नेपालले सहुलितय दरमा २० प्रतिशत नागरिकलाई पुग्ने कोभिड खोप ल्याउने

 न्यूज विराट
नेपालले सहुलितय दरमा २० प्रतिशत नागरिकलाई पुग्ने कोभिड खोप ल्याउने

सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप  कूल जनसंख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउनसम्मको तयारी गर्नका लागि विभिन्न ८ उपसमिति समेत बनाएको छ । मन्त्रालयले विश्वस्वास्थ्य संगठन (डब्लुएचओ), ‘गाभी र सेपी’ नामक तीन संगठनको ‘कोभ्याक्स सुविधा’ नामक सयन्त्रअन्तर्गत सहुलितय दरमा २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप ल्याउन थालेको बालबालिका तथा खोप सेवा शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए ।

उनले अझै खोप परीक्षणकै क्रममा रहेकाले कुन खोप ल्याउने भन्ने निश्चित भइनसकेको बताए । उनले सुरुमा २० प्रतिशत जनतालाई खोप ल्याएपछि विस्तारै सबैलाई पुग्नेगरी खोप ल्याइने जानकारी दिए । कोभ्याक्सअन्तर्गत आउने खोप नेपाललाई निःशुल्क प्रदान हुनेछ ।  गरिब तथा कम आय भएका मुलुकलाई कोभ्याक्स सुविधाअन्तर्गत खोप निःशुल्क प्रदान गरिनेछ ।

‘खोप अझै तेस्रो चरणको परीक्षणमा रहेकाले कुन खोप ल्याउने भन्ने निश्चित छैन’, उनले भने, ‘खोपको अन्तिम परीक्षण सफल भएपछि खोप ल्याइनेछ ।’

प्रमुख डा. शर्मा गौतमका अनुसार फाइजर एण्ड वायोएनटेक कम्पनी (रसिया), मोडेर्ना (अमेरिका), ग्यामेलिया (रसिया) र अक्सफोर्ड एक्ट्राजेनिका (बेलायत) कम्पनीका खोप अहिले परीक्षणकाक्रममा रहेकाले तिनीहरुमध्ये एउटा कम्पनीको खोप स्वदेशमा ल्याइनेछ । खोप उत्पादन गर्ने मुलुकमा दर्ता भइसकेपछि डब्लुएचओमा दर्ता र त्यसपछि नेपालको औषधि व्यवस्था विभागमा खोप दर्ता हुनेछ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा खोप सचिवालय, तथा मन्त्रालयको प्रमुख विशेषज्ञ डा गुणराज लोहनीको संयोजकत्वमा खोप कोष सचिवालय गठन गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सरकारले खोप ल्याउने तयारीका साथ काम गरिरहेको जानकारी दिए । उनका अनुसार खोपका लागि आवश्यक रकम, खोप ल्याइसकेपछि भण्डारण, खोप सुरुमा कसकसलाई दिने, खोप कसरी दिने भन्ने स्वास्थ्यकर्मीलाई तालिम जस्ता काम भइरहेको छन् ।

उनले खोप ल्याउनेका लागि विभिन्न कूटनीतिक नियोगसँग पनि छलफल भइरहेको जानकारी दिए । ‘खोपको अन्तिम परीक्षण पछि हामी नेपालमा खोप ल्याउनेगरी तयारी गरिहेका छौँ’, उनले भने, ‘खोप अन्तिम परीक्षण सफल भयो भने नेपालमा पनि खोप आउँछ ।’ विश्वमा उत्पादन भएका खोप अहिले तेस्रो चरणमा रहेका छन् । ती खोपको अन्तिम परीक्षण हुन बाँकी नै रहेको छ । नेपालमा शुरुमा खोप दीर्घरोगी वृद्धवृद्धा, स्वास्थ्यकर्मी, अग्रपङ्क्तिमा काम गर्ने कर्मचारीलाई उपलब्ध गराइनेछ ।

