तत्काल संसद् बैठक बोलाउन कांग्रेसको माग

 न्यूज विराट
तत्काल संसद् बैठक बोलाउन कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद्को अधिवेशन अविलम्ब बोलाउन माग गरेको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकले संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी ३० मंसिरमा जारी अध्यादेश संविधानको मर्म र भावनाविपरीत रहेको ठहरसमेत गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकले ‘संसद् अधिवेशन छलेर संविधानको मर्मविपरीत अध्यादेश जारी गरेर सरकारले अलोकतान्त्रिक चरित्र उजागर गरेको’ आरोप लगाएको छ ।

‘संवैधानिक परिषद्को गरिमा समाप्त पारेर जारी अध्यादेशपछि कुनै पनि निर्णय भएको या गरिने दुवै स्थिति’ कांग्रेसलाई मान्य नहुने जनाउँदै बैठकले अध्यादेश तत्काल फिर्ता गर्न माग गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकले संवैधानिक परिषद्सम्बन्धी जारी अध्यादेश एवं अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेस संसदीय दल कार्यसमिति बैठक यही ३ पुसमा बोलाउने निर्णय गरेको छ । गत २९ मंसिरको देशव्यापी प्रदर्शनले तनहुँमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गरिएको व्यवहार, कोभिड–१९ विरुद्ध सरकारको कामकारवाहीविरुद्ध व्यापक जनअभिमत प्रकट गरेको निष्कर्षसहित बैठकले सहभागी सबैमा बधाई ज्ञापन गरेको उनले बताए ।

बैठकले उखु किसानको माग सुनुवाइ गरेर उखुको बक्यौता अविलम्ब चुक्ता गर्न, गराउन आवश्यक पहल र समन्वयका लागि सरकारसँग माग गरेको  छ ।

सम्बन्धित समाचार

नेपाल उत्पीडित जातीय मुक्ति समाजको २५ सदस्यीय वडा कमिटी गठन

विराटनगर, २४ भदौ । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङको संगठन सुदृढिकरण अभियान अन्तर्गत रतुवामाई नगरपालिका वडा नं. २ मा २५ सदस्यीय वडा सम्मेलन आयोजक कमिटी गठन गरिएको छ ।...

कोरोनाविरुद्ध लड्न नयाँ वर्षमा उच्च मनोबल र सकारात्मक सोच विकास गरौँः राष्ट्रपति भण्डारी

काठमाडौं, १ वैशाख-राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष आगमनको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भ्रातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छिन् । नयाँ वर्ष २०७७...

आज देशभर १ हजार ८१ जनामा कोरोना पुष्टि, ९१८ डिस्चार्ज

काठमाडौं, २४ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा...

डाक्टर तपेश्वरलाल कर्णले पाँच लाख लिएर शिशु बेचेको खुलासा

विराटनगर । कोशी अस्पतालका पूर्वमेसु तथा स्त्री तथा प्रसूती रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्णले एक दिने नवजात शिशु मोटो रकम लएर निःसन्तान दम्पतीलाई बचेको खुलासा भएको छ । अविवाहित जोडिबाट विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा जन्म भएको...

तिहार पर्व : मौलिक देउसीभैलो हराउँदै

सुशीला रेग्मी रामपुर (पाल्पा), १९ कात्तिक-तिहारमा देउसीभैलो खेल्ने परम्परा छ । बलिराजाका पालादेखि नै समूह बनाएर देउसीभैलो खेल्ने चलन अझ पनि कायमै छ । तर पहिलेको तुलनामा भने हिजोआज देउसीभैलो खेल्न निस्कने समूह कमै मात्रामा...

रोटरी क्लबद्वारा सदस्यहरुलाई अभिमुखिकरण

विराटनगर, २५ साउन । रोटरी क्लबले नयाँ सदस्यहरुका लागि अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । बुधबार रोटरी क्लबले नयाँ सदस्यहरुका लागि भर्चुअलरुपमा जुम एप मार्फत अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो । डिस्ट्रक्ट गभर्नर जितेन्द्र बहादुर...

विराटनगरमा आकाशे पुल बनाउने योजना अलपत्र

विराटनगर, १ असोज । विराटनगर महानगरपालिकामा आकाशेपुल बनाउने योजना अलपत्र परेको छ । सम्बन्धित निकायको समन्वयकारी भूमिकाको अभाव तथा स्थान सुनिश्चित नगरी योजना कार्यान्वय गर्न खोज्दा झण्डै साढे २ करोडको योजना अलपत्र परेको हो ।...

आजदेखि खुल्दै सेयर बजार

काठमाडौं, ३० वैशाख-डेढ महिना बढी बन्द रहेको सेयर बजार आजदेखि खुल्ने भएको छ । कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर सरकारले गरेको बन्दाबन्दीका कारण बन्द भएको सेयर बजार मङ्गलबारदेखि नियमित सञ्चालनमा आउन लागेको हो । सरकारले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्