आज विराटनगरमा नेकपा प्रचण्डसमुहको शक्ति प्रदर्शन, ६० हजार कार्यकर्ता उतार्ने दावी

 न्यूज विराट
आज विराटनगरमा नेकपा प्रचण्डसमुहको शक्ति प्रदर्शन, ६० हजार कार्यकर्ता उतार्ने दावी

विराटनगर, १६ माघ । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड समुहको १ नं. प्रदेश कमिटिले आज विराटनगरमा बृहत शक्ति प्रदर्शन गर्दैछ । विराटनगरको जनआन्दोलन चोकमा हुने कार्यक्रममा सहभागी हुन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भद्रपुर विमानस्थल हुँदै विराटनगर आउँदै छन् । विराटनगरको मौसमको कारण विहान हवाई उडान नभएकोले उनी भद्रपुर भएर आउन लागेको नेकपाले जनाएको छ ।

सभामा सहभागी हुन नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपाल र बरिष्ठ नेता झलनाथ खनाल बिहीबार साँझ नै विराटनगर आइसकेका छन् । मध्यान्ह १२ बजेबाट हुने सभा अगाडि विराटनगरको बरगाछी, तीनपैनी, रोडशेष चोक र हाटखोलाबाट जुलुस प्रदर्शन हुने पार्टीका प्रदेश सचिव हिमाल राईले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा प्रचण्ड–नेपाल समुह आन्दोलित छ । आन्दोलनको क्रममा प्रदेश १ को राजधानी विराटनगरमा प्रदेशस्तरीय विरोधसभा हुन लागेको हो ।

प्रदर्शनमा ६० हजार हाराहारीमा कार्यकर्ता सहभागी हुने प्रदेश सचिव राईले दावी गरे । सभाको लागि विराटनगरको जनआन्दोलन चौकमा सडकको पश्चिमतर्फ मञ्च निर्माण गरिएको छ । सहभागीहरु भने चोकबाट उत्तर र दक्षिणतर्फको मुख्य सडक तथा ट्राफिकचौक तर्फको हिमालय रोडमा रहेने जनाइएको छ ।

सभा सुरु भएपछि विराटनगरको यातायात प्रभावित हुनेछ । विरोध प्रदर्शनकै लागि नेकपा कार्यकर्ता विराटनगर आइरहेका छन् । हिँजो साँझ सो समुहले विराटनगरमा मसालजुलुस निकालेको थियो ।

सम्बन्धित समाचार

ऊर्जा कुलेखानीबाट निरन्तर विद्युत् उत्पादन

मकवानपुर, १७ वैशाख-मकवानपुरमा स्थापित कुलेखानी जलविद्युत् आयोजना प्रथम, दोस्रो र तेस्रोबाट उत्पादित विद्युतले ग्राहकको मागलाई सहज आपूर्ति गरिरहेको छ । सो आयोजनाको कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट अहिले नियमित...

भारतीय वरिष्ठ पत्रकार भन्छन्– कालापानी नेपाली भूमि हो, भारतको दाबी पुग्दैन

काठमाडौं, १० जेठ-भारतका वरिष्ठ वामपन्थी पत्रकार आनन्द स्वरुप बर्माले नेपालले हालै आफ्नो नक्सामा सामेल गरेको भूभाग नेपालकै भएको बताएका छन् । आजतकसँगको कुराकानीमा वरिष्ठ पत्रकार बर्माले यो क्षेत्रमा सन् १९६२ मा भएको भारत–चीन युद्धमा तत्कालीन...

आज रातिदेखि दमकमा एक हप्ता लकडाउन

झापा, ३२ साउन-समुदायस्तरमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै झापाको दमकमा आज रातिदेखि लागू हुने गरी १ हप्ता लकडाउन हुने भएको छ । कोरोना रोकथाम नियन्त्रण तथा समन्वय समितिको आज नगरपालिकामा बसेको बैठकले नगरमा समेत संक्रमणको...

झडपको ७ दिनपछि चीनसँग झुक्यो भारत

एजेन्सी, असार ९-भारत र चीनका सेनाबीच गत १५–१६ जुनमा हिंसात्मक झपडपछि दुवै देश सो क्षेत्रमा शान्ति कायम गर्न तयार रहेको समाचार भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । पाकिस्तानसहित अन्य देशसँगको सीमा विवादमा आक्रामक रवैया अपनाउने...

हिमालय दर्शन कलेजका ५९ विद्यार्थी दीक्षित

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजका ५९ जना विद्यार्थी दीक्षित भएका छन् । कलेजले विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरी सो विद्यार्थीहरूलाई दीक्षित गरेका हुन् । पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति यादवराज कोइरालाले दीक्षित भएका विद्यार्थीहरुलाई...

प्रधानमन्त्री ओली र डा. केसी पनि कन्ट्याक्ट ट्रेसिङमा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण देखिएसँगै प्रधानमन्त्री केपी ओली र चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । १९ औं पटक अनशन बसेका डा. केसीको वार्तामा...

‘विराट नर्सिङ होमको ल्याबले दिने रिपोर्ट सधैँ अब्बल हुन्छ’

विराटनगरस्थित विराट नर्सिङ होम भित्र रहेको विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याब प्रालि अन्तर्राष्ट्रिय मान्यता प्राप्त ल्याव हो । बायोर्याडसँग आवद्ध भएर सर्टिफाइड प्रयोगशाला भएकोले गुणस्तरीय सेवाप्रति पछिल्लो समय सर्वसाधारणको विश्वास बढेर गएको छ । विराटको प्रयोगशाला...

गण्डकी प्रदेशका ५ जनाले कोरोना जितेर घर फर्किए

पोखरा, ३१ जेठ-गण्डकी प्रदेशका ५ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन् । प्रदेशका ५ जना पुरुष संक्रमणलाई जितेर घर फर्किएको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । उनका अनुसार काठमाडौंको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्