थप ८२१ जनामा कोरोना पुष्टि, संक्रमणबाट मृत्यु हुने १७ सय नाघे

 न्यूज विराट
थप ८२१ जनामा कोरोना पुष्टि, संक्रमणबाट मृत्यु हुने १७ सय नाघे

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४२३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३१७ महिला र ५०४ पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँग नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख २९ हजार २४४ पुगेको छ । कुल संक्रमितमध्ये २ लाख ३६ हजार ५७३ जना निको भएको मन्त्रालयको तथ्यांक रहेको छ । आज मात्रै ८४२ जना निको भएका छन् ।

देशभर १० हजार ९५५ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरूको होम तथा संस्थागत आइसोलेसनमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, ४७१ जना क्वारेन्टाइनमा रहेका छन् ।

आज थप १८ जनाको कोरोना संक्रमणबाट निधन भएको मन्त्रालयले पुष्टि गरेको छ । यससँगै कोरोनाबाट निधन हुनेको संख्या १७ हजार नाघेको छ । मन्त्रालयको तथ्यांक अनुसार देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ७१६ पुगेको छ ।

सम्बन्धित समाचार

मोरङ ४ मा सत्ता गठबन्धनको चुनावी अभियान तीव्र (फोटो फिचर)

विराटनगर । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मोरङको क्षेत्र नं। ४ मा सत्ता गठबन्धनका उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । नेपाली काँग्रेस र माओवादी केन्द्रसहितको सत्ता गठबन्धन दलका उम्मेदवारले...

मन्त्री घिमिरेद्धारा योजनाको साप्ताहिक अनुगमन

विराटनगर, ३ साउन–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्नो निर्वाचन क्षेत्रमा साप्ताहिक रुपमा योजनाको अनुगमन अगाडी बढाएका छन् । हरेक साताको शनिबार उनले मोरङ निर्वाचन क्षेत्र नं. ४ (ख) मा निर्माण भईरहेका, सम्पन्न...

भारततर्फ लाँदै गरेको ६० लिटर अवैध घरेलु मदिरा बरामद

सप्तरी , बैशाख २८–सप्तरीमा पछिल्लो समय अवैध घरेलु मदिरा भारत तर्फ तस्करी हुने गरेको पाइएको छ । सप्तरीका विभिन्न सीमा नाकामा बन्दाबन्दीको मौका छोपी अवैध मदिरा भारत तर्फ ओसार पसार गर्ने गरेको पाइएको हो ।...

कृषिमा आधरित पाँच महिने ‘एक्सिलरेटर कार्यक्रम’ संचालन हुँदै, छनौटको लागि आवेदन खुल्ला

विराटनगर । प्रदेश १ का कृषिमा आधारित उद्यम लक्षित पाँच महिने ‘एक्सिलरेटर कार्यक्रम’ सञ्चालन हुने भएको छ । कृषिमा उच्च बृद्धि संभावना भएका उद्यमीले पाँच महिनासम्म एक्सिलरेटर कार्यक्रममा सहभागी गराउन आवेदन माग गरिएको हो ।...

चाडबाडमा सस्तो मूल्यमा सहजै खाद्यान्न उपलब्ध गराउन संसदीय समितिको निर्देशन

काठमाडौं, १२ असोज । संसदीय समितिले चाडपर्वको बेलामा दैनिक खाद्यान्न र उपभोग्य सामग्री उपभोक्ताहरूलाई सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले...

विराटनगरमा १७ सहित प्रदेश १ मा २१५ जनामा कोरोना संक्रमण

विराटनगर, ४ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१५ जनामा कोरोना संक्रमण भएको छ । ६९१ जनाको पीसीआर परीक्षण गर्दा १७१ र २०० जनाको एन्टिजेन परीक्षणगर्दा ४४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले...

कोशीमा गठबन्धनले सत्ता कब्जा गर्न खोज्यो : ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा सत्तारुढ गठबन्धनले सत्ता कब्जा गर्न खोजेको आरोप लगाएका छन् । गठबन्धनले बलमिच्याइँ गरेर फोहोरी खेल खलेको उनले आरोप लगाए । नेकपा एमालेको कोशी प्रदेश कमिटीको...

अब दैनिक विपद् बुलेटिन 

काठमाडौं, १२ असार-राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्को बारेमा जानकारी दिने उद्देश्यले दैनिक ‘विपद् वुलेटिन’ सुरु गरेको छ। दिनभर कहाँकहाँ कस्ताकस्ता घटना भए, कहाँकहाँ जोखिम छ, वर्षा र बाढीको जोखिम कुन ठाउँमा छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्