ग्यास बिक्रेता संघ मोरङको अध्यक्षमा गणेश साह

 न्यूज विराट
ग्यास बिक्रेता संघ मोरङको अध्यक्षमा गणेश साह

विराटनगर, २३ माघ । ग्याँस विक्रेता संघ मोरङमा नयाँ कार्यसमिति चयन भएको छ । संघको शुक्रबार विराटनगरमा आयोजित १३ औं अधिवेशन र १४ औं साधारणसभाबाट नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । संघको नयाँ कार्यसमितिमा गणेश साह अध्यक्षमा सर्वसम्मत भएका छन् ।

उनले अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत भएको हो । नवनिर्वाचित अन्य पदाधिकारीमा वरिष्ठ उपाध्यक्षमा सुनिल बोहरा, प्रथम उपाध्यक्षमा दीपेन्द्र श्रेष्ठ, द्वितीय उपाध्यक्षमा कल्पना गौतम र सचिवमा सुधिर यादव रहेका छन् ।

यसैगरि सहसचिव सुमन खरेल र कोषाध्यक्षमा सुनिता सिग्देल चयन हुनु भएको छ । संघको १३ औं अधिवेशन सम्पन्न हुनुअघि ग्याँस बिक्रेता महासंघको प्रदेश एकको दोस्रो साधारणसभासमेत सोही ठाउँमा सम्पन्न भएको थियो ।

सो अवसरमा बोल्नुहुँदै ग्याँस बिक्रेता महासंघका केन्द्रीय अध्यक्ष महेश्वर श्रेष्ठ, वरिष्ठ केन्द्रीय सदस्य चिरञ्जीवि अधिकारी र मोरङका पूर्वअध्यक्ष विकास लालवानीलगायतका वक्ताहरुले अनाधिकृतरुपमा ग्याँस बिक्री वितरणको कार्यलाई नियन्त्रण गर्नुपर्ने तथा ग्याँस उत्पादक उद्योग, डिलर र संघबीच नङ मासुको सम्बन्ध रहेको उल्लेख गरे । ग्याँस बिक्रेता संघ मोरङमा ४ सय ब्यवसायी आबद्ध रहेको जनाइएको छ ।

सम्बन्धित समाचार

एमएम कप क्रिकेटमा विजयी हुँदै आर्मी फाइनलमा प्रवेश

विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी हुँदै आर्मी फाइनलमा प्रवेश गरेको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला...

स्प्रेडदरलाई ३.५ प्रतिशत कायम गर्न उद्योगीको माग

विराटनगर । विराटनगरका ठूला तीन उद्योग व्यवसायीका संघ संगठनले देशमा देखिएको अर्थतन्त्रको संकट हल गर्न राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति संशोधन गर्न माग गरेका छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनीहरुले विभिन्न ६...

आगो ताप्ने क्रममा जलेर विराटनगरमा एक जना वृद्धाको मृत्यु

विराटनगर । विराटनगर – १० लालिगुरास चौकमा आगोमा जलेर एक जना वृद्धाको मृत्यु भएको छ । ८० वर्षीया देवी यादवको आगो ताप्ने क्रममा जलेर आज विहान साढे ७ बजे मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी...

प्रदेश १, बागमती र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं, कात्तिक ६ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहे पनि पानी पर्ने संभावना भने यथावत रहेको औल्याएको छ । शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले...

अन्तर विद्यालय बक्तृत्कला प्रतियोगितामा पोखरीया स्कुलकी रागिनी भइन् प्रथम

विराटनगर । अन्तर विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगितामा विराटनगरस्थित पोखरीया स्कुलकी रागिनी न्यौपाने प्रथम भएकी छिन् । विराटनगरमा शनिबार भएको विराटनगर महानगरपालिका स्तरीय माध्यमिक तह कक्षा ९–१० अन्तर विद्यालय वक्तत्कला प्रतियोगितामा अन्य विद्यालयका प्रतियोगिहरुलाई पछि पार्दै...

नवजात शिशु विक्री प्रकरण : डाक्टर कर्णसहित ६ जनाविरुद्ध मुद्दा दायर, मंगलबारदेखि प्रतिवादीको बयान सुरू

विराटनगर । हस्पिटलबाट नवजात शिशु बिक्री गरेर बेपत्ता पारेको कसुरमा पक्राउ डाक्टर तपेश्वरलाल कर्णसहित ६ जना विरुद्ध मोरङ अदालतमा मुद्दा दायर भएको छ ।जिल्ला सरकारी वकिलको कार्यालयले १५ देखि २० वर्षसम्म कैदको माग दाबी लिएर...

पेरिसडाँडामा नेकपा बैठक

काठमाडौं,  ४ असोज-काठमाडौं,  ४ असोज-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाउने निर्णयपछि पहिलो पटक पेरिसडाँडामा बैठक बोलाइएको हो । यसअघिका...

युवा दिवसमा विराटनगरमा रक्तदान

विराटनगर । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर विराटनगरमा आज खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । रक्तदान कार्यक्रममा ५८ प्रिन्ट रगत संकलन भएको छ । विराट मेडिकल कलेजसँग सहकार्य गरी नेपाली युवा उद्यमी मञ्च विराटनगरले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्