नक्कली सुन दिएर ५५ लाख ठगी, ६ जना पक्राउ

 न्यूज विराट
नक्कली सुन दिएर ५५ लाख ठगी, ६ जना पक्राउ

काठमाडौंमा एउटा आपराधिक समूहले एक किलो नक्कली सुन दिएर ५५ लाख ठगी गरेको छ । उक्त समूहले काठमाडौंको ताहाचल बस्ने एक व्यक्तिलाई सुन जस्तो देखिने एक किलो पहेंलो धातुलाई सक्कली सुन हो भन्दै ५५ लाख रुपैयाँ ठगी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

महाशाखाको टोलीले ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंलाई बुझाएको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका– १६ बस्ने काभ्रेका ३२ वर्षीय सन्तबहादुर लामा, काठमाडौँ तार्केश्वर नगरपालिका– ५ शान्तिटोल बस्ने नुवाकोटका ४५ वर्षीय ऋषमान घले, मेख तामाङ, जेरी तामाङ, राज तामाङ र काठमाडौँ महानगरपालिका ताहाचल बस्ने झापाका अभयकुमार चौधरी रहेका छन् ।

यही ११ माघमा उक्त सुनजस्तो देखिने एक किलो पहेँलो धातु सक्कली सुन हो भन्दै उक्त ठगी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको थियो । उनीहरूको साथबाट प्रहरीले नौ लाख ५० हजार नगदसहित ठगी गरेको रकमबाट खरीद गरेको मोटरसाइकल र पाँचवटा मोबाइल बरामद गरेको छ ।

सम्बन्धित समाचार

इथियोपियाको क्षेत्रीय राजधानी विद्रोहीको नियन्त्रणमा

इथियोपियाको क्षेत्रीय राजधानी मिकेली विद्रोहीले कब्जा गरेका छन् । टिग्रेस्थित विद्रोही फौजले क्षेत्रीय राजधानी मिकेली कब्जा गरेको जनाएको बीबीसीले उल्लेख गरेको छ । उक्त राजधानी इथियोपियाको फौजले गत नोभेम्बरमा आफ्नो नियन्त्रणमा लिएको थियो । तर,...

लक डाउनलाई थप कडाईका साथ कार्यान्वयन गर्दै प्रदेश सरकार

विराटनगर, चैत २८–प्रदेश नं. १ मा सरकारले लकडाउनलाई कडाइका साथ कार्यान्वयन गर्दै हाटबजार मेला तथा जमघट बन्द गर्ने र राहत वितरणलाई प्रभावकारी बनाउने भएको छ । शुक्रबार बसेको प्रदेश क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले लकडाउन र...

इन्टरनेटमा ५० प्रतिशतभन्दा धेरै कर उठाएको सेवा प्रदायकको गुनासो

सरकारले इन्टरनेटलाई अत्यावश्‍यक क्षेत्रमा राखेर पनि ५० प्रतिशतभन्दा धेरै कर लगाएको भन्दै सरोकारवालाले गुनासो गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार काठमाडौंमा आयोजना गरेको नेपालमा इन्टरनेट वितरण मुद्दा र चुनौतीहरू विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै विज्ञहरूले नेपालमा...

विराटनगर बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा

विराटनगर, २५ माघ । सरकारले मोरङको विराटनगर महानगरपालिका–१८ को हिमालयन कृषि फार्म वरपरको क्षेत्रलाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले बर्ड फ्लु नियन्त्रण गर्न भन्दै सो क्षेत्रलाई बर्ड फ्लु प्रभावित...

सुरु भयाे कक्षा १२ काे परीक्षा

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा देशभर एकै साथ सुरु गरेको छ । आज बिहान ८ बजेदेखि ७७ जिल्लाका एक हजार २९२ परीक्षा केन्द्रमा एकै साथ सो तहको परीक्षा शान्तिपूर्ण रूपमा सुरु...

प्रधानमन्त्रीले आज बोलाएको सर्वदलीय बैठक पनि एमालेद्वारा बहिस्कार

काठमाडौं, ८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको सर्वदलीय बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नजाने भएको छ । स्थानीय चुनाव समयमै नगर्ने मनसायका साथ छलफल गर्न डाकिएको बैठकमा एमाले सहभागी नहुने उपमहासचिव...

रुस्लान भोड्का ५० बर्षमा , बोतलमा नयाँ डिजाईन

विराटनगर । जाउलाखेल ग्रुपले सन् १९७३ बाट उत्पादन गर्दै आएको रुस्लान भोड्काले ५० वर्षको यात्रा तय गरेको छ ।जाउलाखेल ग्रुपले आफ्नो ५ दशकको गौरवशाली उपलब्धिको सम्झना गर्दै आफ्नो बोतल डिजाइनलाई उत्कृष्ट र अत्याधुनिक स्वरुपमा परिवर्तन...

पूर्व प्रधानन्यायाधीस सिंहको शोकमा आज सबै अदालत बिदा

काठमाडौं,  १ असोज-सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा आज एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको छ ।  सर्वोच्च अदालतको बुधबारको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति  दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा बिहीबार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्