समाद–२ गिती भिडियो एल्बम विराटनगरमा लोकार्पण

 न्यूज विराट
समाद–२ गिती भिडियो एल्बम विराटनगरमा लोकार्पण

विराटनगर, २४ माघ । राजवंशी चलचित्रकर्मी समाद समितिले समाद–२ नामक गिती भिडियो एल्बम लोकार्पण गरेको छ । विराटनगरमा शनिबार आयोजित कार्यक्रमकाबीच विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले समाद २ को लोकार्पण गरे ।

समाद समितिले निर्माण गरेको गिती भिडियो बहुभाषि छ । भिडियोमा विभिन्न ४ वटा भाषाका गीतहरु समावेश गरिएको छ । १२ वटा भिडियो गित समेटिएको एल्बममा नेपाली, हिन्दी, मैथिली र राजवंशी भाषाका गितसंगित प्रस्तुत गरिएको छ ।

एल्बममा ‘हामी नेपाली’ बोलको नेपाली गीत समेटिएको छ भने ‘वाह रे मोदी’ हिन्दीमा‘’ ‘सुन सखी हमर’ राजवंशी भाषामा र ‘दिलके पसिन’बोलमा मैथिली गीत समेटिएको एल्बम निर्माता समाद समितिका अध्यक्ष दीपनारायण राजवंशीले जानकारी दिए ।

एल्बम निर्माणका लागि विराटनगर महानगरपालिकाले २ लाख रकम सहयोग गरेको छ भने थप ६ लाख खर्चगरि ८ लाख खर्चमा भिडियो एल्बम निर्माण गरिएको निर्माण समितिले जनाएको छ ।

गिती भिडियोको चन्दन राजवंशीले निर्देशन गरेका छन भने शब्द, संगीत र स्वर दीप नारायण राजवंशीको रहेको छ । यसैगरि एल्बममा बलबहादुर राजवंशी, अनुमा चौधरी, माला राजवंशी र सुशिला राजवंशीले समेत स्वर दिएका छन् । विमोचनको अवसरमा एल्बम निर्माणको क्रममा विभिन्न क्षेत्रबाट योगदान दिने ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राई र मन्त्रीहरूले लिए शपथ

विराटनगर, १६ कात्तिक । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री राईलाई पद तथा गोपनीयताको शपथ...

संक्रमणमुक्त हुनेको संख्या ३० हजार नाघ्यो

काठमाडौं, २२ भदौ-नेपालमा कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किनेको संख्या बढ्दै गएको छ । आज थप १ हजार ७ सय ३६ जना संक्रमित डिस्चार्ज भएका घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त भएर फर्किनेको...

जर्मनीमा २ जनाभन्दा बढी भेला हुन नपाउने, चान्सलर मर्केल क्वारेन्टाइनमा

कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै घर र कार्यालयबाहेक अन्यत्र दुई जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाइएको छ । जर्मन चान्सलर एन्जेला मर्केलको सम्पर्कमा आएका एक चिकित्सकलाई कोरोनाभाइरस संक्रमण भएको पाइएपछि उनी पनि क्वारेन्टाइन अर्थात्...

कोशीका तीन मन्त्रीले पाए जिम्मेवारी : उप्रेतीले वन, राईले अन्तरिक र जवेगुले पूर्वाधार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई जिम्मेवारी दिएका छन् । मुख्यमन्त्री कार्कीले करिब एक महिनापछि विनाविभागीय रहेका तीन मन्त्रीहरुलाई आज मन्त्रालयको जिम्मेवारी दिएका हुन् । विनाविभागीय मन्त्री रहेका नेकपा माओवादी केन्द्रका गणेश उप्रेतीले...

मलाई सत्ताच्यूत गरे विपक्षीको सरकारलाई मान्यता दिन्नँ :इमरान खान

एजेन्सी, २६ चैत । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफूलाई सत्ताच्यूत गरे विपक्षीको सरकारलाई मान्यता नदिने चेतावनी दिएका छन् । प्रधानमन्त्री खानविरुद्ध संसदमा दायर भएको अविश्वासको प्रस्तावमाथि मतदान हुनु केही समयअघि खानको यस्तो चेतावनी आएको हो...

कोशी प्रदेशमा आदिवासी दिवसमा शुक्रबार विदा

विराटनगर । कोशी प्रदेश सरकारले आदिवासी दिवसको अवसरमा शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुईटेलले सरकारले शुक्रबारका लागि सार्वजनिक विदा दिएको जानकारी दिएका हुन् । कोशी प्रदेश मन्त्रीपरिषदको...

चीनबाट खरिद गरिएका स्वास्थ्य उपकरणबारे प्रचण्डको चासो

काठमाडौं, १९ चैत-प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा उनीहरुबीच चीनबाट स्वास्थ्य उपकरण खरिदका क्रममा देखिएको विवादबारे छलफल भएको हो...

सभामुखले बाेलाएकाे सर्वदलीय बैठकमा एमाले नजाने

काठमाडौं, २ फागुन । सभामुख अग्नि सापकोटाले आज (सोमबार) बोलाएको सर्वदलीय बैठकमा प्रमुख विपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ । एमाले सचेतक विशाल भट्टराईले सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी नहुने बताए । 'सभामुखसँग...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्