमण देखिएका व्यक्तिलाई पछ्याउँदै जाँदा...

मोरङका २१ वटा सामाजिक संस्थाद्वारा भूमी सम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय फिर्ता लिन माग

विराटनगर, ३२ साउन । मानव अधिकार एलाइन्स मोरङले भूमी संवन्धि समस्या समाधान आयोग खारेजीको निर्णयले आवासको हक, दलितको हक र सामाजिक न्यायको हकको सुनिश्चिततालाई अन्यौलता तर्फ लगेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । आज प्रधानमन्त्री...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्