नेपालमा कोभिड-१९ निको हुने दर बढ्यो

 न्यूज विराट
नेपालमा कोभिड-१९ निको हुने दर बढ्यो

नेपालमा कोरोना भाइरस (कोभिड-१९) निको दर बढेको पाइएको छ । विश्वका तुलनामा नेपालमा निको हुने दर बढेको हो । बिहीबारको तथ्यांकअनुसार विश्वमा निको हुने दर ६९.३ प्रतिशत पुग्दा नेपालमा त्यसभन्दा बढी ९४.२ प्रतिशत पुगेको छ ।

विश्वमा ६ करोड ९२ लाख ५४ हजार ३ सय संक्रमित भएको अवस्थामा ४ करोड ८० लाख ९ हजार ४ सय ३७ जना निको भएका छन् । बिहीबारसम्मको तथ्यांकअनुसार नेपालमा २ लाख ४५ हजार ६ सय ५० संक्रमितमध्ये २ लाख ३१ हजार ६० सय १ जना निको भई घर फर्किसकेका छन् ।

नेपालमा कुनै समय ६०/६२ प्रतिशत मात्र कोभिड-१९ का संक्रमित निको भएकामा अहिले ९४ भन्दा बढी प्रतिशत पुगेको छ । विगत दुई महिनाको तथ्यांक हेर्दा निको हुने दर ६८ प्रतिशतबाट बढेको देखिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा संक्रमितको उपचार सेवा राम्रो भएकाले निको दर बढेको बताए । ‘अहिले उपचार सेवा पनि राम्रो भएको छ,’ उनले भने, ‘त्यसैले संक्रमितको निको हुने दर पनि बढेको हो ।’

गत असोज २८ गते ६८.८ प्रतिशत संक्रमित निको भएका छन् । यस्तै, ९ कात्तिकमा ७०.६, १६ कात्तिकमा ७७.६ र २६ कात्तिकमा ८० प्रतिशत संक्रमित निको भई घर फर्केका थिए ।

यही १९ मंसिरदेखिको तथ्यांक हेर्दा पनि संक्रमित दर बढेको पाइन्छ । १९ मंसिर ९२.९, २० गते ९३.४, २१ गते ९३.७, २२ गते ९४, २३ गते ९४.१ र  २४ गते ९४.३ प्रतिशत संक्रमित निको भएका छन् ।

बिहीबार मात्र मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार ९४.२ प्रतिशत संक्रमित निको भएका छन् । सो दिन एक हजार ६४ जना निको भई घर फर्किएका थिए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका  निर्देशक डा. सागरराज भण्डारीले उपचार पद्धति अन्य मुलुकको जस्तो भए पनि अहिले लक्षण नभएका संक्रमित घरमै बसेर निको हुने गरेको बताए । उनले परीक्षण नै कम भएकाले संक्रमित पनि कम हुने भएकाले  निको हुने दर बढेको जिकिर गरे ।

सशस्त्र प्रहरी बल अस्पतालका डा. प्रवीण नेपाल परीक्षण नै कम भएर सङ्क्रमणको दर पनि कम देखिनाले निको हुनेको संख्या बढेको बताउँछन् ।

मृत्युदर कम

यस्तै, नेपालमा विश्वकाे तुलनामा मृत्युदर पनि कम छ । पछिल्लो तथ्यांकमा नेपालमा संक्रमितमध्ये ०.६७ प्रतिशत मात्र मृत्यु हुने गरेको पाइएको छ । प्रतिदश लाखमा ५६.५ जनाको मात्र मृत्यु हुने गरेको छ । नेपालमा अहिलेसम्म १ हजार ६ सय ६३ जनाको सङ्क्रमणका कारणले निधन भइसकेको छ ।

विश्वमा २.३ प्रतिशत संक्रमितको कोभिड-१९ का कारणले मृत्यु हुने गरेको पाइएको छ । विश्वमा १५ लाख ७६ हजार ८५ जनाको संक्रमणबाट मृत्यु भएको छ । रासस

