नेकपाको ओली समूहले प्रदेश १ को प्रदेशसभा बैठक बहिष्कार गर्ने भएको छ । मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव अघि बढ्ने भएपछि आइतबार ओली समूहका सांसदहरुले प्रदेशसभा बहिष्कार गर्ने भएका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको ओली समूहका सांसदहरुको बैठकले प्रदेशसभा बैठक बहिष्कार गर्ने निर्णय गरेको हो । ओली समूहले मुख्यमन्त्री राईले निलम्बन गरेका १६ सांसद सहभागी बैठकमा उपस्थित नुहने जानकारी सभामुखलाई गराएको उद्योग, पर्यटन तथा वातावरण मन्त्री जगदीश कुसियतले जानकारी दिए । आइतबार दिउँसो दुई बजेका लागि बोलाइएको बैठक ओली समूहले बहिष्कार गर्ने निर्णय लिएसँगै अन्योलमा परेको छ ।