अठारौँ वर्षमा नेपाल टेलिकमः ग्राहक आधार दुई करोड नौ लाख

 न्यूज विराट
अठारौँ वर्षमा नेपाल टेलिकमः ग्राहक आधार दुई करोड नौ लाख

काठमाडौं, २४ माघ । नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) सत्र वर्ष पूरा गरी अठारौँ वर्षमा प्रवेश गरेको छ । सरकारले अघि सारेको डिजिटल नेपाल अवधारणालाई सार्थक बनाउन टेलिकमले देशको दुर्गम क्षेत्रमा समेत उच्चतम प्रविधिको प्रयोगमार्फत सेवा ग्राहकसमक्ष सेवा प्रदान गर्दै आएको छ । मुलुकमा दूरसञ्चार सेवाको शुरुआत, विकास र विस्तारको एक शताब्दीभन्दा लामो इतिहास बोकेको संस्था २२ माघ २०६० मा ‘कम्पनी’ मा रूपान्तरण भएको थियो ।

टेलिकमले कम्पनीको १७औँ वार्षिकोत्सवका अवसरमा बिहीबारदेखि मुलुकभर फोरजी मोबाइलमा चलाउन मिल्नेगरी आकर्षक सुविधासहित फोरजी वायरलेस होम ब्रोडव्याण्ड सर्भिस र मेसिन टु मेसिन डाटा र एसएमएस सेवाको शुरुवात गरेको छ । सेवाग्राहीको चाहना तथा बजारको मागलाई दृष्टिगत गर्दै अगाडि बढेको टेलिकमको सेवा मुलुकको करिब ७० प्रतिशत जनसङ्ख्यामा कुनै न कुनै सेवाको पहुँच पुगिसकेको छ ।

सत्र वर्षअघि स्थापना हुँदा कम्पनीको ग्राहक आधार करिब चार लाख २२ हजार मात्रै भए पनि त्यसलाई वृद्धि गर्दै हाल दुई करोड नौ लाख पुगेको छ । कम्पनीले मुलुकको ७७ वटै जिल्लामा ताररहित प्रविधिमा आधारित फोर जी मोबाइल र डाटा सेवा तथा ४२ जिल्लामा अप्टिकल फाइबरमा आधारित एफटिटिएच सेवा सञ्चालनमा ल्याएपछि ग्राहक आधारमा निरन्तर वृद्धि भइरहेको प्रबन्ध निर्देशन डिल्लीराम अधिकारीले जानकारी दिए ।

कम्पनीले आधारभूत टेलिफोन, ताररहित मोबाइल, अति दुर्गम विकट स्थानमा स्याटेलाइट प्रविधिमा आधारित टेलिफोन सेवा, इन्टरनेटर डाटा सेवा तथा अन्य सेवा उपलब्ध गराउँदै आएको छ । एफटिटिएच सेवाअन्तर्गत एउटै फाइबरका माध्यमबाट डाटा र भ्वाइस उपलब्ध भइरहेकामा गत १ जनवरीमा एनटिटिभी ब्राण्डमा आइपिटिभी सेवाको सुभारम्भ भएपश्चात् भ्वाइस डाटा र भिडियोको अवधारणा कार्यान्वयन गर्नसमेत टेलिकम सफल भएको छ ।

निर्देशक अधिकाकारीले भने, ‘कम्पनीको ग्राहक आधार आधारभूत सेवातर्फ २०७६ असार मसान्तमा करिब दुई करोड २७ लाख (७६.९५५ टेली घनत्व) रहेको थियो भने करिब २० लाख निष्क्रिय ग्राहक सिष्टमबाट हटाउने क्रममा २०७७ असार मसान्तमा ग्राहक आधार करिब २ करोड (६७.७६ ५ टेली घनत्व) पुगे तापनि ग्राहक आधारमा क्रमिकरूपमा वृद्धि हुँदै २०७७ मङ्सिर मसान्तसम्म ग्राहक आधार दुई करोड नौ लाख (६९.८५ टेलीघनत्व) पुगेको छ ।’

सोमध्ये जीएसएम मोबाइलका ग्राहक एक करोड ८४ लाख ३१ हजार, सिडिएमए सेवाका १८ लाख आठ हजार र पिएसटिएन सेवाका ग्राहक छ लाख १७ हजार छन् । त्यसैगरी एफटिटिएच भ्वाइस सेवाका ग्राहक ७१ हजार ३ सय छन् । कात्तिक २०७७ काे नेपाल दूरसञ्चार प्राधिकरणको एमआइएस रिपोर्टअनुसार भ्वाइस सेवातर्फ कम्पनीको बजार हिस्सा कूल ५३.६५ प्रतिशत छ ।

त्यसैगरी इन्टरनेट डाटा सेवातर्फ कम्पनीको डाटा (इमेल, इन्टरनेट आदि) सेवाका प्रयोगकर्ता २०७७ मङ्सिर महिनाको अन्त्यसम्ममा कूल एक करोड ६४ लाख नौ हजार ५ सयभन्दा बढी पुगेको छ । सोमध्ये जीएसएम मोबाइलको डाटा सेवाका प्रयोगकर्ता एक करोड ५९ लाख ९९ हजार, एडीएसएल सेवाका प्रयोगकर्ता एक लाख ८१ हजार ५ सय, एफटिटिएच डाटा सेवाका प्रयोगकर्ता ६८ हजार र वाइम्याक्स सेवाका प्रयोगकर्ता १८ हजार ५ सय छन् । जीएसएम फोरतर्फ हालसम्म करिब २५ लाख ग्राहक पुगिसकेको छ ।

