खोपको असर : वीर अस्पतालका ६ स्वास्थ्यकर्मीलाई रिङ्गटा र वाकवाक लाग्ने समस्या

 न्यूज विराट
खोपको असर : वीर अस्पतालका ६ स्वास्थ्यकर्मीलाई रिङ्गटा र वाकवाक लाग्ने समस्या

कोरोना भाइरसविरुद्धको खोप लगाएका वीर अस्पतालका ६ जना स्वास्थ्यकर्मीको स्वास्थ्यमा समस्या देखिएको छ । उनीहरूलाई रिङ्गटा र वाकवाक लाग्ने समस्या देखिएको वीर अस्पतालको कोरोना फोकल पर्सन अच्युत कार्कीले जानकारी दिए ।

‘खोप लगाएपछि केहीबेर ६ जनालाई रिङ्गटा लाग्ने र वाकवाक लाग्ने समस्या देखिएको थियो’, उनले भने, ‘रेस्ट गरेपछि ठीक भएको छ । यो माइनर समस्या हो ।’

खोप लगाएपछि सामान्य समस्या देखिन सक्ने खोप महाशाखा प्रमुख डा. झलक गौतमले बताए । ‘खोपले धेरैलाई केही हुन्न । यद्यपि, सामान्य असर देखिन सक्छ । खोप लगाएपछि दुख्ने, ज्वरो आउने हुन्छ तर सिरियस हुँदैन । खोप लगाएपछि अनुसन्धान गर्ने विज्ञको स्वतन्त्र कमिटी छ । त्यसले अध्ययन गर्छ, आत्तिनुपर्ने स्थिति छैन’, उनले भने ।

बुधबारदेखि कोभिड–१९ संक्रमणको रोकथाम तथा उपचारमा पहिलो घेरामा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीहरूका लागि खोप लगाउन सुरु गरिएको छ । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट सुरु भएको खोप लगाउने अभियान देशैभर सञ्चालन भएको छ । १० दिनसम्म सञ्चालन हुने यो अभियानमा करिब ४ लाख ५० हजार जनालाई खोप लगाइने छ ।

सम्बन्धित समाचार

विराटनगर देवकोटा चोकको रोयल मिल्कमा कुहिएको मासु, १० किलो नष्ट

विराटनगर । विराटनगरको देवकोटा चोकस्थित रोयल मल्कि मिट सेन्टरमा कुहेको खसीको मासु भेटिएको छ ।विराटनगर महानगरपालिकाले आइतबार गरेको अनुगमनको क्रममा रोयल मिल्क मिट सेन्टरमा कुहिएको मासु भेटिएको हो ।खसीको कुहिएको मासु १० किलो भेटिएपछि नष्ट...

कोभ्याक्सबाट सोमबारभित्र थप १३ लाख डोज अस्ट्राजेनेका खोप नेपाल आउँदै

काठमाडौँ । कोभ्याक्स संयन्त्रबाट नेपालले आगामी सोमबार थप १३ लाख १२ हजार ८० डोज कोभिडविरुद्धको खोप अस्ट्राजेनेका प्राप्त गर्ने भएको छ । बेलायतले कोभ्याक्स सुविधाबाट पठाउन लागेको २१ लाख ७४ हजार १६० डोज खोपमध्ये आउन...

वीरगञ्जमा कोरोना संक्रमणबाट ४५ वर्षीया महिलाको मृत्यु 

काठमाडाैं, २६ साउन-वीरगन्जकी एक महिलाको मृत्युपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको छ । पहिलेदेखि नै थाइराइडको समस्याबाट पीडित ४५ वर्षीया महिलालाई भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा शुक्रबार राति मृत्यु भएको थियो ।  मृत्युपछि नारायणी...

अब जोन्सनको खोप १८ वर्ष माथिकालाई पनि दिइने

काठमाडौं, ६ साउन । काठमाडौंमा बुधबारदेखि १८ वर्षभन्दा माथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको जोन्सन एण्ड जोन्सन खोप पाउने भएका छन् । यो खोप ५० देखि ५४ वर्षका नागरिक, अपाङ्गता भएका व्यक्ति, शरणार्थी, जोन्सन खोप अनिवार्य...

विराटनगरमा बजाजको एक्स्चेन्ज मेला आइतबारदेखि, यस्तो छ मेलामा विशेषता

विराटनगर । विराटनगर ३ मुनाल पथमा ‘बजाज एक्स्चेन्ज मेला’ आइतबारदेखि सुरु हुने भएको छ । बजाज कम्पनीको आधिकारिक बिक्रेता एस एन्ड ब्रोदर्श अटो प्रा.लि. को आयोजनामा बजाज एक्स्चेन्ज मेला सुरु हुन लागेको हो । आउँदै...

प्रदेश १ मा तिहारमा ९९ वटा दुर्घटना, १७ जनाको मृत्यु,

विराटनगर । १४ जिल्ला रहेको प्रदेश १ मा तिहारमा सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको छ । प्रदेशमा ९९ वटा सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका...

उपचारका लागि धामीझाँक्रीका घर पुगेकी थिइन् कोरोनाबाट ज्यान गुमाएकी महिला

सिन्धुपाल्चोक, ४ जेठ-कोरोना भाइरस (कोभिड-१९) बाट धुलिखेल अस्पतालमा ज्यान गुमाएकी सुत्केरी महिला उपचारको लागि धामी झाँक्रीका घर गएको तथ्य बाहिर आएको छ । सुत्केरी महिलालाई झारफूक गर्न बाह्रबिसेका विभिन्न धामीको घरमा लगिएको स्थानीयले बताए ।...

प्याब्सन स्पोर्ट्स मिट : पूर्वाञ्चलकी सृजना र सितल सर्वाधिक पदक जित्ने खेलाडी

विराटनगर । विराटनगरमा जारी प्याब्सन स्पोर्ट्स मिटमा सर्वाधिक पदक जित्ने खेलाडी मोरङको सुन्दरहरैचामा रहेको पूर्वाञ्चल एकाडेमीकी सृजना वि.क. र सीतल मगर भएकी छिन् ।दोस्रो दिन शनिबारसम्म सृजना र सितलले दुई विधामा समान २–२ स्वर्ण पदक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्