देशभर थप ४८८ जनामा कोरोना पुष्टि, आधाभन्दा धेरै काठमाडौं उपत्यकाका

 न्यूज विराट
देशभर थप ४८८ जनामा कोरोना पुष्टि, आधाभन्दा धेरै काठमाडौं उपत्यकाका

काठमाडौं, २७ पुस-देशभर पछिल्लो २४ घण्टामा ४८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३०९ जनाको पीसीआर परीक्षण गर्दा १९२ महिला र २६९ पुरुषमा कोरोना पुष्टि भएको हो ।

आज देशभर कोरोना संक्रमण पुष्टि भएका आधाभन्दा धेरै काठमाडौं उपत्यकाका छन् । आज काठमाडौं उपत्यकामा १२९ महिला र १८५ पुरुष गरी थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २३०, भक्तपुरमा १५ र ललितपुरमा ६९ जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर हाल देशभर ४ हजार ३ सय ७३ जना सक्रिय संक्रमित छन् । १६३ जना कोरोना संक्रमितको आईसीयूमा र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म नेपालमा १९ लाख ८७ हजार ५५५ जनाको पीसीआर परीक्षण गर्दा २ लाख ६५ हजार २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २ लाख ५८ हजार ९६८ जना निको भएका छन् । सोमबार थप ५२७ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ९२७ पुगेको छ । अहिले देशभर २३७ जना क्वारेन्टाइनमा छन् ।

सम्बन्धित समाचार

महिलाहरूले पुरुषसँग बसेर पढ्न नपाउने तालिबानको घोषणा, नयाँ नियम लागू

एजेन्सी, २८ भदौ । तालिबानले अफगानिस्तानका विश्वविद्यालयहरूलाई लिंगका आधारमा विभाजित गरी अध्ययन अध्यापन गराइने घोषणा गरेको छ । साथै विश्वविद्यालयलमा नयाँ इस्लामी ड्रेस कोडको सुरुवात गरिने पनि तालिबानले जनाएको छ । नवनियुक्त शिक्षामन्त्री अब्दुल बकी हक्कानीले...

कंकालिनी भगवती मन्दिरमा सात सय ४४ राँगा बलि

राजविराज, २९ असोज-बडादशैँको महानवमीका दिन सप्तरीको भारदहस्थित कंंकालिनी भगवती मन्दिरमा सात सय ४४ वटा राँगाको बलि चढाइएको छ । पुर्व–पश्चिम राजमार्गसँगै जोडिएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १ भारदह गाउँमा अवस्थित नेपालकै प्रसिद्ध कंकालिनी...

रवि आधारभुत विद्यालयका विद्यार्थीलाई व्याग वितरण

विराटनगर । मोरङको ग्रामथान गाँउपालीका २ झोराहाटमा रहेको रवि आधाभुत विद्यालयका विद्यार्थीलाई व्याग वितरण गरिएको छ । स्कुल परिसरमा बुधबार एक कार्यक्रमको आयोजना गरी दलित समुदायका विद्यार्थीहरुलाई व्याग वितरण गरिएको हो । अति विपन्न समुदायका...

अन्तराष्ट्रिय रोलर स्केट्स च्याम्पीयनसिपमा नेपाल दोस्रो

विराटनगर । अन्तराष्ट्रिय रोलर स्केट्स च्याम्पीयनसिपमा नेपाली खेलाडी दोस्रो भएको छ । भारतको हिमान्चल प्रदेशमा हालै सम्पन्न भएको अन्तराष्ट्रिय रोलर स्केट्स च्याम्पीयनसिपमा नेपाली खेलाडीहरुले ५ स्वर्ण, ३ रजत र १ कास्य पदक जितेर द्धितीय भएको...

कमला ह्यारिस डेमोक्र्याटबाट उपराष्ट्रपतिको उम्मेदवार

एजेन्सी, साउन २८-आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले कमला ह्यारिसलाई उपराष्ट्रपति पदको उम्मेदवार बनाएका छन् । अमेरिकी उपराष्ट्रपति पदको उम्मेदवार बन्ने उनी पहिलो अश्वेत महिला हुनेछिन् । उनी भारतीय–जमाइका मूलकी हुन्...

विराट गोल्डकप, कोलकातालाई हराउँदै मच्छिन्द्र सेमिफाइलनमा

विराटनगर । विराटनगरमा जारी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ ।मंगलबार अन्तिम क्वाटरफाइनलका खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो ।विराटनगरको सहिद मैदानमा मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा...

मन्त्री भट्टराईद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

काठमाडौं, ७ साउन-आन्तरिक र बाह्य विमानहरूको उडान तयारीका अवस्थाका बारेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । सरकारले १ भदौबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरू सुचारु गर्ने निर्णय...

काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा

काठमाडौं, १२ असार-काठमाडौं उपत्यकासहित देशकमा विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ का विभिन्न स्थानमा वषा भइरहेको हो । हाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्