विराटनगरमा कांग्रेस नेताहरुले भने–संविधानको रक्षाका लागि जनता माझ आएका हौँ

 न्यूज विराट
विराटनगरमा कांग्रेस नेताहरुले भने–संविधानको रक्षाका लागि जनता माझ आएका हौँ

विराटनगर, ३ फागुन । संविधान रक्षाका लागि आफुहरु जनतामाझ आएको नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले बताएका छन् । नेपाली कांग्रेस मोरङले प्रदेश १ को राजधानी विराटनगरमा सोमबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेताहरुले संसद पुनस्र्थापना गर भनेर सर्वोच्च अदालतलाई कांग्रेसले कहिल्यै नभन्ने स्पष्ट बताए । उनीहरुले संविधान रक्षाका लागि कांग्रेस सडकमा उत्रिएको उल्लेख गरे । सभालाई सम्बोधन गर्दे पूर्वमन्त्रीसमेत रहेका कांग्रेस नेता महेश आचार्यले एउटा मुद्दा सर्वोच्च अदालतमा र अर्को मुद्दा जनताको इजलासमा चलिरहेको बताए ।

सर्वोच्चमा मात्र होइन फैसला जनताको अदालतमा पनि हुने आचार्यको भनाइ थियो । कांग्रेसले आयोजना गरेको सभामा जनताको उपस्थितिले प्रधानमन्त्रीको कदमलाई अस्वीकृत गरिसकेको आचार्यले बताए ।

प्रधानमन्त्रीले देशका संयन्त्रलाई कम्युनिष्टीकरण गर्न प्रचण्ड र माधव नेपाल पनि उत्तिकै जिम्मेवार रहेको आचार्यले बताए । उनले सरकारले बलात्कारीलाई कारबाही गर्नुको साटो अपराधी लुकाउने काम भएको र अनियमितता गर्नेलाई बचाउने काम भएको आरोप लगाए । केन्द्रीय सदस्य अमृत अर्यालले नेकपाका दुबै समूहले भाडामा ओसारे जसरी कांग्रेसको भेलामा जनसमुदाय भेला नभएको बताउदै अब देशले कांग्रेस खोजेको बताए ।

अर्यालले कम्युनिष्टका कारण देशको अवस्था कमजोर हुँदै गएको आरोप लगाए । नेकपाभित्रको विवादले मुलुकलाई अनिर्णयको बन्दी बनाएको अर्यालको भनाई थियो । उनले सात दशक लामो नेपाली जनताको त्याग र संघर्षबाट प्राप्त संविधानलाई नेकपा नेतृत्वको सरकारले च्यातच्युत बनाएको आरोप लगाए ।

लोकतन्त्र र संविधानको रक्षाका लागि जस्तोसुकै आन्दोलन गर्न पनि कांग्रेस तयार भएको अर्यालले स्पष्ट पार्नुभयो । अर्का केन्द्रीय सदस्य तथा मोरङ व्यापार संघका पूर्व अध्यक्ष पवनकुमार सारडाले संविधान विपरीतको कदमले सबै क्षेत्रमा असर गरेको बताए ।

संसद विघटन हुँदा मुलुकमा लगानीको वातावरण खलबलिएको सारडाको भनाइ थियो । मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बूले संघीय र गणतन्त्र समाप्त गर्ने दिशामा ओली सरकार लागेको आरोप लगाए । विरोधसभा अघि विराटनगरका विभिन्न स्थानबाट जुलुस निस्किएको थियो ।

सम्बन्धित समाचार

नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघद्वारा राहत वितरण

नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघले काठमाडौंको बागबजार लगायतका स्थानमा रहेका २१ घरपरिवार सिलाइकर्मी मजदुरलाई खाद्यान्न राहत सामग्री वितरण गरेको छ । कोरोना भाइरस (कोभिड-१९)को महामारीको कारण निरन्तर लकडाउन हुँदै आएपछि ज्यालादारी मजदुर तथा श्रमिक...

विदेशमा कोरोनाबाट २ सय ८४ नेपालीको मृत्यु

काठमाडौं, ९ कात्तिक-विश्वव्यापी महामारी रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट गत साता विदेशमा थप एक नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा एक नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको हो...

कोरोनाबाट उपत्यकामा ५ सहित थप १४ जनाको निधन

काठमाडौं, २७ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा १४ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा तीन महिला र ११ पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो ।  मन्त्रालयका अनुसार...

सिके राउत नेतृत्वको पार्टीका नेता-कार्यकर्ताद्वारा पार्टी परित्याग

सिरहा, २४ असार-डा सीके राउत नेतृत्वको जनमत पार्टी सिरहाका २ जना पूर्वजिल्ला संयोजकसहित १ दर्जनभन्दा बढी नेता कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन् । पार्टी अध्यक्ष डा राउतले पार्टीका नेता कार्यकर्ताको प्रतिष्ठा प्रति कुनै...

श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने पक्राउ

जनकपुरधाम, २९ कात्तिक-जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगरमा आज बिहान श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका–२० घर भई हाल वडा नंं ७ जानकीनगरमा बस्ने सञ्जीव...

प्रदेश १ का एक दर्जनबढी श्रष्टा सम्मानित

विराटनगर, २९ असार–२ सय ७ औं भानु जयन्तीका अवसरमा प्रदेश १ सरकारले एक दर्जनबढी श्रष्टाहरुलाई सम्मान गरेको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको आयोजनामा बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट एक जना र भाषा...

आज थपिए ४२१ संक्रमित, संक्रमितको संख्या ९ हजार नाघ्यो

काठमाडौं, ७ असार-आइतवार उपत्यकाका १ जनासहित ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा ललितपुरका १ जनासहित देशभर ३३१ जनामा कोरोना भाइरस संक्रमण देखिएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी...

हिमगिरीले ‘महजोडी ’लाई ब्राण्ड एम्वेष्डर नियुक्त गर्यो

विराटनगर । नेपाली चलचित्रका प्रशिद्ध हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य( महजोडी)लाई हिमगिरी हाइजेनिक उद्योग विराटनगरले आज ब्राण्ड एम्बेष्डर नियुक्त गरेको छ।उक्त उद्योगद्वारा आज विराटनगरमा आयोजित कार्यक्रममा उद्योगका अध्यक्ष महेश जाजु, प्रवन्ध निर्देशक प्रकाश मुन्दडाले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्