सार्वजनिक जग्गासहित अनियमिततामा संलग्न जोकोहीलाई कारवाही गर्ने अख्तियार प्रमुख राईको घोषणा

 न्यूज विराट
सार्वजनिक जग्गासहित अनियमिततामा संलग्न जोकोहीलाई कारवाही गर्ने अख्तियार प्रमुख राईको घोषणा

काठमाडौं, माघ २८-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले अनियमिततामा संलग्न सबैलाई कारवाही गर्ने घोषणा गर्नुभएको छ । अख्तियारको ३० औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाले सरकारी, सार्वजनिक जमीन अतिक्रमण गर्ने जोकोहीलाई अनुसन्धान गरेर कारबाही गरिने घोषणा गर्नुभएको हो ।

पछिल्लो समय सार्वजनिक जग्गा हडप्ने क्रम बढिरहेको बेला अख्तियारले यस्ता विषयमा चासो दिएको हो । ‘सरकारी सार्वजनिक जमिन अतिक्रमण गर्ने, खोला(खोल्सा तथा पर्ति जमीन ओगट्ने कार्य सह्य हुने छैन,’ प्रमुख आयुक्त राईले भन्नुभयो, ‘सार्वजनिक पदाधिकारी वा उनीहरू जोडिएका जोसुकैलाई अनुसन्धान गर्ने र रोक्ने कार्य आयोगको प्राथमिकतमा रहने छ ।’

औषधिलगायतमा भएका भ्रष्टाचार सम्बन्धी थुप्रै उजुरी आयोगमा दर्ता भएको र त्यसलाई प्राथमिकता दिएर घुसखोरी र विचौलियालाई निगरानी गर्न विशेष टोली खटाइने उहाले जानकारी दिनुभयो । प्रमुख राईले विभिन्न सरकारी निकाय, विकासे निर्माण कार्यमा हुने अनियमिततामा पनि अख्तियारको कडा नजर रहने बताउनु भयो ।

सम्बन्धित समाचार

दोस्रो मिल्स भेट्रान्स गोल्डकप शनिबारदेखि, उद्घाटनमा ग्रामथान र उर्लाबारी भिड्दै

विराटनगर । दोस्रो संस्करणको कोशी प्रदेश स्तरीय मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरू हुने भएको छ । विराटनगर जुट मिलको खेल मैदानमा हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा ग्रामथान भेट्रान्स र उर्लाबारी भेट्रान्स फुटबल क्लबबीच...

सुनसरीको इनरुवामा गोली प्रहार गरी लुटपाट गर्ने दुई जना पक्राउ

विराटनगर । सुनसरीको इनरुवामा गोली प्रहार गरेर लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्ने सुनसरी भोक्राहा नगरसिंह ५ का उमेश मुखिया र सोही ठाउँका उमेश र ढिगा भन्ने इब्रान मन्सुरी मियाँलाई पक्राउ...

प्रदेश १ मा घट्यो संक्रमण दर, आज ३४९ जना कोरोना संक्रमित थपिए

विराटनगर, २३ जेठ । प्रदेश १ मा आज ३४९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १९५, सुनसरीमा ५१, झापामा ३६, ते¥हथुममा २६, संखुवासभामा ९, पाँचथर, इलाम र भोजपुरमा ४–४, उदयपुरमा ३, ओखलढुङ्गा र धनकुटामा...

प्रधानमन्त्री देउवा वैशाखमै स्थानीय निर्वाचन गर्न सकरात्मक

काठमाडौं, माघ १५ । सत्तारुढ गठबन्धन समन्वय समितिका संयोजक एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राज्यका सबै संयन्त्र असफल बनाउन प्रयत्न भइरहेको बताउनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारुढ ५ दलीय गठबन्धनको शीर्ष बैठकमा...

बहराइनमा २४५ नेपालीमा कोरोना संक्रमण

काठमाडौं, २४ वैशाख-नेपालीको प्रमुख श्रम गन्तव्य रहेको बहराइनमा हालसम्म २४५ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । मनमास्थित नेपाली दूतावासका अनुसार पछिल्लो १ साताको अवधिमा ८८ नेपालीमा कोरोना संक्रमणण पुष्टि भएको छ । यही १९...

इजरायल जान भाषा परीक्षा दिएका २ हजार ३९ विद्यार्थी उत्तीर्ण

काठमाडौं, ३० भदौ । इजरायलमा केयरगिभर सम्बन्धी रोजगारीका लागि सरकारले लिएको अंग्रेजी भाषा परीक्षामा दुई हजार ३९ परीक्षार्थी उत्तीर्ण भएका छन् । भाषा परीक्षामा उत्तीर्ण भएकाहरूको फिजिकल फिटनेसु जाँच असोज १, २ र ३ गते...

कोशी प्रदेशको नीति तथा कार्यक्रम सोमबार आउँदै, कृषी र  पूर्वाञ्धारलाई प्राथामिकता

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२- ०८३ को नीति तथा कार्यक्रम आज सोमबार प्रदेश सभामा प्रस्तुत गर्दैछ । कोशी प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषदको बैठकले नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्ने निर्णय...

चीनमा एकै दिन थपिए ९९ संक्रमित

एजेन्सी, चैत ३०-चीनमा कोरोना भाइरस (कोभिड-१९) का करिब सय नयाँ 'केस' भेटिएका छन् । चीनमा कोरोना भाइरस संक्रमणका ९९ केस भेटिका हुन् । पछिल्लो हप्तामा देखिएका नयाँ संक्रमितमध्ये शनिबारबार भेटिएका सबैभन्दा धेरै हुन् । नयाँ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्