संविधानमा स्पष्ट व्यवस्था नभएपनि परिस्थती अनुसार संसद विघटनः मन्त्री तम्बाहाम्फे

 न्यूज विराट
संविधानमा स्पष्ट व्यवस्था नभएपनि परिस्थती अनुसार संसद विघटनः मन्त्री तम्बाहाम्फे

विराटनगर, २० पुस-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले संविधानमा संसद विघटनको व्यवस्था रहेको भएपनि कसरी गर्ने भन्ने स्पष्ट नरहेको बताएकी छन् ।

विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाम्फेले विगतमा भन्दा अहिले फरक परिस्थिती रहेका कारण संसद विघटन भएको बताएकी हुन् । ‘दुईतिहाई नजिक मत प्राप्त गरेको दल हो । त्यसकारण विगतमा संसद विघटन हुँदाको भन्दा अहिले फरक परिस्थीति हो । पहिले र अहिलेको एकदमै फरक अवस्था हो । ’ उनले भनिन्,‘संविधानले संसद विघटन गर्न दिन्छ तर कसरी गर्ने भन्ने क्लीयर संविधानमा छ्रैन । यो विषय सर्बोच्च अवस्थामा विचाराधिन रहेकाले त्यतिधेरै बोल्न चाहन्न ।’

पत्रकार सम्मेलनमा तुम्बाहाम्फेले संसद पुनःस्थापनाका विषयमा सर्वोच्च अदालतले निर्णय दिने भएकोले आफूले त्यसबारे धेरै टिप्पणी नगर्ने बताइन् । उनले सरकार राजनीतिक स्थिरता गर्न कायम गर्न लागि परेको बताइन् । संसद विघटन राजनीतिक परिस्थतीका कारण भएको दावी गरिन् । ‘संसद पुनःस्थापनाबारे अदालतमा विचाराधिन अवस्थामा छ । यस विषयमा म धेरै टिप्पणी गर्दिन । ’ उनले भनिन् तर, संसद पुनःस्थापना भएको खण्डमा भने पुरानै प्रक्रियामा अनुसार देश चल्छ ।’

संसदमा ६४ प्रतिशत मतसहितको प्रधानमन्त्रीले आफूले काम गर्न नपाएको भन्दै ताजा जनादेशमा जाने भन्दै संसद विघटन गर्नु भनेको अग्रगामि कदम भएको तुम्बाहाम्फेले टिप्पणी गरिन् ।

मध्यावधि चुनावका विषयमा मन्त्री तुम्बाहाम्फेले प्रतिनिधिसभा विघटन पश्चात आगामी बैशाख १७ र २७ मा हुने भनिएको दुई चरणको चुनावका लागी आर्थिक व्यवस्थापन, सुरक्षा अवस्था र निर्वाचन आयोग तयार रहेको पनि स्पष्ट पारिन् ।

यस्तै पार्टी विभाजनमा विदेशी शक्तिको हात नरहेको भन्दै मन्त्री तुम्बाहाम्फेले नेकपा फुट्ने र जुटने बिषयमा कुनै विदेशी शक्तिको आग्रह पूर्वाग्रह काम नलाग्ने समेत बताइन् । सरकारले भारतीय पक्षले मिचेको लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई वर्तमान सरकारले नै नेपाली नक्सामा समेटेको र संविधान संशोधन मार्फत निशान छाप अद्यावधिक गरेकोले यो ऐतिहासिक उपलब्धी भएको उनले जिकिर गरिन् ।

सम्बन्धित समाचार

प्रदेश २ मा थप १२१ जनामा संक्रमण

जनकपुर, २२ भदौ-प्रदेश २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पाँचजनाको मृत्यु भएको छ । सर्लाही र सिरहामा दुई/दुई जना र पर्सामा एकजना गरी पाँचजना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृतकमध्ये...

सुनको मूल्यमा झिनो गिरावट

सुनको मूल्यमा झिनो गिरावट देखिएको छ । बिहीबार प्रतितोला एक सय रुपैयाँ घटेर छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाला सुन बुधबार प्रतितोलामा ९२ हजार १००...

रुसमा संक्रमितको संख्या करिब साढे ४ लाख, विश्वमा ६७ लाख १४ हजार

मस्को, जेठ २३–रुसमा कोरोना संक्रमितको संख्या करिब साढे ४ लाख पुगेको छ । शुक्रबार दिउँसो सम्ममा रुसमा कोरोना संक्रमितको संख्या ४ लाख ४९ हजार ८ सय ३४ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा रुसमा...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले मनायो ‘क्रिसमस डे’

विराटनगर, ११ पुस । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बालबालिकाहरुसँग ‘क्रिसमस डे’ मनाएको छ । विराटनगरस्थित सीपी सेन्टरमा अपाङ्गता भएका बालबालिकाहरुसँग क्लबले ‘क्रिसमस डे’ मनाएको हो । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले प्रत्येक वर्ष यसरीनै...

अन्तर्राष्ट्रिय महिला दिवसमा न्यूरो अस्पतालमा स्वास्थ्य उपचारमा छुट

विराटनगर । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर विराटनगरस्थित न्यूरो हस्पिटलले एक महिनासम्म छुट योजना ल्याएको छ । हस्पिटलले फागुन १७ देखि चैत १७ गतेसम्म स्वास्थ्य उपचार सेवामा छुट योजना ल्याएको हो । हस्पिटलले मंगलबार पत्रकार...

खड्का परिवारद्वारा विराटनगरको मानव सेवा आश्रमलाई चार करोडको जग्गा प्रदान

विराटनगर, १४ फागुन । सडक पेटीमा वस्ने, भोको पेट रात काट्ने र सहयोगापेक्षी मानवको उचित बसोवासका गर्न भवन निर्माणका लागि आज विराटनगरका मानवकारी दाताका परिवारले रु चार करोड मूल्य बरावरको जग्गा प्रदान गरेको छ ।...

एमाले महाधिवेशनमा प्रधानमन्त्री देउवालाई निम्तो

काठमाडौं, ३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो १०औँ महाधिवेशनको निमन्त्रणा दिएको छ । शुक्रबार बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटेर एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ र नेता डा. राजन भट्टराईले पार्टीको...

प्रदेश १ मा ५६९ जना संक्रमित थपिए, ६१९ डिस्चार्ज

विराटनगर, १४ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २५३, झापामा १ सय ४३, सुनसरीमा १ सय १२, उदयपुरमा १२, इलाममा ११, धनकुटामा ४, भोजपुरमा ३,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्