
प्रदेश १ को कोरोना कोषमा जम्मा भयो २८ करोड ७८ लाख
विराटनगर, १२ वैशाख-प्रदेश १ सरकारले काेरोना रोकथाम, नियन्त्रण र उपचारका लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा हालसम्म कुल २८ करोड ७८ लाख ८६ हजार ७ सय २५ रुपैयाँ जम्मा भएको छ । सो कोषमा प्रदेश...
विराटनगर । जघन्य प्रकृतिका अपराधको अनुसन्धानमा अब्बल ठहरिएका जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक पपु नायक सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले उनलाई पौष महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको हो ।
विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पु¥याएको कारणले सवोत्कृष्ट प्रहरी घोषित गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
गत असोज १० गतेदेखि नायक मोरङ प्रहरी आएसँगै उनले अवैध मानिएको मिटरब्याजी धन्दामा लागेको गिरोह देखि अनलाइन ठगी र चोरीको सफल अनुसन्धान गर्दै आएका छन् । मिटरब्याजमा लगानी गरि सर्वसाधरणलाई ‘टाट’ पल्टाउने गिरोलाई पक्राउ गरि उनले अनुसन्धान गर्दै आएका छन् । मोरङ प्रहरीले मिटरब्याजीलाई पक्राउ गरि कानुनीय दायरमा ल्याउन थालेपछि विराटनगरमा बसेर अवैध धन्दा चलाउने कतिपय गिरोह फरार छन् ।
यसअघि धनुषाको महेन्द्रनगर र रौतहटमा बसेर उनले जघन्य प्रकृतिका अपराधनको सफल अनुसन्धान गरेर प्रहरी संगठनको नियमित सरुवा भएर मोरङ आएका हुन् । रौतहटमा रहदा उनले हत्या आरोप लागेर जेल चलान भएका कांग्रेस सांसद आफ्ताब आलमको अनुसन्धान पनि उनले गरेका थिए । सफल अनुसन्धानमा आफुलाई स्थापित गरेका नायकले मोरङ रहदा पनि छुट्टै छाप छोडेर जाने प्रहरी संगठनले अपेक्षा राखेको छ ।
पप्पु आएसँगै मोरङमा भएको चोरी, अवैध लागु औषध कारोबारी लगायत विभिन्न अपराधिक घटनाका फरार प्रतिवादी पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेको प्रदेश प्रहरीले सम्मान गरेको पत्रमा उल्लेखछ । आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै नायकलाई २०७७ साल पौष ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको प्रदेश प्रहरीले जनाएको छ ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।
सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आएको छ ।
विराटनगर, १२ वैशाख-प्रदेश १ सरकारले काेरोना रोकथाम, नियन्त्रण र उपचारका लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा हालसम्म कुल २८ करोड ७८ लाख ८६ हजार ७ सय २५ रुपैयाँ जम्मा भएको छ । सो कोषमा प्रदेश...
विराटनगर, फागुन २६–भारत सरकारको पूर्ण अनुदान सहयोगमा निर्माणसम्पन्न भएको करिब एक सय ६० करोड लगानीको आईसीपीमा विराटनगर भन्सारमा रहेको ट्रान्स नेपालले कब्जा गरेपछि अहिले हल्लिखल्ली हुन थालेको छ । गत महिना मात्र नेपाल र भारतका प्रधानमन्त्रीले...
विराटनगर । खेलकुद क्षेत्रको विकासमा राज्यले ध्यान दिनुपर्ने सरोकारवाहरुले बताएका छन् । नेपाल तेक्वान्दो संघ मोरङ शनिबार सम्पन्न भएको साधारणसभामा बोल्दै वक्ताहरुले यस्तो बताएका हुन् । नेपाली काँग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ताले प्रयाप्त मात्रमा...
सिरहाको लहानमा सुनचाँदी व्यवसायीको घरमा लुटपाट भएको छ । लहान-२३ मा सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्मा हत्या र लुटपाट घटनाको ३६ घण्टा पनि नबित्दै लहान-७ मा फेरि लुटपाट भएको हो । लहान-७ का सुनचाँदी व्यसायी राजेश...
काठमाडौं, १५ जेठ-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्ति एकतावद्ध भएर जनअपेक्षाअनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता भएको बताएका छन् । गणतन्त्र दिवस-२०७७ का अवसरमा...
विराटनगर । दोस्रो विराटनगर महानगर स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिताको उपाधि विराटनगर–१० ले जितेको छ ।कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघको सहयोगमा विराटनगर आईटीएफ तेक्वान्दो एकेडेमीले आयोजना सम्पन्न भएको प्रतियोगितामा विराटनगर १० ले ११ स्वर्ण, ८ रजत...
कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले नेकपा विभाजन इतिहासको पुनरावृत्ति भएको बताएकी छिन् । आइतबार गण्डकी र लुम्बिनी प्रदेश जोड्ने सडक कालोपत्रेको शुभारम्भ गर्दै मन्त्री अर्यालले पार्टी फुट्ने र जुट्ने कुरा कुनै नौलो नभई...
पोखरा, असार १-गण्डकी प्रदेश सरकारले कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण तथा उपचारका लागि २ अर्ब ९१ करोड ७६ लाख रुपैयाँको कोष बनाउने घोषणा गरेको छ । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.