सम्बन्धित समाचार

प्याब्सन विराटनगरको पदस्थापन

विराटनगर । निजी तथा आवासीय अर्गनाइजेशन नेपाल विराटनगरको नवर्विाचित कार्यसमितिहरुको पदस्थापन भएको छ । विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी पदस्थापन गरिएको हो । नवनिर्वाचित पदाधिकारी र कार्यसमितिहरुलाई पदस्थापन प्रमुख निर्वाचन आयुक्त डा. उद्धव पोखरेलले...

कोरोना संक्रमित भेटिएपछि भक्तपुरकाे द्यौला बस्ती सिल

भक्तपुर, ७ जेठ-भक्तपुर नगरपालिका-५ भेलुखेलस्थित द्यौलाबस्तीमा आज बिहान प्रहरीले सिल गरेको छ । भेलुखेलका ४२ वर्षीय १ पुरुषलाई कोरोना परीक्षणमा पोजिटिभ देखिएपछि उनलाई मध्यराति १ बजे आइसोलेटेड एम्बुलेन्समा राखेर अस्पताल लगिएको महानगरीय प्रहरी परिसर भक्तपुरका...

बलात्कार आरोपी सिद्धबाबालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

काठमाडौं, पुस १४–बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले गिरीलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । सिद्धबाबा भनिने...

अत्याधिक भीड लागेपछि इटहरीको तरकारी बजार उठाइयो

विराटनगर, बैशाख २१–लकडाउनको समयमा सामाजिक दुरीलाई बेवास्ता गर्दै ठूलो भीड लागेको पाइएपछि सुनसरीको इटहरीमा लगाइएको तरकारी बजार उठाइएको छ । कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर नेपाल सरकारले अत्यावश्यक काममा समेत सामाजिक दूरी कायम राख्न र...

कानुन र संविधान मिच्ने छुट कसैलाई छैन : गृहमन्त्री

विराटनगर । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशको नामकरणको विपक्षमा आन्दोलन गर्ने स्वतन्त्रता भए पनि कानुन र संविधान मिच्ने छुट नभएको बताएका छन् । सोमबार गृह मन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले आन्दोलनको नाममा...

सरकारले नेपालको कृषि विदेशी व्यापारीलाई सुम्पिन लाग्यो : कृषि व्यवसायी

सरकारले कृषिमा विदेशी लगानी भित्र्याउन कानुनी बाटो खोलेर नेपालको कृषि विदेशी व्यापारीलाई सुम्पिन लागेको कृषि व्यवसायीले बताएका छन् । कृषिमा विदेशी लगानी भित्र्याउने सरकारी निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका विभिन्न क्षेत्रका कृषि व्यवसायीले सरकारले नै नेपालको कृषि पहिचान विदेशी...

२५ मुलुकबाट ३२ हजार बढी नेपाली फर्किए

काठमाडौं, ५ साउन-कोभिडि–१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका ३२ हजार ७२७ नेपाली स्वदेश फर्किएका छन् । विदेशमा अलपत्र परेका नेपाली स्वदेश फर्काउन २५ मुलुकबाट गरिएको चार्टर्ड उडानमार्फत उनीहरु घर फर्किएका हुन् । कोभिड–१९ सङ्कट...

ग्यास अभाव हुँदैन, चाहिनेभन्दा बढी खरिद नगर्नुस्

निषेधाज्ञा लागू गर्ने सरकारको निर्णय आएसँगै अहिले ग्यास डिलरहरूमा उपभोक्ताको भीड लाग्न थालेको छ । यसअघि शुक्रबार नै एलपी ग्यास उद्योग संघले खाली सिलिण्डर भर्न भनेपछि व्यवसायीहरू स्टकमा राख्न हतारिएका हुन् । ग्यास बिक्रेता भने एक महिनाका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्