खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न गृहकार्य हुँदै छः प्रधानमन्त्री

 न्यूज विराट
खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न गृहकार्य हुँदै छः प्रधानमन्त्री

काठमाडौं, २५ मंसिर-प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न र सबै नागरिकको पहुँचमा पुर्‍याउन नेपाल सरकारले आवश्यक गृहकार्य गरिरहेको बताएका छन् ।

विश्व मानवअधिकार दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले ‘समृद्ध मुलुकका लागि स्वस्थ नागरिक’को अवधारणा साकार पार्नका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवामा पहुँचको व्यवस्था सुनिश्चित गर्न ‘एक स्थानीय तह, एक स्वास्थ्य संस्था’, ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य बीमालगायत कार्यक्रम सञ्चालन गरिएको स्मरण गराए ।

‘विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणले मानवअधिकारको उपभोगमा चुनौती थपिदिएको छ । यसले बाँच्न पाउने हक पहिलो हक हो भन्ने कुरा पुनःपुष्टि गरेको छ । सङ्घीय, प्रदेश र स्थानीय सरकारले आफ्नो स्रोत, साधन र क्षमताको अधिकतम उपयोग गरी यसको रोकथाम, नियन्त्रण र उपचारमा दत्तचित्त रही कार्य गरिरहेका छन्,’ सन्देशमा भनिएको छ, ‘पूरै अनुभवशून्यताको अवस्थाबाट हामीले यसको रोकथाम, नियन्त्रण र उपचारको काम सुरु गरेका हौँ । एउटा पनि परीक्षण गर्न नसक्ने अवस्थाबाट आज हामी एकै दिन हजारौँको सङ्ख्यामा परीक्षण गर्न सक्ने अवस्थामा पुगेका छौँ । स्वास्थ्य पूर्वाधारमा ऐतिहासिक बढोत्तरी गरिएको छ । सबै स्थानीय तहमा अस्पताल निर्माण गर्ने काम प्रारम्भ भइसकेको छ ।’

नेपाल सरकारले यस वर्ष ३९६ स्थानीय तहमा पाँच, १० र १५ शय्याका आधारभूत अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पतालको निर्माण प्रारम्भ गर्ने लक्ष्यअनुरूप एकै दिन ३ सय ९ स्थानीय तहमा आधारभूत अस्पताल र तीन प्रदेशमा सरुवा रोग अस्पताल निर्माणको काम प्रारम्भ भइसकेको जनाउँदै प्रधानमन्त्री ओलीले यी सबै प्रयासबाट नेपालमा कोभिड–१९ को महामारी नियन्त्रणभन्दा बाहिर जानबाट रोक्न सफल भएको र बन्दाबन्दीदेखि नै जनसमुदायको असाधारण सहयोग रहिआएको बताए ।

सम्बन्धित समाचार

कैद भुक्तान हुन महिना दिन बाँकी रहदा चौकीदार अभिषेक गिरीको सरुवा

विराटनगर । कैद भुक्तान हुन एक महिना बाँकी रहदा मोरङ कारागारका चौकीदार अभिषेक गिरीको स्थान्तरण हुने भएको छ । अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गर्दै आएका गिरीको मकवानपुरको भीमफेदी कारागार स्थानान्तरण गरिने भएको...

दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडौं, ३ कात्तिक-धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । आइतबार ओरालो लागेको नेप्से आज १३.५८ बिन्दुले उकालो लागेर एक हजार ५७०.३८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.६२...

महानगरस्तरीय कबडी प्रतियोगिता सुरू

विराटनगर । महानगरस्तरीय कबडी प्रतियोगिता विराटनगरमा सुरु भएको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमी विराटनगर महानगर कमिटीको आयोजनामा मंगलबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो ।उद्घाटन खेलमा वडा नम्बर १४ विजयी भएको छ । वडा नम्बर...

विविएस तेस्रो वर्षको नतिजा प्रकाशित : मेरिल्याण्डकी कृति बोहरा प्रदेश प्रथम भएको दावी

विराटनगर । त्रिभुवन विश्वविद्यालयले प्रकाशित गरेको विविएस तेस्रो वर्षको नतिजा अनुसार विराटनगर – ७ स्थित मेरिल्याण्ड कलेजले उत्कृष्ट नतिजा ल्याएको छ । मेरिल्याण्डकी छात्रा कृति बोहराले ७७.८ प्रतिशत (डिस्टीङ्सन) अंक प्राप्त गरी प्रदेश प्रथम भएको...

कोशी क्रिकेट महोत्सव २०२५ विराटनगरमा सम्पन्न

विराटनगर । कोशी प्रदेश क्रिकेट संघको प्रवद्र्धन तथा नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा एमसिसि फाउण्डेशन र क्रिकेट विथ आउट बाउन्ड्रिजको समन्वयमा तथा मोरङ जिल्ला क्रिकेट संघको सहयोगमा कोशी क्रिकेट महोत्सव २०२५ सम्पन्न भएको छ । विराटनगर...

तत्काल भुक्तानी दिन निमार्ण व्यवसायीको माग

विराटनगर । निर्माण व्यवसायीहरुले काम गरेको भुक्तानी राज्यले तत्काल दिनुपर्ने माग राखेका छन् । लामो समयदेखिको बक्यौता भुक्तानी नभएको भन्दै असन्तुष्टि जनाएको उनीहरुले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरी काम गरेर बिल पेश गरेको भुक्तानी तत्काल...

ग्रेडेड स्कुलमा विज्ञान र चित्रकला प्रर्दशनी

विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलमा एक दिने विज्ञान तथा चित्रकला प्रर्दशनी आयोजना गरिएको छ । स्कुल परिसरभित्र शनिबार विज्ञान र चित्रकला प्रर्दशनी गरिएको हो । विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले एक दिने विज्ञान...

प्रदेश- १ का मुख्यमन्त्री राईले हटाए आर्थिक मामिलामन्त्री आङ्बोलाई

काठमाडौं, ११ पुस-सरकार ढाल्न खाेजेकाे भन्दै प्रदेश- १ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले पदमुक्त गरेका छन् । प्रचण्ड-माधव नेपाल समूहले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेका बेला राईले शनिबार साँझ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्