हामीले छिटै नै खोपको सुरुवात गर्ने मौका पायौं : प्रधानमन्त्री ओली

 न्यूज विराट
हामीले छिटै नै खोपको सुरुवात गर्ने मौका पायौं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले छिटै नै कोरोना भाइरसविरुद्धको खोप लगाउन पाएको भन्दै खुसी व्यक्त गरेका छन् । बुधबार बालुवाटारमा आयोजित कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले भारत सरकारले आफूले लगाउन थालेको केही समयमै नेपाललाई निःशुल्क खोप उपलब्ध गराएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् । उनले अरुसँग पनि नेपालमा थप खोप ल्याउने सम्बन्धमा प्रयास भइरहेको भन्दै कोभ्याक्स (कोरोना भाइरसविरुद्धको खोप) पनि ल्याउने बताए ।

प्रधानमन्त्री ओलीले सुरुवाती समयभन्दा खोपपछि कोरोनाविरुद्धको लडाइँमाथि उठाएको बताए । उनले कोरोना महामारीमा खटिएका सबैको प्रशंसासमेत गरे ।

उनले खोप आए पनि सावधानीका उपायहरु अपनाउन भने छाड्न नहुने बताए । उनले करिब तीन महिनाभित्र सबै नेपालीलाई खोप उपलब्ध गराइसक्ने बताए ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरसविरुद्धको खोप निर्माणमा जुट्ने वैज्ञानिक तथा त्यसमा लगानी गर्ने सबै पक्षलाई धन्यवाद दिएका छन् । खोप अभियानमा खटिने वैज्ञानिक तथा लगानी गर्नेहरुले मानवका लागि ठूलो कार्य गरेको बताए ।

उनले कोरोना भाइरस विश्वव्यापी रहेको भन्दै यसका लागि प्राप्त भएका उपलब्धीहरु पनि विश्वव्यापी हुनुपर्नेमा जोड दिए । उनले कोरोना भाइरसविरुद्धको खोपमा कोही पनि नेपाली नागरिक र नेपालमा बसोबास गर्ने व्यक्तिले खोप पाउने बताए ।आफूहरुले निःशुल्क रुपमा प्राप्त गरे पनि या निःशुल्क प्राप्त नगरे पनि सबै नेपालीलाई निःशुल्क खोप उपलब्ध गराउने बताए ।

सम्बन्धित समाचार

माओवादी विराटनगरकोे अधिवेशन : ८१ जनाको कार्यसमिति सर्वसम्मत, पदाधिकारी चयनमा भने सहमतिको प्रयास

विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर महानगर समितिको दोस्रो अधिवेशनबाट ८१ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ । कुल ३५६ प्रतिनिधिहरूको सहभागितामा सम्पन्न अधिवेशनबाट निर्वाचित कार्यसमितिले अब अध्यक्षसहित सात पदाधिकारी चयन गर्ने जिम्मेवारीमा रहेको...

‘नेता निषेधित क्षेत्र’ पुगेर विराटनगरका मेयर काेइरालाले भेटे सडक पीडित

विराटनगर । हुलाकी सडकबाट प्रभावित स्थानमै पुगेर विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्थानीयको गुनासो सुनेका छन् ।ठेकेदारको लापरबाहीका कारण विराटनगर–५ जामुनगाछी पश्चिम जाने सडक निर्माण हुन सकेको छैन । मेयर कोइरालाकै अग्रसरतामा पटक–पटक ठेकेदारसित छलफल...

नेकपा सचिवालय बैठकमा झलनाथको फरक मत

काठमाडौं, १३ मंसिर-नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै रूपमा पेस गरेको प्रतिवेदन फिर्ता गर्न नहुने धारणा बैठकमा व्यक्त गरेका छन् । बैठक सकिएलगत्तै नेता खनालले दुवै प्रतिवेदन पार्टीको सम्पत्ति...

कोशी सरकारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश

विराटनगर । कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश दिएको छ । बुधबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्नु...

मधेसमा आज पनि सार्वजनिक बिदा, बलिदानी दिवस मनाइँदै

vमधेस बलिदानी दिवसको अवसरमा मधेस प्रदेश सरकारले आज (बुधबार) पनि सार्वजनिक बिदा दिएको छ । प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम कायम गरेको खुसीयालीमा मंगलबार बिदा दिएको प्रदेश सरकारले बुधबार पनि मधेस बलिदानी दिवसको अवसरमा...

मन्त्री कार्कीद्वारा मोरङको मावा, बक्राहा र चिसाङ कटान निरीक्षण

विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीसहित सुरक्षा अधिकारीको टोलीले धार परिवर्तन गरी बस्तीतर्फ पस्ने खतरा भएका नदीखोलाको निरीक्षण गरेका छन् । मन्त्री कार्कीको नेतृत्वमा मोरङको मावा, बक्राहा र...

सीएनआई कोशी एक्स्पोमा आज सविन राईले तताउने

विराटनगर । विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोमा आज शुक्रबार साँझ युवा पूस्तामाझ लोकप्रिय गायक सविन राईले प्रस्तुती रहने भएको छ । गीत संगीतका माध्यमबाट ‘क्राउड क्रिएटर’ को छवि बनाएका सविन राई र उनको चर्चित ब्याडको...

मौद्रिक नीति प्रति विराटनगरका उद्योगी सकारात्मक

विराटनगर । नेपाल राष्ट्र बैंकले आइतबार आर्थिक वर्ष २०८०र८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । कुनै पनि देशको केन्द्रीय बैंकले ल्याउने बृहत आर्थिक नीतिलाई मौद्रिक नीति भनिन्छ । मुलुकभित्र हुने पैसा (मुद्रा) को व्यवस्थापन,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्