विश्वप्रसिद्ध अलीबाबा समूहका संस्थापक ज्याक मा वेपत्ता

 न्यूज विराट
विश्वप्रसिद्ध अलीबाबा समूहका संस्थापक ज्याक मा वेपत्ता

एजेन्सी, २० पुस-विश्वप्रसिद्ध अलीबाबा समूहका संस्थापक ज्याक मा बेपत्ता भएका छन् । चिनियाँ उद्यमी ज्याक मा पछिल्लो दुई महिनादेखि वेपत्ता भएको आशंका गरिएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पछिल्लो मतभेद भइरहँदा अचानक गायव भएका ज्याक मा हराएका हुन् कि भन्ने प्रश्न उठ्न थालेको जनाइएको छ । सामाजिक सञ्जालमा समेत सक्रिय ज्याक माले पछिल्लो पटक अक्टोबर १० मा ट्वीट गरेका थिए ।

साथै उनी अफ्रिकाज बिजनेस हिरो नामको टिभी शोमा निर्णायकको रुपमा पनि नियुक्त थिए । तर निर्णायकको सूचीबाट उनको नाम पनि अचानक हटाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामहरुले जनाएका छन् ।

ज्याक माका प्रवक्ताले भने समय तालिका जुधेकाले गर्दा उक्त कार्यक्रममा उपस्थित हुन नसकेको प्रतिक्रिया दिएका छन् । पछिल्लो समय ज्याक मा सरकारी निकायहरुप्रति पनि आलोचना गर्न थालेका थिए ।

गत महिना उनीमाथि चीन सरकारले छानविन समेत गरेको थियो । ब्लूमबर्ग बिलियनर्स इन्डेक्सका अनुसार ज्याक मा विश्वकै २५औं धनी व्यवसायीको रुपमा सूचीकृत चिनियाँ सफल उद्यमी हुन् । जसको कुल सम्पत्ती ५० दशमलब ६ बिलियन अमेरिकी डलर रहेको छ ।

सम्बन्धित समाचार

चीनमा ४ महिनामा देखिएका संक्रमितको संख्या संसारमा एकै दिनमा बढ्यो

डिसेम्वरको अन्तिममा चीनको वुहान शहरबाट फैलन सुरू गरेको कोरोना भाइरसको संक्रमण तिब्ररूपमा बढेको छ ।करिव ४ महिनाको अवधिमा चीनमा देखिएको संक्रमितको संख्या भन्दा विश्वमा पछिल्लो १ दिनमा संक्रमण देखिनेको संख्या बढी छ । चीनमा हालसम्म...

नेपालभर पछिल्लो २४ घण्टामा ३१६७ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडौं, १ कात्तिक-नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।  मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४...

५ लाखमा शिशु किनबेच गर्ने डाक्टर कर्णसहित ६ जनालाई तीनवटा मुद्दा चलाउने तयारी

विराटनगर । पाँच लाख रूपैयाँ लिएर नवजात शिशु बेचेको आरोपमा पक्राउ परेका विराटनगरका डाक्टर तपेश्वरलाल कर्णसहित ६ जनालाई प्रहरीले तीनवटा मुद्दा चलाउने भएको छ। कोशी अस्पतालका पूर्वप्रमुख एवं स्त्री तथा प्रसूति रोग विशेषज्ञ ६८ वर्षीय...

कांग्रेस महाधिवेशन ७–१० भदौमा काठमाडौंमा हुने

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ दोस्रो साता हुने भएको छ । पार्टी कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय समितिको बैठकले पार्टीको १४ औं महाधिवेशन ७–१० भदौमा काठमाडौंमा गर्ने निर्णय गरेको केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी...

रोहित चौधरीको गोली हानि हत्यामा संलग्न धरानबाट थप एक जना पक्राउ

विराटनगर । सुनसरीको धरानस्थित सेउतीखोला नजिकैको जंगलमा विराटनगर – ५ का २८ वर्षीय रोहित चौधरीको हत्या प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने धरान ४ का २७ वर्षीया युनेश राई रहेका...

दक्षिण कोरिया : पहिलोपटक बिरालोमा कोरना सङ्क्रमण पुष्टि

एजेन्सी, १४ माघ । दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । दक्षिण कोरियाको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस सङ्क्रमण देखिएको हो । दक्षिण कोरियामा मानिसबाहेक...

दलित महिलाको पहुँच अभिबृद्धीमा मिडियाको भूमिका आवश्यक

विराटनगर । समाजिक न्याय तथा विकास प्रक्रियामा दलित महिलाको पहुँच अभिबृद्धीका लागि मिडियाकर्मीहरुको भुमिका अति आवश्यक रहेको दलित अधिकारकर्मीहरुले बताएका छन् । राजनीतिक दलहरुले निर्वाचनमा विजय हुनका लागि घोषणा–पत्रमा दलित महिलाहरूको अधिकारको कुरा गरेपनी नीति...

गठबन्धनको चुनावी कार्यक्रम बिथोल्न एमालेद्वारा मोरङ क्षेत्र नं. ४ मा भिजिलान्ते प्रयोग 

विराटनगर । नेकपा एमालेले गठबन्धनको चुनावी कार्यक्रम बिथोल्न भिजिलान्तेहरुको प्रयोग गरेको पाइएको छ । मोरङ  क्षेत्र नं। ४ मा हुने लोकतान्त्रिक बाम गठबन्धनका कार्यक्रमहरू बिथोल्न एमालेले अन्यत्र जिल्लाहरूबाट भिजिलान्ते प्रयोग गरेको भेटिएको हो ।   बुधवार मोरङको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्