आव २०७६-७७ मा कम्पनीको आय ४२ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ भने कम्पनीको खुद मुनाफा नौ अर्ब ७४ करोड रुपैयाँ भएको छ । मुलुकको अर्थतन्त्रमा कम्पनीले पुर्‍याएको योगदान हेर्ने हो भने आव २०७५/७६ मा कर तथा गैह्रकर गरी कम्पनीले ३३ अर्ब ३० करोड (कूल आयको ७५ प्रतिशत) रकम योगदान गरेको थियो भने यस आव २०७६-७७ मा ३५ अर्ब पाँच करोड (कूल आयको ८१ प्रतिशत) योगदान गरेको छ ।

त्यसैगरी टेलिकमले पूर्वाधार विकासतर्फ मध्य पहाडी लोकमार्गलाई आधार मानी प्रदेश १, २ र बागमतीका जिल्ला, नगरपालिका र गाउँपालिकालाई समेट्ने गरी अप्टिकल फाइबर बिछ्याउने कार्य द्रुत गतिमा अघि बढाएको जनाएकाे छ । कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत पर्ने मध्यपहाडी लोकमार्गमा समेत अप्टिकल फाइबर बिछ्याउने गरी हालै सम्झौता भई कार्य अगाडि बढाइएको छ ।

कम्पनीले बागमती सरसफाइ महाअभियानमा सहभागिता तथा सहयोग गर्नुका साथै नेपालमा फुटबल खेलको विकास तथा खेलाडीको व्यावसायिकतालाई सहयोग पुर्‍याउने उद्देश्यले नेपालको ए डिभिजन फुटबलको विभागीय टिम नेपाल पुलिस क्लबलाई २०६८ सालदेखि नियमितरूपमा प्रयोजन गर्दै आइरहेको छ ।

त्यसैगरी भूकम्प प्रभावित तथा अन्य दुर्गम १७ जिल्लामा आइसिटी सेन्टर स्थापना गरेको छ । टेलिकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरण को सहकार्य र सहमतिमा दूरसञ्चार पूर्वाधार सेवा प्रदायक कम्पनी गठन गरी सञ्चालन गर्ने र पूर्वाधारको प्रयोगमार्फत लागत कम गराई सेवालाई सस्तो बनाउने भएको छ । रासस

सम्बन्धित समाचार

विराटनगरमा ४२ सहित प्रदेश १ मा ३२४ जनामा कोरोना संक्रमण

विराटनगर, ८ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२४ जनामा कोरोना संक्रमण देखिएको छ । ९५८ जनाको पीसीआर परीक्षण गर्दा २११ र ६०४ जनाको एन्टिजेन परीक्षण गर्दा ११३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...

हडताल गरे कारबाही गर्ने गृहको चेतावनी

काठमाडौं, २१ माघ । गृह मन्त्रालयले नेकपाको प्रचण्ड–माधव समूहले बुधबार निकालेको जुलुस र बिहीबारका लागि आह्वान गरेको आमहडतालप्रति ध्यानाकर्षण भएको जनाएको छ । गृहले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै संविधान र प्रचलित कानून विपरीत...

राष्ट्रिय जनमोर्चाले सांसदबाट हटाएका कृष्ण थापालाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य पदबाट हटाएका कृष्ण थापालाई सांसद पदमा पुनर्बहाली गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । आइतबार न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई सांसद पदमा पुनर्बहाली गर्न आदेश दिएको हो । थापाले आफू...

रतुवामाई–३ मा नेपाल उत्पीडित जातीय मुक्ति समाजको २५ सदस्यीय वडा कमिटी गठन

विराटनगर, १२ असोज । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङको संगठन सुदृढीकरण अभियान अन्तर्गत रतुवामाई नगरपालिका वडा नं. ३ मा २५ सदस्यीय वडा सम्मेलन आयोजक कमिटी गठन गरिएको छ ।...

जेभियर्स स्कुलले मनायो वार्षिकोत्सव र अभिभावक दिवस

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – २ मा रहेको जेभियर्स इङ्गलिस स्कुलको १० औं वार्षिकोत्सव एवम् अभिभावक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्कुल परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव र अभिभावक...

वनिता विशेष वसुश्री–मधु पुरस्कारबाट नवोदित पुरस्कृत हुँदै

विराटनगर । वनिता साहित्यिक पत्रिकाले यस वर्षको ‘वनिता विशेष वसुश्री–मधु पुरस्कार’ कवि एवं पत्रकार मीनकुमार नवोदितलाई प्रदान गर्ने भएको छ ।पत्रिका सञ्चालक समितिको बैठकले नवोदितलाई नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको हो । युवा वर्ष मोती...

नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा : प्रधानमन्त्री ओली

प्रधाममन्त्री केपी शर्मा ओलीले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेका बताइएका छन् । एक स्थानीय नेपालीमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि नेपाल पनि कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको बताए । उनले कोरोना नियन्त्रणका लागि...

ग्रेडेड स्कूलका अभिभावकलाई अभिमुखीकरण

विराटनगर । विराटनगर – ८ स्थित ग्रेडेड स्कूलले एक दिने अभिभावक अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । विराटनगरमाशनिबार एक कार्यक्रम आयोजना गरी अभिभावकहरुलाई अभिमुखिकरण गराएको हो । कार्यक्रमको अध्यक्षता विद्यालय संचालक समितीका अध्यक्ष केशव सुवालले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्