नेपालमा अहिलेसम्म दुई लाख ३८ हजार ८६१ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै दुई लाख २१ हजार ८४७ निको भएका र एक हजार ५६७ को निधन भइसकेको मन्त्रालयले जनाएको छ । रासस

सम्बन्धित समाचार

आयतमा प्रतिबन्द लगाएको माछाको खुल्लेआम तस्करी, यसरी आइपुग्छ विराटनगर

विराटनगर । सरकारले आयतमा प्रतिबन्द लगाएको मागुर (मुर्गी) माछा प्रजातिका माछा खुल्लेआम तस्करी हुने गरेको पाइएको छ । दुई वर्ष अगाडी आयतमा प्रतिबन्द लगाएको मागुर अहिले मोरङ, सुनसरी र झापाको विभिन्न नाकाहरुबाट तस्करी हुने गरेको...

कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । मंसिर २४ गतेबाट राजधानीमा जारी महाधिवेशन अन्तरगत सभापतिको अन्तिम मतपरिणाम अनुसार देउवाले विजयी हासिल गरेका हुन्...

प्रतिनिधिसभा पुनःस्थापना हुनै सक्दैन : विष्णु पौडेल

काठमाडौं, ८ मंसिर-नेकपा केपी शर्मा ओली समूहका महासचिव विष्णुप्रसाद पौडेलले प्रतिनिसभा पुनःस्थापना हुनै नसक्ने बताएका छन् । नेकपा लुम्बिनी प्रदेशस्तरीय भेलालाई आज सम्बोधन गर्दै महासचिव पौडेलले नेताकार्यकर्तालाई चुनावको तयारीमा जुट्न निर्देशन दिए । उनले नेकपाका...

काेशी प्रदेश सरकारले माघमा लगानी सम्मेलन गर्ने

विराटनगर/ काेशी प्रदेश सरकारले आगामी माघ ११, १२ र १३ गते पहिलाे पटक लगानी सम्मेलन गर्ने भएकाे छ ।प्रदेशमा लगानीकाे वातावरण सिर्जना गर्न र काेशी प्रदेशमा ओैधाेगिक वातावरण बनेकाे सन्देश दिन लगानी सम्मेलन गर्न लागेकाे...

अध्यादेशका बारेमा पार्टीलाई केही जानकारी छैनः खनाल

नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राजनीतिक दलसम्बन्धी अध्यादेशका बारेमा पार्टीलाई केही जानकारी नभएको बताएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकमा पार्टी फुटाउन सहज हुने गरी संसदीय दल वा केन्द्रीय समितमा ४० प्रतिशत सदस्य पुगे...

सुनसरीका पत्रकारको नेबेलले ५० प्रतिशत छुटमा उपचार गर्ने

विराटनगर, जेठ २२–इटहरी रसुनसरी जिल्लाका पत्रकारहरुको नोबेल अस्पताल विराटनगरले ५० प्रतिसत छुटमा उपचार गर्ने भएको छ । नेपाल प्रेस युनियन सुनसरीको पहलमा नोबेल अस्पतालले ५० प्रतिसत छुटमा उपचार गर्ने भएको हो। प्रेस युनियन सुनसरीका सभापति...

भोलिदेखि १ साता भारत र चीनतर्फका नाका बन्द गर्ने सरकारको निर्णय

सरकारले भारत र चीनतर्फका सबै सीमा नाका १ साताका लागि बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज आइतबारको बैठकले यो निर्णय गरेको हो । भोलि बिहान १० बजेबाट १ साताका लागि दुवै देशतर्फका नाका...

महानगरद्वारा टोली गठन गरेरै सामुदायिक विद्यालयहरूको अनुगमन सुरु

विराटनगर । सामुदायिक विद्यालयकोे गुणस्तर वृद्धिका लागि विराटनगर महानगरपालिकाले टोली नै गठन गरेर अनुगमनलाई तीव्रता दिएको छ ।मेयर नागेश कोइराला अध्यक्ष रहेको शिक्षा समितिबाठ गठित अनुगमन समितिले विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित विभिन्न सामुदायिक विद्यालयहरूको अनुगमन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्