‘बरगाछी’ पत्रिकाको १६ औं अंक विमोचन

 न्यूज विराट
‘बरगाछी’ पत्रिकाको १६ औं अंक विमोचन

विराटनगर, ११ माघ । गुराँस पुस्तकालय विराटनगरद्वारा प्रकाशित बरगाछी पत्रिकाको १६ औं अंकको आज विमोचन गरिएको छ । प्रजातन्त्रका कमाण्डर मुक्तिप्रसाद–यदुनाथ चापागाईं विशेषाङ्कका रुपमा प्रकाशित १६ औं अंकको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व सञ्चारमन्त्री मीनेन्द्र रिजालले विमोचन गरेका हुन् ।

कार्यक्रममा राजनीतिक व्यक्तित्व सम्मानबाट प्रजातन्त्र सेनानी देवी डांगी सम्मानित भएका छन् । डाँगीलाई नगद २१ हजार रुपैयाँसहित दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको छ । यस्तै मुक्तिप्रसाद–यदुनाथ सामाजिक सम्मानबाट कोरोना महामारीका कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनमा सहयोग गर्ने युवाहरूलाई सम्मानित गरिएको छ ।

सम्मानित हुनेहरूमा राम नेपाल, रविन कार्की, प्रयोग चापागाईं, संजोग गौतम, दृष्यम शाक्य र अनुराग भण्डारी छन् । युवा समूहलाई नगद १५ हजारसहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको छ । सम्मानित युवाहरूलाई नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व सञ्चारमन्त्री डा मीनेन्द्र रिजाललगायतले सम्मान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेसको बटमलाइन प्रतिनिधिसभा पुनस्थापना नै भएको बताए । उनले कांग्रेस पद र प्रतिष्ठामा नलोभिई नियम, कानुन र सिद्धान्तअनुसार चल्ने पार्टी भएको धारणा राखे ।

कार्यक्रममा पूर्व सञ्चारमन्त्री रिजाल, बरगाछी पुस्तकका सम्पादक दधिराज सुवेदी, आयोजक संस्थाका अध्यक्ष दीपक चापागाईंलगायतले मन्तव्य राखे ।

सम्बन्धित समाचार

पैसा फाल्ने महिलामा आरडीटी पोजिटिभ, उनीहरू बस्ने क्षेत्र सेनिटाइज गरियो

जनकपुर, ७ बैशाख-जनकपुरधामको महावीर चोकमा पैसा फालेर फरार भएको आरोपमा पक्राउ परेकी दुई महिलामध्ये एक जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि महिला बस्ने एरियालाई बिहानैदेखि सेनिटाइज गर्ने कार्य सुरु गरिएको छ । जनकपुरधाम ७ का वडाध्यक्ष...

मलाई सत्ताच्यूत गरे विपक्षीको सरकारलाई मान्यता दिन्नँ :इमरान खान

एजेन्सी, २६ चैत । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफूलाई सत्ताच्यूत गरे विपक्षीको सरकारलाई मान्यता नदिने चेतावनी दिएका छन् । प्रधानमन्त्री खानविरुद्ध संसदमा दायर भएको अविश्वासको प्रस्तावमाथि मतदान हुनु केही समयअघि खानको यस्तो चेतावनी आएको हो...

एभरेष्ट बैंकको २९ औं वार्षिकोत्सवमा मानव सेवा आश्रममा खाद्यान्य वितरण

विराटनगर । एभरेष्ट बैंकले विराटनगरस्थित मानव सेवा आश्रमलाई एक लाख मुल्य बरावरको खाद्यान्य वितरण गरेको छ । बैंकको २९ औं वार्षिक उत्सवको अवसर पारेर बिहीबार आश्रममा एक कार्यक्रम आयोजना गरी खाद्यन्य सामाग्री वितरण गरेको हो...

पहाडी क्षेत्रमा बदली, आज प्रदेश १ मा वर्षाको सम्भावना

काठमाडौं, मंसिर २३ । बिहीबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली छ । दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना...

पानीमा डुबिरहेको अवस्थामा मृत फेला

विराटनगर, ५ माघ । सुनसरीको रामधुनी नगरपालिका–६ का १९ बर्षीय सुन्दर देवान बराहक्षेत्र नगरपालिका–४ स्थित सर्दुखोलामा मृत अवस्थामा फेला परेका छन् । मोरङको बिराटनगर घर भई बिगत ६ बर्ष देखि रामधुनी बस्दै आएका देवान आईतवार...

आफूखुसी चार्टर उडान नगर्न क्यानको निर्देशन

काठमाडौं, २५ जेठ-नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले आफूखुसी अन्तरराष्ट्रिय चार्टर उडान नगर्न वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ । बन्दाबन्दीका समयमा आफूखुसी चार्टर उडान गरी बढी भाडा लिने गरेको जनाउँदै उक्त निर्देशन दिइएको हो ।...

माओवादीको अभियानअन्तर्गत विराटनगरमा निःशुल्क आँखा शिविर, तीन सय बढीको आँखा जाँच

विराटनगर । नेकपा माओवादी केन्द्रले विराटनगरमा शनिबार बिहान निःशुल्क निःशुल्क आँखा जाँच शिविर आयोजना गरेको छ। तीनमहिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत विराटनगर ४ खारजीमा निःशुल्क आँखा शिविर आयोजना गरिएको हो। माओवादी विराटनगर महानगर ४...

सुरकेशमा भेटियो स्रोत नखुलेको १२ लाख, विराटनगरबाट दुई भारतीय नागरिक पक्राउ

विराटनगर । स्रोत नखुलेको १२ लाख ४६ हजार ४ सय रुपैयाँसहति सशस्त्र प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बोर्डर आउट पोस्ट (बिओपी) रानीले विराटनगर २ नम्बर ढाटबाट आज दिउँसो ७ लाख ७९...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्