जसपालाई प्रचण्ड-नेपाल समूहको प्रस्ताव : ओलीको प्रतिगमन सच्चियो, अब मिलेर जाऔँ

 न्यूज विराट
जसपालाई प्रचण्ड-नेपाल समूहको प्रस्ताव : ओलीको प्रतिगमन सच्चियो, अब मिलेर जाऔँ

नेकपाको प्रचण्ड-नेपाल समूहले जनता समाजवादी पार्टी (जसपा) नेपाललाई मिलेर सरकार बनाउने प्रस्ताव गरेका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि सत्ता समीकरणका लागि नेकपाको प्रचण्ड-नेपाल समूहले बिहीबार जसपाका शीर्ष नेताहरूसँग छलफल गरेको हो । छलफलमा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले मिलेर जाने प्रस्ताव जसपाका नेताहरूलाई गरेका हुन् ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको संसद् अदालतबाट पुनर्स्थापना भएको र अब मिलेर सरकार बनाएर जाने अघि बढ्ने प्रस्ताव गरेका हुन् । प्रचण्डले ओलीको प्रतिगमन सच्चिएकाले अब मिलेर सरकार बनाएर अघि बढ्नु पर्ने बताएका हुन् ।

तर, जसपाका शीर्ष नेताहरूले भने आफूहरूले अघि नै मिलेर जाने प्रस्तावबारे निर्णयमा पुग्न नसक्ने जवाफ प्रचण्ड-नेपाललाई दिएका छन् । उनीहरूले ओलीको प्रतिगमन सच्चिएपनि अघि नै मिलेर अघि बढ्न सक्ने स्थिति बनिनसकेको बताएका थिए ।

‘प्रचण्डजीहरूले ओलीको प्रतिगमन अदालतले सच्यायो । अब तपाईं हामी  मिलेर जानुपर्छ भन्नुभयो,’ बैठकमा सहभागी जसपाका एक नेताले भने, ‘तर हामीले ओलीको प्रगितमन सच्चिएपनि हाम्रा पुराना माग सम्बोधन भएका छैनन्, तपाईंहरूको प्रतिगमन त कायमै छ भनेर जवाफ दियौं । ’

जसपाका नेताहरूले संविधान ट्रयाकमा आएपनि आफूहरूका माग सम्बोधन भने अहिलेसम्म नभएकाले मिलेर जाने विषयमा पार्टीभित्र थप छलफल गरेपछि मात्रै निर्णय लिन सकिने बताएका थिए ।

भेटमा प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेता तथा जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ सहभागी थिए ।

संसद् पुनर्स्थापना भएपछि नेकपा प्रचण्ड-नेपाल समूहले सत्ता समीकरणका विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग् छलफल गरेको थियो । देउवालाई भेट्न बुधबार दिउँसो बूढानीलकण्ठ पुगेका प्रचण्ड र नेपालले मिलेर अघि बढ्ने प्रस्ताव गरेका थिए । तर, देउवाले यसबारे पार्टीभित्र छलफल गरेर मात्रै निर्णयमा पुग्न सकिने जवाफ दिएका थिए ।

सम्बन्धित समाचार

सांसद थापालाई कडा कानुनी कारवाही गर्न जातीभेद विरुद्ध विश्व मञ्चको माग

विराटनगर, बैशाख २७–गण्डकी प्रदेशका सांसद तथा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले कानुनको बर्खिलाप गर्दै दलित समुदायमाथि अपमान गरेकाले कडा भन्दा कडा कारबाही गर्न माग गरिएको छ । जातीभेद विरुद्ध विश्व मञ्चका अध्यक्ष तिर्थ विश्वकर्माले शुक्रबार...

लागु औषध सहित एक जना पक्राउ

विराटनगर । प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीले सुनसरी इटहरी ३ का वर्ष ३५ का सबिन खनाललाई लागूऔषधसहित आइतबार पक्राउ गरेको हो । मोरङ रंगेली नगरपालिका – ८...

बुटवलको कोरोना विशेष अस्पतालमा थप १ काेराेना संक्रमितको मृत्यु

रूपन्देही, १९ भदौ-बुटवलको कोरोना विशेष अस्पतालमा थप १ संक्रमितको मृत्यु भएको छ । मृतक बुटवल उपमहानगरपालिका- ८ का ७८ वर्षीय पुरुष हुन् ।   अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार ४ भदौमा अस्पताल भर्ना भएका...

ऋचा मेमोरियल टी–२० क्रिकेट : दिल्लीलाई हराउँदै नेपाल पुलिसको सानदार जित

विराटनगर । विभागीय टिम नेपाल पुलिस प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा विजय सुरूवात गरेको छ । पाहुना टिम दिल्ली युनिाईटेड क्रिकेट क्लबलाई ७ विकेटले स्तब्ध बनाउँदै पुलिस विजय भइ २ अंक जोड्न...

रामचन्द्र पाैडेल भन्छन्, ‘सरकार अटेरी भयाे’

काठमाडाैं, १८ साउन-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरूलाई भेट्न बसन्तपुर पुगेका छन् । पौडेलसहित कांग्रेस नेताहरू अनसनरत ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरूलाई भेट्न बसन्तपुर पुगेका हुन्। क्वारेन्टाइन व्यवस्थापन गर्नुपर्ने, पीसीआर...

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज साँझ विश्वासको मत लिँदै

जनकपुर — मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार साँझ विश्वासको मत लिने भएका छन् । एमाले सरकारबाट बाहिरिए पनि विश्वासको मत लिन आलटाल गरिरहेका मुख्यमन्त्री यादवले कानुनी अड्चनबाट बच्न मंगलबार साँझ विश्वासको मत दिन लागेका...

विराटनगर आएर सभापति देउवाले भने–सरकारमा जान हतार छैन

विराटनगर, १० चैत । नेपाली कांग्रेसका सभापती शेरवहादुुर देउवाले कांग्रेसलाई सरकारमा जान हतार नभएको बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार संचारकर्मीहरुसँग कुुरागर्दै उनले काग्रेसलाई जनताले प्रतिपक्षको म्यान्डेड दिएकाले सरकारमा जान कांग्रेसलाई हतार नरहेको बताएका हुन्...

विराटनगरको भानुटोलको फोहर एक हप्तादेखि उठेन, शहर दुर्गन्धित

विराटनगर । विराटनगर महानगरपालिकाले नालाबाट लेदो निकालेर सडकमा राखेको फोहर एक हप्ता बितिसक्दा पनि अझै उठाएको छैन । विराटनगर – ९ भानुटोलको भित्री सडकको नालाबाट निकालिएको लेदोसहितको फोहोर व्यवस्थापनमा महानगरले ध्यान नदिँदा सडक दुर्गन्धित बनेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्