प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दैमा, भोलि फेरि सुनुवाइ

 न्यूज विराट
प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दैमा, भोलि फेरि सुनुवाइ

प्रतिनिधिसभा विघटन मुद्दाबारे सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा आइतबारको सुनुवाइ सकिएको छ । याे मुद्दामा मंगलबार पुनः सुनुवाइ हुनेछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासमा सुनुवाइ भइरहेकाे छ। साेमबार पनि निवेदकतर्फका कानुन व्यवसायीले बहस गरे ।

रिट निवेदकका तर्फबाट बहस गरेका अधिवक्ता डा. दीनमणि पोखरेलले संविधानका धाराहरूकाे अपव्याख्या गरिएकाे तर्क गरे । ‘संविधानको उद्देश्य के थियो ? संविधानकाे धारा ७६ र त्यसका उपधाराको मर्म के थियो ?’, उनले प्रश्न गरे, ‘प्रधानमन्त्रीले गरेको संसद विघटनले संविधानको सदुपयोग भयो कि दुरुपयोग ? राष्ट्रपति र प्रधानमन्त्रीले भनेजस्तो संसद विघटन अन्तर्राष्ट्रिय अभ्यास, प्रधानमन्त्रीको विशेषाधिकार हाम्रो सन्दर्भमा होइन ।’

उनले सरकार चलाउन नसकेकाे अवस्थामा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए । ‘तर, आफूले चलाउन नसकेपछि अरूले चलाउने बाटो पनि बन्द गरिदिने ? याे त दुरासयपूर्ण भयाे’, उनकाे तर्क छ, ‘पार्टी, समितिले सहयाेग गरेन अनि मैले सरकार चलाउन सकिनँ भनेर प्रधानमन्त्रीले स्वीकारिसक्नुभएकाे छ ।’ ताजा जनादेशमा जानेभन्दा अदालतले नराेक्ला भनेर प्रधानमन्त्रीले यस्ताे असंवैधानिक कदम चालेकाे अधिवक्ता पाेखरेलकाे दाबी छ ।

यसअघि हिजाेकाे सुनुवाइमा निवेदकतर्फका कानुन व्यवसायी र न्यायाधीशहरूबीच सवाल-जवाफ भएकाे थियाे । हिजाे निवेदकतर्फका कानुन व्यवसायीहरू सन्तोष भण्डारी, गिरिराज भट्ट, दिनेश त्रिपाठी, भीमार्जुन आचार्य र सुनील पोखरेलले बहस गरेका थिए । उनीहरूले संसद विघटन पूर्णतः असंवैधानिक कदम भएकाे तर्क गरेका थिए ।

सम्बन्धित समाचार

अब दुई हजार रूपैयाँमै पीसीआर परीक्षण

काठमाडाैं, २८ भदौ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को पीसीआर परीक्षण शुल्क दुई हजार रूपैयाँ तोकेको छ । मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले अब सबै प्रयोगशालाले पीसीआर परीक्षणको अधिकतम...

पूर्वमन्त्री आलमको घरमा मध्यराती प्रहरीको छापा

जनकपुर, ८ जेठ-पूर्वमन्त्री आफताब आलमको रौतहटस्थित घरमा प्रहरीले खानतलासी गरेको छ । राजपुर बमकाण्डका अभियुक्त रहेका आलम अहिले काठमाडौंस्थित नख्खु कारागारमा रहेका छन् । सोही बमकाण्डका फरार अभियुक्त महताब आलमलाई पक्राउ गर्न प्रहरीले बिहीबार राती...

व्यवासायिक प्रहरी उत्पादनको उदगमस्थल प्रहरी तालिम केन्द्र : डिआइजी सुदीप गिरी

विराटनगर । १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी सुदिप गिरीले व्यवासायिक प्रहरी उत्पादनको उदगमस्थल प्रहरी तालिम केन्द्र बन्दै गएको बताएका छन् । १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको ५७ औं वार्षिकोत्सको बुधबार उद्घाटन गर्दै...

लकडाउन खुकुलो बनाउन ३ रणनीति, मोडालिटी बनाउन कार्यदल

काठमडौं, १३ वैशाख-सरकारले क्षेत्रगत रूपमा लकडाउन खुकुलो बनाउने तयारी गरेको छ । आर्थिक वर्षको अन्तिम त्रैमासमा रहेको अवस्थामा विकास निर्माणका काम र राजस्व दुवैमा प्रभाव परेपछि सरकारले यस्तो नीति तय गरेको हो । विश्‍व स्वास्थ्य...

विराटनगरले गुमायो अब्बल सर्जन डा. रामकुमार सिंह

विराटनगर । विराटनगरका वरिष्ठ सर्जन प्राडा ६० वर्षीय रामकुमार सिंहको निधन भएको छ । डा. सिंह कोशी प्रदेशका कहलिएका वरिष्ठ सर्जन हुन् । विराट मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत थिए ।सोमबार विहान भ्रमणका सिलसिलामा अजरबैजानको...

नेकपाले कार्यदलबाटै विवाद समाधान गर्ने

काठमाडौं, १ भदौ-महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलबाटै समाधान खोज्ने निष्कर्ष निकाल्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । सोमबार बिहान बालुवाटार बसेको बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको इच्छाअनुसार...

१५ वर्षीया बालिकाको पथरीको लामाटोलीमा हत्या

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका – ७ लामाटोलीमा एक जना बालिकाको धारिलो हतियार प्रयोग गरि हत्या गरिएको छ । खोटाङ घर भइ पथरीशनीश्चरे ७ मा बस्दै आएकी १५ वर्षीया ज्ञानमति कुलुङ राईको सोमबार राती धारिलो...

प्रधानमन्त्री ओलीका पक्षमा इलाममा पनि प्रदर्शन    

इलाम, २४ असार -प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा इलाम बजारमा आज जनप्रदर्शन गरिएको छ । अनेरास्ववियु इलामको अगुवाइमा भएको जनप्रदर्शनमा प्रधानमन्त्रीका पक्षमा नारा लगाइएको थियो । ‘आज हैन भोलिलाई, अबको पाँच वर्ष ओलीलाई’ भन्ने नारासहित...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्