विराटनगरमा थप सय बेडको कोभिड अस्पताल सञ्चालनमा

 न्यूज विराट
विराटनगरमा थप सय बेडको कोभिड अस्पताल सञ्चालनमा

विराटनगर, ५ पुस-विराटनगर–१० मा आइतबारदेखि एचडियुु र अक्सिजनसहितको एकसय वेडको कोभिड अस्पताल सञ्चालनमा आएको छ ।

प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको सहयोगमा करिब आठ करोड रुपैयाँको लागतमा अस्पताल संचालनमा आएको हो । अस्पताल निर्माणका लागि प्रदेश सरकारले १ करोड, महानगरपालिकाले २५ लाख र निजी क्षेत्र तथा बैंकलगायत विभिन्न संघसंस्थाले ६ करोड ७५ लाख सहयोग गरेका थिए ।

अस्पतालको उद्घाटन गर्दै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले नागरिकको स्वास्थ्य सुरक्षाको जिम्मा प्रदेश सरकारको रहेको बताए । उनले कोरोनाको उपचारको काममा नीजि अस्पतालले नागरिकको घरबाससमेत उठाएकोले गुणस्तरीय निःशुल्क उपचारका लागि अस्पतालको निर्माण गरिएको बताए ।

संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले निजी क्षेत्रको सहकार्यमा निर्माण गरिएको अस्पताल अत्यन्तै प्रशंसनीय कार्य भएको चर्चा गर्दै यसको व्यवस्थापन चुस्त र दुरुस्त हुुनुुपर्नेमा जोड दिए ।

प्रदेश नं १ का प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले अस्पताल निर्माण नीजि क्षेत्रको सहयोगमा अनुकरणीय कार्य भएको चर्चा गरे । सो अवसरमा सामाजिक विकासमन्त्री जीवन घिमिरेले कोभिड अस्पतालको क्षेत्रमा थप १ सय बेडको भेन्टिलेर अस्पतालमा चाँडै निर्माण कार्य सुरु गर्नका लागि स्विस सरकारबाट चार करोड सहयोग उपलव्ध भएको जानकारी दिदै फोहर व्यवस्था, वाटर ट्रिटमेन्ट, र अक्सिजन प्लान्टलगायत यस क्षेत्रमा निर्माण गर्ने बताए ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले संक्रमित नागरिकको उपचारको समस्याका कारण नीजि क्षेत्र एवं प्रदेश र स्थानीय सरकारको सोच अनुसार अस्पताल निर्माण भएको बताउँदै भविष्यमा सो अस्पताललाई विशिष्टकृतको मुटु रोग उपचार केन्द्र बनाउनुपर्नेमा जोड दिए ।

नागरिक केयर सेन्टरका अध्यक्ष पवन सारडा, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दवहादुर कार्कीले अस्पतालको निर्माणबाट यस प्रदेशका साथै छिमेकी प्रदेशका नागरिकले सहज उपचारको सुविधा प्राप्त गर्ने बताए ।

सम्बन्धित समाचार

सङ्कट समाधानमा सरकार प्रभावकारी देखिएन : महामन्त्री डा कोइराला

काठमाडौं, २३ असार-नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कोरोना भाइरसको सङ्क्रमणका कारण उत्पन्न सङ्कट समाधानका लागि सरकारले कुनै प्रभावकारी नयाँ योजना दिन नसकेको बताएका छन् । सामाजिक लोकतन्त्रका लागि ऐक्यबद्धता नेपालले आज आयोजना गरेको बीपीको...

लामो दूरीका यातायात र हवाई उडान १५ भदौसम्म नखोल्ने सरकारको निर्णय

काठमाडौं, २६ साउन-सरकारले लामो दूरीको सार्वजनिक यातायात, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सेवा पुनः १५ भदौसम्म रोक लगाउने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणको जोखिम उच्च भएसँगै यस्तो...

विराटनगरमा ४२ सहित प्रदेश १ मा ३२४ जनामा कोरोना संक्रमण

विराटनगर, ८ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२४ जनामा कोरोना संक्रमण देखिएको छ । ९५८ जनाको पीसीआर परीक्षण गर्दा २११ र ६०४ जनाको एन्टिजेन परीक्षण गर्दा ११३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...

प्रदेश १ मा ६१ हजार मात्रा कोरोनाविरुद्धको खोप खेर गयो

विराटनगर, १२ साउन । प्रदेश १ मा कोभिड १९ विरुद्धको कोभिशिल्ड खोपको ११ हजार मात्रा खेर गएको छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, विराटनगरमा मौज्दात रहेको कोभिशिल्डको ११ हजार मात्रा खेर गएको हो। प्रदेश १...

प्रचण्डको प्रस्ताव कुण्ठा र स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो : ओली

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सचिवालयमा पेस गरेको प्रस्ताव पार्टीकाे विधानविपरित रहेको बताएका छन् । आजको सचिवालयमा प्रचण्डको आरोपको लिखित जवाफ दिँदै ओलीले...

बलात्कार आरोपित २ जना पक्राउ

सप्तरी,  २ असोज-सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ललितपुरमा १७ वर्षीया किशोरीलाई बलात्कार गर्ने २ जना आरोपितलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । नेपाल भारत सीमा क्षेत्र बलान बिहुल गाउँपालिकास्थित बेल्हीबाट आरोपितहरु डाक्नेश्वरी–७ का १९ वर्षीय रञ्जित मण्डल...

शिक्षादीप कलेजका विद्यार्थीले उडाए ‘वाटर रकेट’, बुधबारबाट सुरू भयो ६ दिने कार्यशाला

विराटनगर । पानी र हावाको मिश्रणको चापबाट चल्ने ‘वाटर रकेट’ तयार हुँदा विराटनगरस्थित शिक्षादीप कलेजका ७ जना विद्यार्थीको अनुहारमा बेग्लै चमक देखियो । कक्षा १२ मा विज्ञान संकाय लिएर अध्ययन गर्दै आएका आयुष ठाकुर, रितेस...

विराटनगर महानगरको बजेट तीन अर्ब ६२ करोड

विराटनगर, १० असार । विराटनगर महानगरपालिका नगर सभाको १० औँ अधिवेशनमा आगामी आर्थिक वर्षका लागि आय र व्ययको बजेट सार्वजनिक भएको छ । आगामी आर्थिक वर्षमा कुल रु.तीन अर्ब ६२ करोड ५५ लाख ६७ व्यय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्