नेकपा आधिकारिकता विवादः निर्वाचन आयोगले दुवै समुहलाई दिएन मान्यता, ओली–दाहालको हस्ताक्षर र महासचिवले बोलाएको बैठकले मात्र मान्यता पाउने

 न्यूज विराट
नेकपा आधिकारिकता विवादः निर्वाचन आयोगले दुवै समुहलाई दिएन मान्यता, ओली–दाहालको हस्ताक्षर र महासचिवले बोलाएको बैठकले मात्र मान्यता पाउने

काठमाठौं, १३ फागुन । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता विवादमा तत्काल कुनै निर्णय नदिने भएको छ । नेकपा कानुनी रूपमा एउटै दल भएकाले आधिकारिकताबारे तत्काल कुनै निर्णय नगर्ने आयोगले जनाएको हो ।

प्रतिनिधिसभा विघटनको निर्णयसँगै राजनीतिक रूपमा विभाजित नेकपाबारे यसअघिकै निर्णयलाई निरन्तरता दिँदै आयोग आधिकारिकतासम्बन्धी विवादमा प्रवेश नगर्ने भएको हो ।

आधिकारिकताका लागि तोकिएको हदम्यादभित्र दुवै पक्षले दाबी नगरेको, राजनीतिक दलसम्बन्धी ऐन, नियमावली, पार्टी विधान एवं पार्टीको परिपत्रअनुसार कानुनी रूपमा नेकपा एउटै भएको र विधानअनुसार दुवै अध्यक्षको सहमतिमा महासचिवले डाकेको बैठक आधिकारिक हुने निर्णय आयोगले गत माघ ११ गते नै गरिसकेको छ ।

आयोगले संसद् पुनस्र्थापनापछि अब विवाद फरक ढंगले देखिन सक्ने अनुमानसमेत गरेको छ । चुनावका लागि पार्टीको नाम, चिन्ह र आधिकारिकताबारे विवाद थियो तर अब संसद् पुनस्र्थापनासँगै राजनीतिक विवाद संसदीय गणिततर्फ सोझिएको आयोगको अनुमान छ ।

आयोगले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि महाधिवेशन नभएको र महाधिवेशनसम्म नेकपाका दुवै अध्यक्षको सहमतिमा महासचिवले बैठक बोलाएर निर्णय लिने भन्ने विषय पार्टी विधानमै स्पष्ट रूपमा उल्लेख गरिएकाले दुई पक्षले एकअर्कालाई गरेको कारबाहीको कुनै औचित्य नहुने पनि बताएको छ ।

सम्बन्धित समाचार

थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ४३ पुग्यो

काठमाडौं, ३१ वैशाख -नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक प्रयोगशाला रुपन्देहीमा परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितहरूमा रुपन्देहीका...

सडकमा गुजारा चलाइरहेका १३ जनाको महानगरद्वारा उद्दार

मोरङ,  ३० असोज-विराटनगर महानगरपालिकाले नगरका  सडकमा बेसहारा भई कठिन जीवनयापन गरिरहेका १२ सडक मानवलाई  उद्दार गरेको छ ।  विराटनगर महानगरका प्रमुख भीम पराजुलीले विराटनगर–९ स्थित पुरानो गुद्री आसपास क्षेत्रमा बस्दै आएका बेसहारालाई उद्दार गरेका हुन्...

कपनबाट डेढ लाख थान मास्क बरामद

काठमाडौं, चैत २–प्रहरीले काठमाडौंको कपन क्षेत्रबाट १ लाख ५० हजार थानभन्दा बढी मास्क बरामद गरेको छ । महानगरीय प्रहरी परिसरका डीएसपी होवीन्द्र बोगटीका अनुसार कालो बजारीका लागि स्टक गरिएका डेढ लाखभन्दा बढी मास्क बरामद गरिएको...

जिया र प्रश्रय भए ग्रेडेड सिंगिङ्ग स्टार

विराटनगर । जिया भगत र प्रश्रय विष्ट ग्रेडेड सिंगिङ्ग स्टारको उपाधि जितेका छन् । विराटनगरस्थित गेडेड बोर्डिङ स्कुलले बिहीबार स्कुल परिसरमा आयोजना गरेको ग्र्रेडेड सिंगिङ स्टारमा कक्षा १ देखि ५ सम्म जिया र कक्षा ६...

आज नेकपाको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, १३ साउन-पटकपटक स्थगित हुँदै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टीमा देखिएका विवाद समाधानका लागि आज पनि स्थायी कमिटी बैठक बस्न लागेको हो । नेकपामा देखिएको आन्तरिक...

जबरजस्ती करणी गरेको अभियोगमा होटल संचालक सहित ३ जना पक्राउ

विराटनगर, १४ माघ । मोरङको बेलबारी बस्ने एक महिलालाई सुन्दरहरैचा नगरपालिका ४ बलिया स्थितमा रहेको श्रेष्ठ होटल एण्ड फेमेली होटलमा जवरजस्ती करणी गरेको अभियोगमा सोही होटल संचालक सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ...

शुक्रबार २९०९ संक्रमित थपिए, ४५०० जना डिस्चार्ज

काठमाडौं, २१ कात्तिक-पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप २ हजार ९ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थपिएकासहित कुल संक्रमितको संख्या १ लाख ८८ हजार ८८ सय ३ पुगेको छ...

घरबाट मोबाईल चोरी गरि भागेका २ जना पक्राउ

विराटनगर, साउन –मोबाईल चोर्ने दुई जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । विराटनगर १३ स्थित सैनिक टोलको एक घरबाट मोबाईल चोरी गरि भागेका दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । मोबाईल चोरी गरेको आरोपमा प्रहरीले सप्तरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्